‘चिनी चाहियो’ भन्दै पसल खोल्न लगाएर रोल्पामा एकको हत्या

रोल्पामा गएराति दुई बजे ‘चिनी चाहियो’ भन्दै पसल खोल्न लगाएर पसलेको हत्या भएको छ।

परिवर्तन गाउँपालिका-३ मा बुधबार राति दुई बजे ४४ वर्षीय रामचरण बादीले ४० वर्षीय मनबहादुर बादीको हत्या गरेको प्रहरीले जनाएको छ।

उनीहरू एकै टोलमा बस्ने गर्थे। जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्र बहादुर गुरूङका अनुसार रामचरणलाई पक्राउ गरिसकेको छ।

उनीहरूबीच पहिलेदेखि नै मनमुटाव रहेछ। राति एक्कासि उठेर गएर चिनी चाहियो भन्दै गएछन्,’उनले भने,’मनबहादुरको पसल पनि छ। अनि उठेर आएपछि हिर्काएछ।’

उनका अनुसार रामचरणले वनचरोको बिडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

‘रामचरणको अलि मानसिकरूपमा पनि समस्या भएको बुझिएको छ। धेरै ठूलो विवाद नभए पनि सानोतिनो मनमुटावमात्रै भएको बुझिन्छ,’उनले भने।

मनबहादुर बादीको पोष्टमार्टम गर्नको लागि जिल्ला अस्पताल ल्याइँदै गरेको उनले बताए।setopati