आज पनि घट्यो सुनको भाउ

भदौ १, २०७७ काठमाडौं :

सुनको भाउ आज पनि घटेको छ।  आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो। हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ,  तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको  नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँ,  तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा कारोबार भएको थियो ।thha khabar