खुकुरी प्रहारबाट गम्भिर घाइते शिक्षिकालाई हेलिकप्टरबाट मणिपाल पु¥याइयो

विकल्प न्यूज/बेनी
कार्तिक २७ गते ।

म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा खुकुरी प्रहारबाट गम्भिर घाइते हुनुभएकी शिक्षिका इन्द्रकुमारी पुनलाई हेलिकप्टरबाट पोखरा मणिपाल अस्पतालमा पु¥याइएको छ ।

बुधवार विहान साढे नौ बजे रुमको खवाङ स्थित जनकल्याण आधरभूत विद्यालयमा जाँदै गर्दा स्थानीय युवा रमेश पुनले शिक्षिका पुनमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट शिक्षिका पुन गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ध्रुव शर्माले जानकारी दिनुभयो ।

गाउँदेखि माथि बाटोमा हिडिरहनुभएकी शिक्षिका पुनलाई विचबाटोमा छेकेर खुकुरी प्रहार गरेको वडा सदस्य हिराबहादुर बुढाथोकीले बताउनुभयो ।

खुकुरी प्रहार गर्ने युवा अहिले फरार भएका छन् । शिक्षिका पुनको अवस्था अचेत छ । शिक्षिका पुनको टाउको र हातमा ठूलो चोट लागेको वडा सदस्य बुढाथोकीले बताउनुभयो ।

खुकुरी प्रहार गर्ने युवाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दरवबाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।