सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

काठमाडौँ –

सुनको मूल्य बिहीबार केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८०० रुपैयाँ बढी हो ।

यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ रहेको छ । बुधबार तेजावी सुन तोलाको ९३ हजार ३०० रुपैयाँ थियो, अर्थात तोलामा ८०० रुपैयाँले नै बढेको हो ।

यसैगरी चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको १३ सय ४५ पुगेको छ।