शिक्षा मन्त्री पोखरेल बेनीमा

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,असार २ गते ।
म्याग्दी जिल्लाका सरोकारवाला पक्षहरु सँग शिक्षाका वारेमा प्रत्यक्ष छलफल र अन्तरक्रिया गर्न नेपाल सरकारका शिक्षा मन्त्रि गिरिराज पोखरेल विहिवार साँझ बेनी आउनुभएको छ ।
शुक्रबार विहान बेनीमा आयोजना गरिएको छलफल तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुन मन्त्रि पोखरेल बेनी आउनुभएको हो । DSCF0546
जिल्लाको शैक्षिक अवस्था र पछिल्लो समयमा सरकारले ल्याएको शिक्षा ऐनका वारेमा जानकारी दिन र सुझाव संकलन गर्ने उद्देश्यले मन्त्रि पोखरेल म्याग्दीमा आएको बताइएको छ ।
मन्त्रिले भोली विहान जिल्ला विकासको सभाहलमा म्याग्दीका राजनीतिक दल,पेशागत शिक्षक, शिक्षक संघ संगठन, विद्यालय प्रमुख संग हालको शैक्षिक मुद्धाको बारेमा छलफल तथा अभिमुखिकरण गर्ने जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले बताउनुभएको थियो। मन्त्रि पोखरेललाई बेनीमा शिक्षा कार्यालयका कर्मचारी लगायतले स्वागत गरेका थिए ।