राष्ट्रिय समाचार
पर्यटकीय स्थलमा फोरजी सेवा विस्तार
म्याग्दी, फागुन १९ गते । नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीय स्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर […]
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार
बेनी, फागुन १९ गते । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त […]
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन्
विकल्प न्यूज/बेनी फागुन १९ गते । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी […]
बेनीमा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु
बेनी १८ फागुन । नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकामा बिहिबारदेखि ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु गरेको हो । बेनी स्थित पार्टी कार्यालयमा भएको नगर कमिटिको बैठकले वडा र टोल स्तरमा अभियानको कार्यक्रमका […]
म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगीता हुने
विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो । विहिवार बेनीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सो कुराको […]
पाहुना पर्खदै बेनीका हाेटल
म्याग्दी, फागुन १८ गते । बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले वि.सं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्त्व पनि उत्तिकै छ । यो सुन्दर […]
खैरो हिरोइन सहित भारतीय नागरिक कालिपुलबाट पक्राउ
विकल्प न्युज/ बेनी फागुन १७ गते । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागुपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका ८, कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ बर्षिय अलेमुन हकलाई पक्राउ गरेको सुचना अधिकारी एवम् प्रहरी निरिक्षक किरण लामाले बताउनुभयो । सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६।५ ग्राम […]
नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान
विकल्प न्यूज/जलजला फागुन १७ गते । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो । बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस्तारित वैठक तथा अभिमूखीकरण कार्यक्रम गरी […]
हेमबहादुर पुन स्मृति अन्तर मावि लोकनृत्यमा बेनी बोर्डिङ प्रथम
विकल्प न्युज/ बेनी फागुन १५ गते । बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृति अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितीय,न्यु वेष्ट […]
एमालेले सुरु ग¥यो म्याग्दीमा ‘मिसन ग्रासरुट’अभियान
विकल्प न्यूज/बेनी फागुन १४ गते । नेकपा एमाले म्याग्दीले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । अभियान अन्तर्गत शनिबार मंगला गाउँपालिका कमिटीको आयोजनामा बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने […]
नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन
म्याग्दी १४ फागुन । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आईतवार बेनीमा सम्पन्न पार्टीको जिल्ला समन्वय […]
बेनी नगरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्युज / बेनी फागुन १३ गते । बेनीमा शनिबनर सम्पन्न भ्एको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो । प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ काँस्य सहित अन्नपुर्ण गाउँपालिका द्धितीय […]
बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन १२ गते । शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मंचमा शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभएको । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौं रनिङशिल्ड प्रतियोगिता गर्न लागिएको […]
शुक्रबार देखि बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
विकल्प न्यूज/बेनी फागुन ११ गते । भोली शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको हो । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो । प्रतियोगिताको […]
राष्ट्रपतिद्धारा मल्लाजको बराह तालमा निर्मित बराह कुलमन्दिरको उद्घाटन (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय स्थल बराह तालमा आउने हुनुभएको छ । भण्डारीले बराह तालमा निर्माण गरिएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ । साथै राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको छ । विहान ११.२० बजे राष्ट्रपति भण्डारी […]