राष्ट्रिय समाचार
वडा अध्यक्षलाई कामको चाप

नगेन्द्र सापकोटा काठमाडौँ, साउन २४ गते । प्रदेश ५ को सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–५ का वडा अध्यक्ष यमकुमार बस्नेतको वडा कार्यालयदेखि गाउँपालिका केन्द्रसम्मको दूरी २९ किलोमिटर छ । वडा कार्यालयदेखि केन्द्रसम्म पुग्न उहाँलाई मोटरसाइकलमा नै तीनदेखि चार घण्टा लाग्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकार सञ्चालन ऐनले वडा अध्यक्षलाई प्रदान गरेको दोहोरो जिम्मेवारीले सेवा प्रवाह गर्न […]
यातायात व्यवसायीको बदमासी – नगरपालिकालाई तिर्दैनन् भाडा

विकल्प न्यूज/बेनी साउन २३ गते । बेनी नगरपालिका सँग सम्झौत गरी सार्वजनिक जग्गामा बस र जिपका टिकट बुकिङ काउन्टर राखेका यातायात व्यवसायीहरुले लामो समयसम्म भाडाबापतको रकम भुक्तानी गरेका छैनन् । जिल्ला भित्र र बाहिर सञ्चालन हुने यातायात संस्थाहरुले सार्वजनिक जग्गामा टिकट काउन्टर राखे वापत नगरपालिकालाई बुझाउनु पर्ने लाखौं रकम नबुझाएका हुन । रकम बुझाउन […]
बोलेरो जिप दुर्घटना अपडेट ः एकको मृत्यु

विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी […]
हल्लेगौडा जिप दुर्घटना अपडेट ः उपचारका क्रममा एकको मृत्यु

विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रत्नबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । […]
प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्दा राम्रो आम्दानी (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २१ गते । प्लाष्टिक घर भित्र लगाएको गोलभेडा खेतीमा काम गर्दै मंगला गाउँपालिका ५ पिपलबोटकी उजेली सापकोटा । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पिपलबोटकी उजेली सापकोटालाई छिमेकीले प्लाष्टिक घरभित्र गोलभेडा खेती गरेको देखेर रहर जाग्यो । त्यस्तै २० वर्षीय अर्मन पोकका बुद्धी विकलाई पनि प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्न इच्छा […]
तमानको लाम्मेलामा पहिरोमा परी तीन जनाको मृत्यु, ७ जना घाइते

जसिन्द्र श्रीपाली बागलुङ, साउन २० । बागलुङको तमानखोला गाउँपालिकाको वडानम्बर ४ स्थित लाम्मेला सन्तरमा पहिरोमा पुरिएर तिन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पहिरोमा पुरीएकाहरूको खोजी तीब्र पारिएको छ । पहिरोले ४५ वर्षीया पञ्चमा श्रीपाली, उनकी सासु ६० वर्षीया असारी श्रीपाली र १३ वर्षका प्रवीण श्रीपालीको मृत्यु भएको हो । […]
भ्रष्टाचारीहरु धमाधम समातिन थालेका छन् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी साउन १९ गते । संघिय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भ्रष्टाचारीहरु धमाधम समातिन थालेको बताउनुभएको छ । उहाँले भ्रष्टाचारको अन्त्यका लागि सरकारले चालेको कदम सफल उन्मुख हुन लागेको दावी समेत गर्नुभयो । मन्त्री थापाले भ्रष्टाचारीहरुले अव उन्मुक्ती पाउने अवस्था नभएको दावी समेत गर्नुभयो । भ्रष्टाचारलाई न्यूनिकरण गर्न सरकार सफल भएपछि […]
नेकपा म्याग्दीको जिल्ला कार्यालय र सचिवालय गठन

विकल्प न्यूज/बेनी साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको दोस्रो पूर्ण वैठकले जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितिमा शनिवार पार्टी कार्यालय हाडेभिरमा सम्पन्न बैठकले सात सदस्यीय कार्यालय र ३२ सदस्य रहेको […]
लोप हुने हो कि मितेरी साइनो !

यलु जोशी काठमाडौँ, साउन १९ गते । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ” उहाँको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थप्नुभयो, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी […]
असोज ७ मा तेस्रो कालिपुल युनाईटेट कप प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पुनले बताए । प्रतियोगितको प्रथम पुरस्कार […]
प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

विकल्प न्युज काठमाडौं ,साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिंगापुर जाने भएका छन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली जान लागेका हुन् ।स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा।दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण […]
युवाहरुको उदाहरणीय कार्य ः नदी किनारमा फसेको गोरुको उद्धार (भिडियो सहित )

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दी,पर्वत र बागलुङका युवाहरुले उदाहरणीय कार्य गरेका छन् । कालिगण्डकी नदी किनारमा जिवन मरणको दोसाधमा परेका एउटा पशुलाई नयाँ जिवन दिएर उदाहरणीय कार्य गरेका हुन । १५ दिन सम्म कालिगण्डकी नदी किनारमा फसेको गोरुलाई युवाहरुको जोखिम मोलेर शुक्रबार उद्धार गरेका हुन । बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ […]
काँग्रेस सङ्घीय संरचनामा जाने

ललितपुर, साउन १८ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राज्यको सङ्घीय संरचना अनुसार नै पार्टीको नयाँ संरचना बनाउने निर्णय गरेको छ । अब काँग्रेसको संरचना पार्टीको विधानको सङ्क्रमणकालीन व्यवस्था अनुसार हुने छ । नयाँ संरचनामा जाँदा सबै कार्यकारी समितिमा महिलाको सङ्ख्या कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुने छ । यसैगरी, संस्थापन इतरका केन्द्रीय सदस्यहरूले जारी […]
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु

विकल्प न्यूज/बेनी साउन १७ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण खरिद गरेर सेवा सुरु गरिएको हो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैलि, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज हुने केन्द्रका […]
मृत अवस्थामा भेटिए बेपत्ता विक

हेम विश्वकर्मा, बुर्तिबाङ, विकल्प न्युज साउन १७ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित नविखोला ९उत्तरगंगा० ले बगाउँदा बेपत्ता भएका सेते विकको शव शुक्रबार फेला परेको छ । गत साउन ८ गते नविगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानीय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो । दुई मध्य नर बहादुरको […]