ताजा समाचार:
Search

राष्ट्रिय समाचार

जलजलाका सवै वडामा नेकपाको कमिटी गठन

विकल्प न्यूज/जलजला चैत २७ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिकाका सवै वडामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले वडा कमिटी गठन गरेको छ । वडा कमिटी गठन सँगै जलजलामा नेकपाको एकताले पूर्णता पाएको छ । सवै वडामा कार्यकर्ता भेला गरी वडा कमिटी गठन गरिएको हो । जलजलाको १ नम्बर वडा वासखर्कमा यामबहादुर गर्बुजा अध्यक्ष र विवेक शर्मा […]

श्रमदान गर्न उत्साहित मुनावासी (भिडियो सहित)

विकल्प न्यूज/मुना चैत २७ गते । भर्खर विहानी पख हुँदै थियो । हिमालमा मिर्मिरे घाम झुल्कीदै थिए । यहि विचमा कटुवाको आवाज आयो । कटुवालको आवाज सुनेका गाउँलेहरु कान ठाँडा पार्दै घरबाहिर निस्के । कटुवालले घोक मार्फत विद्यालय मर्मतको योजनामा श्रमदान गर्न गाउँलेहरुलाई उपस्थित हुन भन्यो । धौलागिरि गाउँपालिका ३ मुना स्थित धबलागिरि आधारभुत विद्यालयको […]

पर्यटक तान्दै बरंजाको ‘दह ताल’

साधन राम्जाली /विकल्प न्यूज चैत २७ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउन सकिने अपेक्षा गरिएको छ । […]

जलजलामा ७ सयले भरे बेरोजगारको आवेदन,चैत मसान्त सम्म भर्न सकिने

विकल्प न्यूज/जलजला चैत २६ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकामा सात सय २२ जनाले बेरोजगार आवेदन फारम भरेका छन् । गाउँपालिकाका ९ वटै वडामा बेरोजगारीको सूची दर्ताका लागि आवेदन फारम भर्ने सुविधा उपलब्ध गराएको थियो । फारम नभरेकाहरुले अझै आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर फारम भर्न गाउँपालिकाले अनुरोध गरेको छ । सरकारले चैत महिनाभित्र बेरोजगारीहरुले आफ्नो […]

दीपक कार्कीको अध्यक्षतामा रघुगंगामा नेकपाको कमिटी गठन

विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रघुगंगा गाउँपालिकामा एकता टुंगिएको छ । सोमबार बसेको कार्यकर्ता भेलाले अध्यक्षमा युवा नेता प्रेमबहादुर कार्की (दीपक) र सचिवमा हरि भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्की तत्कालिन एमालेका जिल्ला सचिवालय सदस्य हुनुहुन्छ भने सचिव भण्डारी माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ । गण्डकी प्रदेशका सांसद […]

जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग

साधन राम्जाली विकल्प न्युज बेनी  चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेटनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता लेÞ रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकलित आर्थिक सहयोगमा खरिद गरिएको नयाँ घर सहित आर्थिक सहयोग गाउँपालिका अध्यक्ष […]

खड्ग गिरीको अध्यक्षतामा अन्नपूर्णमा नेकपाको गाउँपालिका कमिटी गठन

विकल्प न्यूज/बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्नपूर्ण गाउँपालिकामा एकता टुंगिएको छ । आइतवार गाउँपालिका केन्द्र पोखरेबगर बसेको कार्यकर्ता भेलाले अध्यक्षमा खड्ग गिरी र सचिवमा पूर्ण बहादुर पाईजालाई सर्वसम्मत रुपमा चयन गरेको हो । गिरी तत्कालिन एमालेका नेता हुनुहुन्छ । सचिव भने पूर्व माओवादी केन्द्रबाट चयन गरिएको छ । जिल्ला संयन्त्र सदस्य […]

विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग

विकल्प न्युज बेनी  चैत्र २४ गते । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको कुखुराको चल्ला हस्तान्तरण गरिएको छ […]

कांग्रेस गुटबन्दीमा फस्यो ः आचार्य

बिकल्प न्युज बेनी चैत्र २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको गुटबन्दीका कारण कांग्रेसले विगतदेखी ठुलो क्षती व्यहोर्दै आइरहेको उहाँको भनाई छ । […]

हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो

गलेश्वर, चैत २४ गते ।यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न […]

विप्लव समूहका पुनद्धारा शिक्षक संगठनको अध्यक्ष परित्यागको घोषणा

विकल्प न्यूज/बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित अखिल नेपाल शिक्षक संगठनका कार्यवहाक अध्यक्ष थम बहादुर पुनले सो पार्टीको सदस्य र शिक्षक संगठनको अध्यक्ष पद परित्याग गरेको घोषणा गर्नुभएको छ । मालिका गाउँपालिका ३ रुम निवसी पुन स्थानीय एक विद्यालयमा राहत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनु भएका पुनले  […]

नेकपा मंगलाको अध्यक्षमा प्रेमप्रसाद र सचिवमा यामबहादुर रोका चयन 

विकल्प न्यूज/बेनी चैत २३ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को मंगला गाउँपालिकाको कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन हुनुभएको छ । शनिवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा भएको भेलबाट मंगला गाउँपालिका स्तरीय पार्टी कमिटी गठन गरेको हो । १ नम्बर वडा कुहुँको अध्यक्षमा एकजित रोका र सचिवमा शिव विक चयन हुनुभएको छ । यसै गरी […]

धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु (भिडियोसहित)

विकल्प न्यूज/मुना चैत २२ गते । म्याग्दीको पश्चिम धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा शुक्रवार देखि पत्रकारिता पुनर्तागी तथा उद्घोषणकला तालिम सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जिल्ला र राष्ट्रिय संचार […]

मालिकामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा गर्बुजा चयन

विकल्प न्यूज/बेनी चैत २२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मालिका गाउँपालिका कमिटीको अध्यक्षमा पूर्व एमालेका तर्फबाट बेगप्रसाद गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व माओवादी केन्द्रका गोबिन सिउन्थानी चयन हुनुभएको छ । शुक्रवार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जिल्ला संयन्त्र सदस्य रेशम जुग्जाली र पूर्व सांसद तथा नेता नवराज शर्माको आथित्यतामा भएको भेलाले […]

विकट गाउँ चिमखोलामा सरकारी सेवा सुविधा लिएर पुग्नु भयो मन्त्री थापा

विकल्प न्यूज\बेनी चैत २२ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आफ्नो जन्म गाउँ चिमखोलामा वृहत घुम्ती शिविर लैजानु भएको छ । सरकारी सेवा सुविधा सहित कृषि र पशुपालनका विज्ञ सहितको टोली लिएर मन्त्री थापा चिमखोला पुग्नु भएको हो । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला […]