भुपिन कबितामा मुस्ताङका ‘स्याउ बाजे’

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ असार ।

Bhupin
बेनीमा शुक्रबार कवि भुपिनको एकल कबिता बाचन कार्यक्रम सम्पन्न भएको छ ।
सुवासना साहित्य सदनले जिविस सभाहलमा आयोजना गरेको कार्यक्रममा कवि भुपिनले आफ्नो रचना बाचन गर्नुभएको थियो । कवि भुपीनले सुरुकै रचनामा छिमेकी मुस्ताङ जिल्लामा पहिलो पटक स्याउ खेती गर्ने वुद्धीरत्न शेरचन र विश्व प्रसिद्ध ग्याजेट कम्पनी एप्पलका सञ्चालक स्टीप जब्सको तुलना गर्नुभयो ।

‘स्टीप जब्सले अलीकती टोकेर ।

जुठो पारेको स्याउको दाना विश्व बजार डुल्छ पातको जुल्फी हल्लाउँदै ।

यता मुस्ताङमा विल्कुल गुमनाम छन् ओम माने पेने जप्ने स्याउ बाजे ।

उनै हुन जसले गरे केवल स्याउका बोटसंग अमर प्रेम ।

त्यही रसीलो बोटसंग गरे घरजम ।

खर्चीए ऋतुका संयौ चक्र र जन्माए बिस हजार सन्तान हरु ।

उनै हुन जसले चखाए देशलाई मुस्ताङे स्याउको चोखो स्वाद ।

उनै हुन जसले रोके कास्मीरे स्याउको दादागिरी ।’

भुपिनको यो रचना सुनेर हलमा उपस्थित साहीत्य अनुरागीले मुस्ताङी स्याउको ईतिहाँसमात्र जान्ने मौका पाएनन् उनको योगदानप्रति वेवास्ता भएको गुनासो गरे । कबी भुपिनले नेपाली बजारमा कास्मीरे स्याउको दबदबा रहेको बेला मुस्ताङमा स्याउ रोपेर त्यसको स्वाद चखाउने वृद्ध वुद्धीरत्नप्रति राज्यले चिन्न नसकेको उल्लेख गर्नुभयो ।

कोवाङका शेरचनले सन १९६६ मा सुरु गरेको स्याउ खेती मुस्ताङलाई चिनाउने माध्यम भएको छ । ८० वर्ष नाघीसकेका सेवा निवृत कृषि प्राबिधिक शेरचनले सुरुवात गरेको स्याउबाली मुस्ताङको मुख्य कृषि उपज भएको छ ।Buddi Ratna Serchan

१८ वटा कबिता वाचन गर्नुभएका भुपिनका अधिकांश रचना सामाजिक, राजनितिक, आर्थिक, माया प्रेमसंग सम्बन्धित थिए । उहाँले खुटुक्रे शिर्षकको कबिता मार्फत नेपालले संबिधान पाएपनि त्यसको कार्यान्वयनमा देखिएका चुनौती प्रस्तुत गर्नुभयो ।

यसैगरी सबथोक पैसा मान्नेहरुलाई कबि भुपिनले वाचन गरेको एउटा नोटको जिवनी शिर्षकको कबिता मार्फत ब्यङग्य गर्नुभयो । सुन्दरी प्रतियोगिताको नाममा भैरहेको विकृतीलाई पनि भुपिनले कबिता मार्फत बाण हान्न छोड्नुभएन् ।

भुपिनका कबिता सुन्न करिब तिन सय साहीत्यप्रेमीहरु जिविस सभाहलमा खचाखच भरिएका थिए । एक सय रुपैयाका दरले आयोजकले टिकट कटाएका थिए । बेनीमा पहिलो पटक टिकट बेचेर कबिता सुन्ने कार्यक्रम आयोजना गरिएको थियो ।

सुवासना साहीत्य समाजका अध्यक्ष शुशिल थकालीको अध्यक्षता, सन्दिप खत्रीको सञ्चालन र कार्यक्रम संयोजक भरत बागलुङको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।