युवाहरुको उदाहरणीय कार्य ः नदी किनारमा फसेको गोरुको उद्धार (भिडियो सहित )

विकल्प न्यूज/बेनी
साउन १८ गते ।

म्याग्दी,पर्वत र बागलुङका युवाहरुले उदाहरणीय कार्य गरेका छन् । कालिगण्डकी नदी किनारमा जिवन मरणको दोसाधमा परेका एउटा पशुलाई नयाँ जिवन दिएर उदाहरणीय कार्य गरेका हुन ।

१५ दिन सम्म कालिगण्डकी नदी किनारमा फसेको गोरुलाई युवाहरुको जोखिम मोलेर शुक्रबार उद्धार गरेका हुन ।

बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमा क्षेत्रमा पर्ने कालिगण्डकी नदीमा गोरु अलपत्र परेको थियो । अलपत्र गोारुको एमआरआरमा आवद्ध युवाहरुले डोरीको साहयताले नदी तारेका हुन ।

नदीको किनारमा केहि पनि खान नपाएको र कतैपनि जान नसक्ने अप्ठ्यारो ठाउँमा गोरु अल्पत्र परेको खवर आएपछि युवाहरुको पहलमा उद्धार गरिएको टोलिको अगुवाई गरेका अनेरास्ववियूका नेता समेत रहेका म्याग्दीका युवा प्रकाश पौडेलले बताउनुभयो ।