बागलुङमा खुल्यो कपडा बैङ्क

विकल्प न्यूज/बेनी
साउन २९ गते ।
गरिब, दुखी, असहाय, अपाङ्ग तथा सडक बालबालिकालाई सहयोग गर्ने उद्देश्यले बागलुङमा कपडा बैङ्कको स्थापना भएको छ ।
ओसो अमृतम मेडिटेसन बागलुङले बागलुङ नगरपालिका ३ को ज्ञानोदय बुद्ध विहार टोलमा बैङ्कको स्थापना गरि पुराना घरायसि सामान संकलन तथा वितरण कार्य सुरु गरेको हो ।

बैङ्कमा जो कोही नागरिकले आफ्ना पुराना कपडा तथा घरायसि समान निःशुल्क रूपमा उपलब्ध गराउन सक्ने र सङ्कलित कपडालाई बैंकमार्फत् गरिब तथा अपाङ्ग असाहायलाई निःशुल्क सहयोग गरिने ओसो अमृतम मेडिटेसनका सदस्य विष्णु कुँवरले बताउनुभयो ।
बैङ्कमा पुराना कपडा, ईलेक्ट्रा्निक तथा घरायसि सामान सङ्कलन गरेर गरिब तथा निमुखाहरूलाई वितरण गर्छौँ’, संस्थाका सदस्य कुँवरले भन्नुभयो “ हामीले यसरी बैङ्कमा सङ्कलन गरेर वितरण गर्न सकियो भने सामानको अभाब भएकाहरुलाई सहज हुनेछ ।

‘कयौँ मानिसले एक सरो कपडा समेत लगाउन पाएका छैनन्, उनीहरुलाई हाम्रो सानो प्रयासले सहयोग ग¥यौ भने ठुलो पुण्य हुन्छ । यसलाई हामीले हाम्रो मात्रै योगदान सम्झदैनौं ।
कपडा उपलब्ध गराउने सबैको योगदान रहन्छ’, कँुवरले भन्नुभयो । पुराना कपडा तथा अन्य घरायसि सामान सङ्कलन र वितरण पूर्णरुपमा निःशुल्क हुने संस्थाले जनाएको छ ।
बैङ्कमा जो कोही नागरिकले आफ्ना पुराना कपडा तथा घरायसि सामान निःशुल्क रूपमा उपलब्ध गराउन सक्नेछन् ।

नच्यातिएका र लगाउन मिल्ने लुगा अलि पुरानो भएपछि फोहोरमा लगेर फ्याँक्नभन्दा बैंकमार्फत् सहयोग गर्न संस्थाले आग्रह गरेको छ ।
कपडा बैङ्क कुनै बाह्य लगानीमा नभई निमुखाहरूको सहयोगका लागि सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार कपडा बैङ्कलाई निरन्तर सञ्चालन गरिने छ । साभार धौलागिरि एफएम डटकम