ताजा समाचार:
Search

राष्ट्रिय समाचार

अपडेट : गुल्मी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११

विकल्प न्युज गुल्मी, साउन ७ गते । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । जिल्लाको सत्यावती गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यावती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका नौं जनाको मृत्यु भएको छ […]

मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै – मुख्यमन्त्री गुरुङ

विकल्प न्युज  पोखरा, साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश […]

गलकोटमा भैंसी दुहुँदै गरेकी किशोरीलाई पहिरोले पुर्‍यो

विकल्प न्युज बागलुङ ,साउन ७ गते । सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा गलकोट नगरपालिका–८ एक किशोरीको मृत्यु भएको छ ।मंगलबार बिहान गोठमा भैंसी दुहँदै गरेकी १७ वर्षीया सीता गौतमको पहिराले पुरिएर मृत्यु भएको हो । उनीसँगै पहिराले भैंसी, पाडो र २ वटा बाख्रा पुरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक […]

गुल्मीमा पहिरोले पुरिएर ६ जनाको मृतु ,सबैको सनाखत

विकल्प न्युज गुल्मी ,साउन ७ गते । सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु […]

हामी पुष्पलालकै उत्तराधिकारी हौँ : प्रचण्ड

विकल्प न्युज काठमाडौँ,साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रकृया करीब–करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । उनले एकदुईवटा कामलाई औपचारिकता दिनमात्रै बाँकी रहेको भन्दै एकदुई दिनभित्रै त्यो काम पनि पूरा हुने बताए । पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार आयोजना […]

बहुआयामिक व्यक्तित्व बीपी

गोकर्ण अर्याल साउन ७ गते । नेपाली राजनीतिका शिखर पुरुष एवं काँग्रेसका संस्थापक बीपी कोइरालाको ३७ औँ स्मृति दिवस विविध कार्यक्रम गरेर स्मरण गरिँदैछ । बीपीको राजनीतिक अनुयायी दल नेपाली काँग्रेस र उहाँका नाममा खडा भएका विभिन्न सङ्घसंस्थाले बीपीलाई सम्झिएका छन् । उहाँको बहुआयामिक व्यक्तित्व झल्कने किसिमका कार्यक्रम यतिबेला भइरहेका पनि छन् । तर प्रश्न […]

पुष्पलालको विचारकै जगमा आजको उपलब्धि

दीपक श्रेष्ठ काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, “मुलुकको राजनीतिक परिवर्तन पुष्पलालकै विचार, सिद्धान्त र नीतिका आधार टेकेरै भयो । उहाँ जतिका इमानदार नेता […]

धेरै समय विद्यालय सिकाइमा प्रतिकूल असर

काठमाडौँ, साउन ७ गते । हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि […]

बाढीपहिरोको उच्च जोखिम ः विपद् व्यवस्थापनको तयारी कस्तो छ ?

विकल्प न्यूज/बेनी साउन ७ गते ।  तस्विर बेनी–जोमसोम कोरला सडक आयोजनाका कारण पहिरोको उच्च जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित काभ्रे गाउँ । तस्विर ठाकुरप्रसाद आचार्य यस वर्षको मनसुन सुरु भइसकेको छ । भौगोलिक भूवनाटका कारण अधिक वर्षाले बाढीपहिरोको जोखिम वढाएको छ । जिल्लाका ग्रामिण भूभागका केही वस्तीहरु पहिरोको उच्च जोखिममा छन् । भने नदी […]

विप्लब समुहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ

विकल्प न्यूज/बेनी साउन ६ गते । सरकारद्धारा प्रतिवन्धीत  नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । सोमबार साँझ पाँचबजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेनी नगरपालिका ३ नयाँ पुलबाट जिल्ला इन्चार्ज कमान सिंह नकाल क्षेत्री (बिकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिकिरण सानेभिर गाउँपालिका […]

म्याग्देली चेली अस्मी फिल्ममा डेब्यु गर्दै (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ५ गते । मोडलिङ क्षेत्रमा प्रवेश गरेकी म्याग्दीकी अस्मी थापा चलचित्र काँचुलीमा डेब्यु गरेकी छिन् । बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राईको प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली प्रदर्शनको तयारीमा छ । चलचित्रको को दोश्रो गीत ” मुस्काएर अलि अलि” बोलको गीतमा पनि अस्मीले अभिनय गरेकी छिन् । मोडलिङ भविष्य खोज्न राजधानी […]

नेकपा म्याग्दीको इन्चार्जमा भुपेन्द्र थापा चयन

विकल्प न्यूज/बेनी साउन ४ गते । नेपाल कम्युनिष्ट (नेकपा) पार्टी म्याग्दीको इन्चार्जमा संघिय सांसद भुपेन्द्र बहादुर थापा चयन हुनुभएको छ । आइतवार बसेको नेकपा केन्द्रिय सचिवालयको बैठकले थापालाई इन्चार्जमा चयन गरेको हो । थापा पूर्व एमालेका नेता हुनुहुन्छ । पूर्व माओवादीको भागमा परेको सहइन्चार्जको भने टुंगो लगाउन बाँकी नै छ ।      

कामना सेवा विकास बैंकको बेनीमा शाखा उद्घाटन

विकल्प न्युज म्याग्दी ,साउन ०३ गते । कामना सेवा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले न्युरोडमा विस्तार गरेको ९५ औं नयाँ शाखाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लामा बैंकको शाखा विस्तार हुनु जिल्ला वासीको लागि खुशीको कुरा भएको […]

पर्वतको पर्यटकीय फलामेडाँडामा सामुदायिक पाहुनाघर सञ्चालन

विकल्प न्युज बेनी,साउन ०१ गते । करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडामा सामुदायिक पाहुनाघर सञ्चालन गरिएको छ । गाउँ भ्रमणमा आउने पाहुनाको खाने बस्ने सुविधाका लागि स्थानीय बासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन् । समुद्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित फलामेडाँडा लगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीयस्थललाई समेटेर गत वर्ष […]

धौलागिरि आधारशिविर जाने पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी साउन १ गते । धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण गरिएको छ । रघुगंगा गाउँपालिकाको ७ नम्बर वडा चिमखोलाको छरिबोट देखि घोप्टेओढार सम्म पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको १० लाख रुपियाँमा उक्त पदमार्ग निर्माण गरिएको हो । पहाडमा ढुंगाको सिँढीसहितको एक हजार पाँचसय मिटर पदमार्ग निर्माण […]