स्थानीय तहमा बालमैत्री वातावरण बनाउन जनप्रतिनिधिको प्रतिबद्धता

विकल्प न्यूज\बेनी
जेठ ९ गते । म्याग्दीका स्थानीय तहहरुमा बालमैत्री वातावरण बनाउन जनप्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनीमा आयोजना गरेको बालअधिकार सम्बन्धी दुइदिने सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधिहरुले स्थानीय तहमा बालमैत्री वातावरण र संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको हुन ।

शारीरिक, मानसिक तथा बौद्धिक रुपमा सक्षम बनाउन बालबालिकामैत्री वातावररणलाई स्थानीय तहले संविधानमा तोकिएको अधिकारसहित बालबालिकको संरक्षण हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालअधिकार सम्बन्धि २ दिने सचेतनामुलक कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन ।

बुधवार कार्यक्रको उद्घाटन गदैं धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले महिला, बालबालबालिका अनुकुल निती तर्जुमा गर्ने गरी गाउँपालिकामा दुईवटा कार्यक्रम सहित विभिन्न रचनात्मक क्रियाकलाप सुरू गरिएको बताउनुभयो ।

उहाँले गार्उँपालिका अध्यक्षसँग एकहजार दिनका महिला र बालविवाह न्यूनिकरण गर्न उपाध्यक्षसँगको कार्यक्रमलाई सञ्चालन गरिएको बताउँदै बालबालिकालाई प्रोत्साहन गर्ने गरी थप कार्यक्रम ल्याउने बताउनुभयो ।दुईदिन सम्म सञ्चालित कार्यक्रममा मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बालबालिकालाई योन शोषण तथा श्रम शोषणबाट मुक्त गर्ने, लागुपदार्थको सेवन, ओसारपोसार, बेचविखन तथा प्रयोग, बालविवाह तथा हरेक प्रकारका हिंसाबाट जोगाउने, बालमैत्री संरचना बनाउने प्रतिबद्धता जनाएका थिए ।

सचेतनामुलक कार्यक्रममा म्याग्दीका सबै स्थानीय तहका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा छिमेकी जलजला गाउँपालिकाका उपाध्यक्ष सहित वडाअध्यक्षहरूको उपस्थिती रहेको थियो ।

बुधवार भएको उद्घाटन कार्यक्रमको सञ्चालन महिला विकास अधिकारी मञ्जु ढुंगाना, स्वागत बाल कल्याण श्रोतब्यक्ति मिठु आचार्य र अध्यक्षता गण्डकी बाल परिषद्का उपाध्यक्ष पुस्कर पुनले गरेका थिए । तालिमको सहजीकरण बाल कल्याण श्रोतब्यक्ति मिठु आचार्यले गर्नुभएको थियो ।