विकल्प न्यूज/बेनी
असार १२ गते ।
हिमालपारिको जिल्ला मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको पाँचौ गाउँसभाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति,कार्यक्रम तथा बजेट पारित गरेको छ ।
असार १० गते आयोजना गरिएको गाउँसभामा अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले आगमी आर्थिक वर्षका लागि नीति,कार्यक्रम र उपाध्यक्ष दिकी गुरुङले चालु तर्फ ९ करोड ७६ लाख र पुँजीगत तर्फ १० करोड ७० लाख १८ हजार गरी कुल २० करोड ४६ लाख १८ हजार रुपियाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।
पर्यटन,कलासंस्कृतिको संरक्षण र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाले छुसाङ देखि जोमसोम सम्म ¥याफ्टीङको सम्भाव्यता अध्ययन,गाउँपालिका भित्र बिषादी,प्लाष्टिक तथा शिशाजन्य फोहोरलाई निरुत्साहित गर्ने नीति बनाएको छ ।
वडा नम्बर ३ मा अवस्थित ताङवे गाउँलाई ऐतिहासिक गाउँ घोषणा,जहाँ प्राचिन र मौलिक घर तथा सम्पदाको संरक्षण गर्न बजेट बिनियोजन,कंक्रिटयुक्त पूर्वाधार निर्माणलाई निरुत्साहित गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
यसै गरी जडिबुटीको ब्यबसायिक उत्पादन तथा प्रशोधन,ब्याबसायिक कृषिको लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गरिने,कृषि र पर्यटन क्षेत्रमा युवा स्वरोजगार कार्यक्रम,सार्वजनिक सेवा प्रवाहमा विद्युतीय सेवा र सूचना प्रबिधिको भरपुर उपयोग गरिने नीति गाउँपालिकाले लिएको छ ।
सुशासन एबम पारदर्शिता एबम सूचना प्रबाहको लागि वेबसाइट र मोबाइल एप्लिकेसनलाई प्रभाबकारी र जनमैत्री बनाउदै लैजाने नीतिमा उल्लेख गरिएको छ ।
हरेक घर संस्था एबम सार्बजनिक महत्वका स्थान संग सम्बन्धित डिजिटल तथ्यांक संकलन गरिसकिएको गाउँपालिकाले आगामी बर्ष डिजिटल प्रोफाइल निर्माण गरि भौगर्भिक सूचना प्रणालीको माध्यमबाट डिजिटल म्यापिङको काम थाल्ने नीतिमा उल्लेख गरिएको छ ।
भ्रस्टाचारजन्य कृयाकलापप्रति शुन्य सहनशीलता नीति अवलम्बन गरिने प्रत्येक वडा कार्यालयमा इन्टरनेट लगायत सुबिधाको बिस्तार,वडाबाट नै राजश्व तिर्ने प्रबन्ध मिलाइने,सबै नागरिकलाई खानेपानी उपभोगको सुबिधा दिलाउन एक घर एक धारा,सामुदायिक इ–लाइब्रेरी स्थापना तथा बालमैत्री बिद्यालय एबम बिद्यालय तथा सरकारी कार्यालयमा विद्युतीय हाँजिरीको व्यवस्था,इको टुरिजम लाई प्रोत्साहन,ब्याबसायिक र आधुनिक कृषि प्रणाली,अर्गानिक उत्पादनमा जोड दिने नीति लिएको छ ।
यस्तै कालोबजारी नियन्त्रण,बिपत ब्यबस्थापन कोष स्थापना,एक नागरिक एक रुख रोप्ने कार्यक्रम, दलित तथा महिला शसक्तिकरण कार्यक्रम, गाउँपालिकामा रहेको नुनखानी उत्खनन एबम प्रबर्धन तथा संरक्षण कार्यक्रम, पर्यटकीय पदमार्ग पहिचान एबम निर्माण कार्यक्रम,होटल ब्यबसायीलाई अतिथि देबो भबः सम्बन्धि तालिम, मौलिक धार्मिक एबम ऐतिहासिक धार्मिक सम्पदा संरक्षण प्रबर्धन कार्यक्रम,हावाबाट बैकल्पिक उर्जा उत्पादन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मातृभाषा संरक्षणको लागि बिद्यालयमा पठनपाठनको व्यवस्था गरिने,सामुदायिक खेत तारबार एबम कृषि उपज केन्द्र स्थापना,फोहोरमैला ब्यबस्थापन,घर बाट निस्किने फोहोर बर्गिकरण ,फोहोरबाट मोहोर अभियान,एक गाउँ एक बालकेन्द्र, स्थानीय उत्पादन र संस्कृति एबम पर्यटकीय स्थल प्रचारको लागि यार्तुङ महोत्सब आयोजना गरि संस्कृति संरक्षण गरिने नीति गाउँपालिकाले लिएको छ । तस्विर आइटी इन्जिनियर सूर्य तिमिल्सिना