तरुण दल म्याग्दीद्धारा दृष्टिविहिनलाई सहयोग

अनिल पौडेल /बेनी
कार्तिक १० गते ।  
नेपाल तरुण दल म्याग्दीले ६६ औँ स्थापना दिवसको अवसरमा दृष्टिविहिनलाई नगद सहित खाद्यन्न सहयोग गरेको छ । गिटी कुटेर परिवारको गुजरा चलाउँदै आएका दृष्टिविहिन बेनी नगरपालिका–२ फाँपरखेतका आईतबहादुर नेपाली र नर प्रसाद विकलाई २५ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको हो ।

भकुण्डेमा नै पुगेर दुई जनालाई १८ हजार बराबरको दाल, चामल, तेल, नुन, लगाएतका खाद्यान्न र नगद ४÷४ हजार रुपैयाँ वितरण गरेको विश्वास श्रेष्ठले बताउनुभयो । ‘तिहार पर्वलाई रङ्गीन पर्व भनेर पनि भन्ने गरिन्छ, उहाँहरुको अवस्था निकै मजोर रहेछ’ श्रेष्ठले भन्नुभयो तिहार राम्रो संग मनाउनुहोला भनेर हामीले सहयोग गरेका हौँ ।

दैनिकजसो विहानै ज्यालामजदुरीमा ब्यस्त हुने नेपालीको परिवारमा विहान बेलुकी हातमुख जोड्न, दुई छोराको शिक्षादिक्षा लगाएत विभिन्न समस्या छन्। कमजोर आर्थीक अवस्थाका कारण तिहार निकै खल्लो भएको नेपालीलाई सहयोगले केही भएपनी सहज हुने तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दृष्टिविहिन नेपालीले आर्थिक अभावका कारण छोराको पढाई खर्च समेत जुटाउन समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो । ‘सबैले तिहार आयो तिहार आयो भन्दैगरेको सुनेको थिए तर चुलो बिहान बेलुकी बनाउन चाम समेत नभएको बेलामा सहयोग पाउदा निकै खुसी छु’ नेपालीले भन्नुभयो । नगद छोराको पढाई, घरमा आवश्यकता अनुसार खाद्यान्न साम्रागीमा खर्च गर्ने नेपालीको भनाई छ । सहयोग पाउदा बल्ल तिहार आए जस्तो महसुश भएको विकको भनाई छ ।

सहयोग हस्तारण कार्यक्रम तरुण दल बेनी नगर कमिटीका अध्यक्ष खड्क केसीको अध्धक्षता जिल्ला सचिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा तरुण नेताहरुको समेत उपस्थिती रहेको थियो ।