राष्ट्रिय समाचार

जलजला र बागलुङ जोड्न कालीगण्डकी नदीमा ५२३ मिटर लामो झोलुङ्गे पुल

विकल्प न्यूज/बेनी भदौं ७ गते । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच […]

हेम माविमा बन्यो भव्य छात्रावास भवन

विकल्प न्यूज/बेनी भदौं ६ गते । जिल्लाको धवलागिरि गाउँपालिका ७ शिवाङमा रहेको हेम माध्यामिक विद्यालयमा छात्रावास भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा साढे दुईकरोड रुपियाँ लागतमा छात्रावास भवन निर्माण गरिएको हो । चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रममा छनौंट भएपछि विद्यालयमा छात्रावास भवन निर्माण थालिएको थियो । छात्रावास भवन […]

पाउद्धारवासीको नमूना काम ः पदमार्गमा धर्मचौतारा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौं ५ गते । (खयरलेक) आजकल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जानथालेका छन् । भएका पाटीपौवा र चौताराहरु नासिदै जान थालेका छन् । केही काम गर्नुप¥यो सरकारको मुख ताक्ने गरिन्छ । तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई यहाँका गाउँलेले जिवित राखेका छन् । आफन्तको संझना तथा […]

एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

विकल्प न्यूज/बेनी भदौं ४ गते । बेनीमा सञ्चालन भएको एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजक समुहले हात पारेको छ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युवा क्लवले जितेको हो । शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३का […]

नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

विकल्प न्यूज/बेनी भदौं ४ गते । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त र व्यवहारले कम्युनिष्ट नभई […]

साउनमा सवा लाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वर धाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यसपालीको साउन महिनामा ५ […]

खयरलेकको सुन्दरता (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी खयरलेक,साउन ३० गते । समुन्द्री सतह देखि करिब चारहजार ७०० मिटर उचाईमा रहेको यो हो खयर ताल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खयरलेक धार्मिक एवम् प्राकृतिक रुपमा प्रशिद्ध छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर तालको अवलोकन र यहाँ रहेको खयरभारानीको दर्शन गर्न जनैपूर्णिमाका दिन ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् । […]

जब खोप्रामा आकास खुल्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/खोप्रा साउन ३० गते ।   खोप्रालेकबाट हिमशृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाइँदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खाेप्राबाट संसारलाई नियाल्न पाइयो । आँखै अगाडि खुलेको हिमशृङ्खलाले वातावरणलाई मनोमहक बनाइदिएको छ । हरियाली डाँडापाखा र टलक्क टल्किएका हिमालहरुको लहरले खोप्रा लेक साँच्चिकै सुन्दर देखिएको छ […]

कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला

विकल्प न्यूज/बेनी साउन २९ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सभापति गर्बुजाले कांग्रेसको संगठन निर्माणमा शुभेच्छुक संस्थाहरुको भुमिका […]

बेनी नगरका जनप्रतिनिधिले लिएको दोहोरो सुविधा फिर्ता गर्न अटेरी

ठाकुरप्रसाद आचार्य/बेनी साउन २५ गते । नियम विपरित दोहोरो सुविधा लिएका बेनी नगरपालिकाका तत्कालिन जनप्रतिनिधिहरुले अझैसम्म रकम फिर्ता गर्न मानेका छैनन् । सरकारी कोषबाट निवृत्तिभरण पाउने नगरपालिकाका प्रमुख सहित चारजना जनप्रतिनिधिले ऐन विपरित दुई आर्थिक वर्षको सेवासुविधा वापत लिएको २३ लाख ८८ हजार सातसय ५५ रुपियाँ फिर्ता गर्न आलटाल गर्न अटेरी गरेका हुन । नगरपालिकाले […]

नीलगिरि जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजनाको सुरुङ जोडिएको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएको आयोजनाले जनाएको छ । सुरुङ जोडिएसँगै आयोजनाको समग्र ७५ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । नीलगिरि खोला हाइड्रोपावरले तिनवर्ष अघि […]

विद्युतका कर्मचारीले फोन रिसिभ नगर्दा धाइरिङमा अप्रिय दुर्घटना (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य\जलजला साउन २३ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ धारापानीमा सोमबार विद्युत लाइनमा हाइभोल्टेज प्रशारण हुँदा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार विहान करिब ७ बजेतिर विद्युतको वितरण लाइनको पोलमा आगो लागेपछि धारापानीका स्थानीयले मिलनचोक स्थित नो लाइटमा फोन गरे । तर त्यहाँ वस्ने कर्मचारीले फोन रिसिभ गरेनन् । हुनत […]

जलजला ७ धाईरिङ धारापानीमा विद्युत सर्ट हुँदा एकजनाकाे मृत्यु

विकल्प न्युज/ जलजला साउन २३ गते । पर्वतकाे जलजला गाउँपालिका ७ धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाकाे मृत्यु भएको छ । प्रशारण लाईनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाईभाेल्टेज लाईन प्रशारण भएको स्थानिय याम बहादुर केसीले बताउनुभयाे । मिलनचाेकि प्रहरी चौकीका ईन्चार्ज मुक्ति खड्काले दिएकाे जानकारी अनुसार करेन्ट लागेर धारापानीकीकाे ५० वर्षिय सिता […]

जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सुवेदी सम्मानित

विकल्प न्यूज\बेनी साउन २२ गते । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक विकासमा योगदान गरेको भन्दै क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २४ औँ बार्षिक उत्सवको अवसरमा शनिवार सुवेदीलाई सम्मान गरेको हो । सुवेदीको कार्यकालमा क्याम्पसले शैक्षिक गुण्स्तर वृद्धि,भौतिक पूर्वाधार निर्माण र सुधारमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानबाट सम्मानित […]

क्षेत्री महिला बेनीनगर समाजको अध्यक्षमा उर्मिला केसी चयन

देवी जिसी/बेनी साउन २२ गते । बेनीमा क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिबार क्षेत्री समाज म्याग्दीको सभाहलमा तेश्रो  साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय बेनिनगर समिति  चयन गरेको छ।  समितिको उपाध्यक्षमा गङ्गा थापा कार्की, सचिव मनुकुमारी बानिया, […]