म्याग्दीका निर्माण व्यवसायीहरुद्धारा सार्वजनिक खरिद नियमावली २०७५ को विरोध

विकल्प न्यूज/बेनी
जेठ ९ गते । म्याग्दीका निर्माण व्यवसायीहरुले सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैंटौं संशोधन) नियमावली २०७५ का केही प्रावधानहरुप्रति असहमति जनाउर्दै विरोधमा उत्रिएका छन् । विहिवार म्याग्दीका व्यवसायीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई लाई ज्ञापनपत्र बुझाएका हुन ।
नियमावलीमा भएका प्रावधानहरुले देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने भन्दै व्यवसायीहरुको माग बमोजिम नियमावली संशोधन तथा खारेज गर्न माग गरेको निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएका छौं,अध्यक्ष जिसीले भन्नुभयो ‘ आज जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छौं । माग सम्बोधन नभए कडा आन्दोलन गर्न छौं ।’

‘सार्वजनिक खरिद(छैठौं संशोधन) नियमावली २०७५ को कारणले गर्दा निर्माण व्यबसायीहरु धारासायी हुनुका साथै विकास योजना कार्यान्वयनमा समेत असर पु¥याउने भएकाले तत्काल उक्त बुदाँहरु संशोधन गर्न माग गर्दछौं’ अध्यक्ष जिसीले भन्नुभयो ।