राष्ट्रिय समाचार
स्तनपानले कसरी गर्छ शिशुको स्वास्थ्य रक्षा ?

विनोद अधिकारी साउन १७ गते । प्रत्येक वर्ष १ देखि ७ अगस्टसम्म संसारभर स्तनपान सप्ताह मनाइन्छ। नेपालमा पनि स्तनपान सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। विश्व स्तनपान दिवसको यस वर्षको नारा ‘अभिभावकको सबलीकरण स्तनपानको सशक्तीकरण’ रहेको छ। आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा […]
उपनिर्वाचन मङ्सिरमा गर्न सुझाव

काठमाडौँ, साउन १७ गते । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले हाल रिक्त हुन आएका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन एकैपटक मङ्सिरमा गर्न सुझाव दिएका छन् । हाल तीन तहमा गरी ३६ जिल्लाको ५० पदमा उपनिर्वाचन गराउनुपर्ने छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको राजनीतिक दलका पदाधिकारीहरूसँगको छलफलमा दलका प्रतिनिधिहरूमध्ये प्रायः सबै दलका प्रतिनिधिले […]
सहकारीको ब्याजमा नियन्त्रण, १६ प्रतिशतभन्दा बढी लिन नपाउने

२०७६ काठमाडौं : साउन १७, सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्। सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठहले बचतमा न्युनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो समाचार कारोबार दैनिकमा छ। यद्यपि, समितिको शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने र […]
दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको तर्फबाट १४/१५ […]
लमजुङमा अमेरिकीले बनाएको होमस्टे उत्कृष्ट

राइनासकोटबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, डा। हर्क हिमाल, गणेश, माछापुच्छ्रे, लमजुङलगायत करिब दुई दर्जन हिमशृंखला नियाल्न सकिन्छ विकल्प न्युज लमजुङ ,साउन १६ गते । एक अमेरिकी नागरिकको पहलमा निर्माण गरिएको लमजुङको राइनासकोट सामुदायिक होमस्टे यस वर्ष उत्कृष्ट घोषित भएको छ । २०७२ वैशाख १२ को भूकम्पमा परेर घरहरू भत्किएपछि अमेरिकी नागरिक नताशा वजनाइक को सहयोगमा राइनासकोटका १४ […]
म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]
समिक्षा गरेर अघि बढ्नुपर्छ–सांसद केसी

विकल्प न्यूज/बेनी साउन १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले सरकारको कामको प्रभावकारिताको मूल्याङ्कन र समिक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभएको छ । सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद केसीले जनताले परिवर्तन र सुधारको अनुभूति हुने […]
बेनीको सडकमा बेथिति (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १५ गते । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेथिति २. बेनी प्रवेशद्धार नजिक सडक मिचेर घर निर्माण गरिएको छ । नगरपालिकाको अनुमतीविना रातको […]
प्रदेश प्रहरीले अपराध अनुसन्धान गर्न पाउने

विकल्प न्युज काठमाडौँ,साउन १४ गते । प्रदेश प्रहरीले अनुसन्धान गर्न महान्यायधिवक्ता वा सरकरी वकिलको अनुमति लिएरमात्रै पाउने गृह मन्त्रालयको प्रस्ताव हट्ने भएको छ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफलमा प्रदेश प्रहरीको काम कर्तव्य र अधिकारबारेको विधेयकको […]
एनआरएनएमा मेरो उम्मेदवारी स्वाभाविक होः आचार्य

विकल्प न्युज पोखरा, साउन १४ गते । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष कुल आचार्यले आगामी अधिवेशनमा आफू अध्यक्षको स्वाभाविक उम्मेदवार रहेको बताएका छन् । बेलायतमा व्यवसाय गर्ने आचार्य संघको आठौँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्ष हुनुपूर्व आचार्य एनआरएनए युकेको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै कार्यसमिति अध्यक्ष भइसकेका छन् । एनआरएन अन्तरराष्ट्रिय […]
गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन

विकल्प न्यूज/बेनी बेनी १४ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार करिब तिन लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । दुई लाख ९९ हजार ३२२ रुपैयाँ भेटि संकलन भएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी […]
गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा, साउन १४गते । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति पर्यटक […]
रुमका पौरखी महिला (भिडियो रिपोर्ट)

विकल्प न्यूज/बेनी साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् । सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर […]
कक्षा १२ को नतिजा सार्वजनिक

साउन १३, २०७६ काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार अपरान्ह सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ३ हजार ६७ जना छन्। परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। नियमित तर्फका २ लाख […]
तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना

विकल्प न्युज म्याग्दी, साउन १३ गते । जिल्लाको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको २४ औँ पोष्टको रुपमा तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना गरिएको हो । प्रमुख अधिकारी लिलाधर अधिकारीले नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक […]