ताजा समाचार:
Search

राष्ट्रिय समाचार

जलजलाको माझफाँटमा नेकपाको प्रशिक्षण सम्पन्न

विकल्प न्यूज/जलजला भदौं १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको २,३ र ४ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा सपथ लिएका छन् । जलजलाको मल्लाजमा आयोजित सपथग्रहण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका पर्वत इन्चार्ज गुप्तबहादुर हमाल र अध्यक्ष पदम गिरीले सपथ गराउनुभएको हो । सपथ पछि पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनुहुँदै पार्टीका केन्द्रिय […]

मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी साउन ३२ गते । मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले […]

बेनपा २ का वडाअध्यक्ष माथि भएको दुव्र्यवहारको वडा कमिटीद्धारा खेदप्रकट

विकल्प न्यूज/बेनी साउन ३१ गते । नेपाल कम्युनिष्ट(नेकपा)  पार्टी बेनी नगरपालिका २ नम्बर वडा कमिटी ज्यामरुककोटले विहिवार विहान वडा अध्यक्ष हिरा बहादुर थापा प्रति भएको अपमानजनक व्यवहारको खेद प्रकट गरेको छ । वडा कमिटीका अध्यक्ष कृष्णबहादुर कार्कीले अध्यक्ष थापामाथि विप्लव समुहका कार्यकर्ताले वडा कार्यालयमा जनताको काम गरिरहेका समयमा आक्रमण गर्नु अपमानजनक कार्य भएको बताउनुभयो । जनताद्धारा […]

दिवङ्गत आफन्तको संझनामा बेनीमा गाईजात्रा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३१ गते ।        सदरमुकाम बेनीका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बेनीबजारमा गाइजात्रा मनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा सामूहिक रुपमा गाइजा मनाइएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको जैनै पूर्णिमाको भोलीपल्ट गाईजात्रा निकाल्ने गरिन्छ । नागानागीनी गीत सहित गाई, कुमारी कन्या र प्रतिकात्मक रुपमा […]

दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र

विकल्प न्यूज/बेनी साउन ३१ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको मालिका गाउँपालिकाको दुखुबेसीमा रहने आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तिव्र पारेको हो । आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर […]

रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले  बतायो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]

वडाअध्यक्ष थापाप्रति गरिएको अमानविय व्यवहारको घोर भ्रत्र्सना

विकल्प न्यूज/बेनी साउन ३० गते । सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) को अराजनीतिक गतिविधिको घोर निन्दा एवम् भ्रत्र्सना गरिएको छ । विहिवार बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई अराजनीतिक व्यक्तिहरुले नियन्त्रणलाई लिई दुव्र्यवहार गरेको प्रति नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर निन्दा एवम् भ्रत्र्सना गरेको हो । जनताको मतद्धारा निर्वाचित भएर जनताको सेवामा खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय […]

बेनपा २ का वडा अध्यक्ष थापालाई कालोमोसो

म्याग्दी, साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनकारबाही गरेको जनाएको […]

आज रक्षाबन्धन : यस्तो छ जनै र रक्षासूत्रको महत्व

३० साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा […]

नेकपा (विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरी कारागार चलान (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।  सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरीलाई कारागार चलान गरिएको छ । उनीहरु विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै अदालतले कारागार चलान गर्न आदेश दिएको हो ।   बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेकको बहश पछि धरौटी वापतको रकम भुक्तानी गर्न अस्विकार […]

रवि लामिछानेकाे टर्चरले आत्महत्या गर्दैछु (भिडियाेसहित)

राती किन रुन्छन् बालबालिका ?

विकल्प न्यूज/बेनी साउन २९ गते ।  साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ । बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी खेप्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले नयाँ विभिन्न अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले […]

भकुण्डे देखि ज्यामरुककोत सम्म पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत पुग्न पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको तिन लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्टेट ढलान सहितको […]

बागलुङमा खुल्यो कपडा बैङ्क

विकल्प न्यूज/बेनी साउन २९ गते । गरिब, दुखी, असहाय, अपाङ्ग तथा सडक बालबालिकालाई सहयोग गर्ने उद्देश्यले बागलुङमा कपडा बैङ्कको स्थापना भएको छ । ओसो अमृतम मेडिटेसन बागलुङले बागलुङ नगरपालिका ३ को ज्ञानोदय बुद्ध विहार टोलमा बैङ्कको स्थापना गरि पुराना घरायसि सामान संकलन तथा वितरण कार्य सुरु गरेको हो । बैङ्कमा जो कोही नागरिकले आफ्ना पुराना […]

मंगला र रघुगंगामा सुत्र प्रणालीबाट वित्तिय कारोबार सुरु

विकल्प न्यूज/बेनी साउन २९ गते । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाले जिल्लामा पहिलोपटक स्थानीय तह संचित कोष व्यवस्थापन (सुत्र) प्रणालीबाट वित्तिय कारोबार गर्न थालेका छन् । स्थानीय तहमा वित्तिय अनुशासन कायम गर्न सुत्र प्रणाली लागू गरिएको हो । चालु आर्थिक वर्ष देखि महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहमा सुत्र प्रणाली लागू गर्न परिपत्र गरेअनुसार जिल्लाका […]