राष्ट्रिय समाचार
अदालतको आदेश सँगै बेनी नगरकार्यपालिकाको जेठ ३ गतेका निर्णय कार्यान्वयनको बाटो खुला

विकल्प न्युज/बेनी असार १२ गते । बेनी नगर कार्यापालिकाको जेठ ३ गतेको वैठकले गरेका निर्णयहरु कार्यान्वयनको बाटो खुला भएको छ । यस अघि जेठ २९ गते बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न दिएको आदेश उच्च अदालत पोखराको बागलुङ इजलासले उक्त आदेशलाई विहिवार खारेज गरे सँगै निर्णय कार्यान्वयनको बाटो […]
बेनीका प्रशान्तले ल्याए चार जीपीए

विकल्प न्यूज/बेनी असार १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले चार जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी भएका सुवेदीले ४ मा ४ जीपीए ल्याएका हुन् । उनको एसईई सिम्बोल नं. ०२९६४२२ ‘V’ हो। सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी […]
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट पारित

विकल्प न्यूज/बेनी असार १२ गते । हिमालपारिको जिल्ला मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको पाँचौ गाउँसभाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति,कार्यक्रम तथा बजेट पारित गरेको छ । असार १० गते आयोजना गरिएको गाउँसभामा अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले आगमी आर्थिक वर्षका लागि नीति,कार्यक्रम र उपाध्यक्ष दिकी गुरुङले चालु तर्फ ९ करोड ७६ लाख र पुँजीगत […]
तरकारी खेतीमा रमाउँदै युवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १२ गते । तरकारी खेतीमा काम गर्दै पोकका बुद्धी विक । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पोकका एक युवाले गाउँमा व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । २० वर्षीय युवा बुद्धी विकले गाउँमा बेमौसमी तरकारीको व्यवसायिक उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको हो । गाउँका अधिकांश युवाहरु विदेश जान राहदानी […]
जलजलाको नीति तथा कार्यक्रम पारित

विकल्प न्यूज/बेनी असार ११ गते । जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा बुधबार भएको छैटौ गाउँसभामा अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । अध्यक्ष मल्लले प्रस्तुत गर्नुभएको […]
यस्तो छ जलजलाको नीति तथा कार्यक्रम पढ्नु्होस् पूर्णपाठ

विकल्प न्यूज/जलजला असार ११ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले असार ११ गते बुधवार आयोजित छैटौं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएसँगै […]
धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित

सन्तोष गौतम/विकल्प न्यूज मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पूजीगततर्फ नौ करोड ४७ लाख ३१ हजार गरि कुल ३४ करोड […]
धौलागिरि गाउँपालिकाद्धारा जनप्रतिनिधि, कृषक र पत्रकार पुरस्कृत

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको हो । समयमै योजनाको प्रभावकारी तथा गुणस्तरीय हिसाबले […]
भिडियोमा हेर्नुहोस मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले असार ८ गते गाउँसभामा अध्यक्ष श्रीप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम
मंगलाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । कृषिको संभावना भएको मंगलाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख […]
अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारित,३४ करोडको बजेट प्रस्ताव

विकल्प न्यूज/बेनी असार १० गते । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगार लाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले निति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग,पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ । गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर गर्वुजा पुनले सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित गर्ने निति […]
बेनपाले एजेण्डाबिनै १५ गते नगरसभा बोलायो

विकल्प न्यूज/बेनी असार १० गते । विगत एक महिनादेखि आन्तरिक बिवादमा रुमलिएको बेनी नगरपालिकाले असार १५ गते नगरसभा बोलाएको छ । देशभरका स्थानीय तहहरुले धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा नगरपालिकाले एजेण्डानै तय नगरि नगरसभा बोलाएको हो । एक तिहाई भन्दा बढी सदस्यहरुले बिशेष अधिवेशन (नगरसभा)को माग गरेको र नगर प्रमुखको निर्देशन अनुसार […]
मालिकाले ल्यायो समृद्ध गाउँपालिकाको खाका सहितको नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ८ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आइतवार गाउँपालिका केन्द्र दरवाङमा आयोजित गाउँपालिकाको तेस्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले समृद्ध गाउँपालिकाको खाका सहितको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । गाउँपालिका अध्यक्ष रोकाले गाउँसभाको उद्घाटन गर्दै विगत दुइवर्षको अनुभव […]
म्याग्दीमा योग दिवस मनाइयो ,स्वस्थ जिवनका लागि योग ःमन्त्री पुन

विकल्प न्युज म्याग्दी , असार ६ गते । अन्तर्राष्ट्रिय योग दिवस म्याग्दीमा पनि मनाइएको छ । योग दिवसको अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुनले जिवन शैली परिवर्तनका लागि योग अभ्यास अनिवार्य भएको बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिवस समारोह जिल्ला कार्यसमिती म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मानिसको जिवनलाई स्वस्थ राख्नका […]
बुबा आमाको स्मृतिमा छोराहरुद्धारा विद्यालयलाई सहयोग

विकल्प न्यूज\बेनी असार ३ गते । यहाँका एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका छन् । बेनी नगरपालिका ९ स्थायी घर भई हाल बेनीबजारमा बसोबास गर्नुहुने चिरन्जीवि शर्मा,पुष्कर शर्मा, दामोदर शर्मा र छोरी जमुना र ज्वाई मोहन सुवेदीले स्वर्गीय आमा सावित्री देवी शर्मा आचार्यको वार्षीक पु्ण्य तिथि र बुवा ज्ञामु […]