पोखरामा ४ जनाको आरडिटी पोजेटिभ

विकल्प न्यूज/बेनी
जेठ ७ गते । 

पोखरा महानगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षणमा चार जनामा  एन्डिबडी देखिएको छ ।

महानगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी  सहित बिभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ जना व्यक्तिहरुको  मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले  जानकारी दिए ।

नमुना संकलनको लागि उनीहरुमा आरडिटी परीक्षण गरिएकोमा ४ जनामा एन्डिबडी देखिएको महाशाखा प्रमुख पौडेलले बताए । “हामीले हिजो ५६ जनाको र्‍यान्डम परीक्षण गरेका थियौ, ४ जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएपछि स्वाव संकलन गरेर पठाएका छौ, आज अन्यको थप परीक्षण गर्दैछौ” उनले भने ।

आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा थ्रेट स्वाव  संकलन गरी पठाइएको महानगरले जनाएको छ । महानगरका अनुसार हाल उनीहरुलाई छुट्टै निगरानीमा  राखिएको छ ।

पोखरामा  मंगलबार आरडीटि परीक्षणमा कोरोना रियाक्टिभ देखिएका ४ जना सहित  २ सय १६ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक  डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैको नतिजा बुधबार ४ बजेपछि आउने निर्देशक  डा. शर्माले जनाए ।pokharanews