एनआरएनएमा मेरो उम्मेदवारी स्वाभाविक होः आचार्य

विकल्प न्युज
पोखरा, साउन १४ गते । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष कुल आचार्यले आगामी अधिवेशनमा आफू अध्यक्षको स्वाभाविक उम्मेदवार रहेको बताएका छन् । बेलायतमा व्यवसाय गर्ने आचार्य संघको आठौँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्ष हुनुपूर्व आचार्य एनआरएनए युकेको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै कार्यसमिति अध्यक्ष भइसकेका छन् । एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

“मैले गरेको योगदान र लामो अनुभवका आधारमा अध्यक्षमा मेरो उम्मेदवारी स्वभाविक नै हो,” बाह्रखरीसँगको कुराकानीमा उनले भने । एनआरएनए सामूहिकतामा अगाडि बढ्ने उनको विश्वास छ । “पवित्र संस्थालाई अगाडि बढाउन म सक्षम छु, विदेशमा रहने नेपालीहरुको पूँजीलाई स्वदेशमा नै लगानी गर्न मेरो प्रयत्न रहनेछ,” उनले भने, “विदेशमा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरुको सीप र लगानी नेपाल भित्र्याउन हामीले लामो समयदेखि प्रयास गरिरहेका छौं । वास्तवमा हामीले लगानी भन्दा आर्थिक लगानी मात्रै सम्झनु हुँदैन ।”

यसबाहेक उज्यालो नेपाल, विद्यालयहरुमा पुस्तकालय बनाउने सहित एनआरएनहरुको लगानीले हजारौं रोजगारी सिर्जना गरेको उनको भनाइ छ । बाह्रखरी