विकल्प न्यूज/जलजला
चैत २७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाका सवै वडामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले वडा कमिटी गठन गरेको छ । वडा कमिटी गठन सँगै जलजलामा नेकपाको एकताले पूर्णता पाएको छ । सवै वडामा कार्यकर्ता भेला गरी वडा कमिटी गठन गरिएको हो ।
जलजलाको १ नम्बर वडा वासखर्कमा यामबहादुर गर्बुजा अध्यक्ष र विवेक शर्मा सचिव रहेको १७ सदस्यीय वडा कमिटी गठन भएको छ ।
२ नम्बर वडा मल्लाजमा हेमकुमारी अधिकारी अध्यक्ष र रामबहादुर परियार सचिव रहेको २९ सदस्यीय,३ नम्बरमा एकिन्द्र खत्री अध्यक्ष र रविन जिसी सचिवमा चयन हुनुभएको छ । यहाँ पनि २९ सदस्यीय वडा कमिटी गठन भएको सचिव जिसीले जानकारी दिनुभयो ।
यसै गरी ४ नम्बर वडामा टेकबहादुर जिसी अध्यक्ष र भरत बहादुर खत्री सचिवमा चयन हुनुभएको छ । यहाँ पनि २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।
पाँच नम्बर वडा लेखफाँटमा डण्डपाणी सुवेदी अध्यक्ष र सुक्रराज सुवेदी सचिव रहेको २९ सदस्यीय वडा कमिटी गठन भएको सचिव सुवेदीले जानकारी दिनुभयो ।
यस्तै ६ नम्बर वडा सालिजामा अविर खोरजा अध्यक्ष र गौरीश्वर पौडेल सचिव रहेको २९ सदस्यीय र ७ नम्बर वडा धाइरिङमा हरिप्रसाद आचार्य अध्यक्ष र बेदनाथ आचार्य सचिव रहेको २९ सदस्यीय वडा कमिटी गठन भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
यता ८ नम्बर वडा नाग्लीवाङमा गगन बहादुर महत अध्यक्ष र कृष्ण बहादुर श्रेष्ठ सचिव रहेको २९ सदस्यीय र ९ नम्बर वडा बनौंमा चन्द्रबहादुर पुन (निर्मल) अध्यक्ष र बुद्धि प्रसाद कँडेल सचिव रहेको २९ सदस्यीय वडा कमिटी चयन भएको गाउँपालिका कमिटी अध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिका र वडा तहमा नेकपाको संगठन निर्माण भएसँगै पार्टी गतिशिल हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । गाउँपालिकामा हुने विकास निर्माणलाई सफल रुपमा कार्यान्वयन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिइएको आचार्यले बताउनुभयो ।
एकहप्ता अघि भएको कार्यकर्ता भेलाले युवा नेता दिपक आचार्य अध्यक्ष र सचिवमा टुंगनाथ शर्मा पौडेललाई सचिवमा चयन गरेको थियो ।
भेलाबाट चयन भएका वडाका अध्यक्ष र सचिवहरुको अनमोदन जिल्ला संयन्त्रले र गाउँपालिका अध्यक्ष र सचिवको अनमोदन प्रदेश कमिटीले गर्ने विधि बनेको नेकपाका नेता लालबहादुर अधिकारीले जानकारी दिनुभयो ।