राष्ट्रिय समाचार
कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण भएको पुष्टि

विकल्प न्युज काठमाण्डौ,भदौ २० गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण […]
अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोज्दै जलजला

विकल्प न्यूज/बेनी भदौं १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्न थालेको छ । जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालेको हो । अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले […]
गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार (विज्ञापनसहित)

भदौ १७, २०७६ काठमाडौं : नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ। जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि […]
विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा छ ः पर्यटन मन्त्री लम्साल

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ १३ गते । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा भएको बताएका छन् । गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ पर्वतले शुक्रबार मिलनचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कला र संस्कृतिले धनी भएको बताएका हुन् । श्रीमद्भागवत महापुराण […]
बहुविवाह गर्नेले सरकारी जागिर नपाउने

काठमाडौं : बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, […]
कुश : वनस्पति एक, गुण र महत्त्व अनेक

विकल्प न्यूज/बेनी भदौं १३ गते । प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन कुशे औंसी पर्व मनाइन्छ । आजका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको आयुर्वेदिक तथा औषधीय महत्त्व पनि छ । व्राह्मणहरुद्वारा पूजा गरी […]
आज कुशे औँसी, पिताको आशीर्वाद लिइँदै

सरोज आचार्य/ यलु जोशी काठमाडौँ, भदौ १३ गते । ‘पितृदेवो भव’ अर्थात् पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा शुक्रबार छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ । दिवङ्गत पिताप्रति […]
दिउँसो टोक्ने लामखुट्टेबाट सर्तक हुन आग्रह

बिबिसी । लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही […]
६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म

सन्तोष गौतम/विकल्प न्यूज भदौं ११ गते । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ […]
समाजवादको सपना ः सार्वजनिक शिक्षाको हुर्मत

देवीप्रसाद शर्मा /विकल्प न्यूज भदौं ११ गते । ‘समाजवाद’ वर्तमान नेपालको जल्दोबल्दो नारा हो । जपना हो । राजनीतिधर्मीको । नयाँ व्यवस्थाका पक्षधरहरुको । प्रगतिवादीहरुको । वर्षौंअघिदेखिको एउटा व्यवस्था अन्त्य भएपश्चात् बनेको संविधानले नै समाजवादउन्मुख नेपालको परिकल्पना गरेदेखि यो नारा अब सीमित व्यक्तिको मात्र पनि रहेन । यो त नेपाली समाजको नारा बनिसक्यो । सबै […]
रवि लामिछाने धरौटीमा रिहा

विकल्प न्युज काठमाडौँ,भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस […]
बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन

विकल्प न्यूज/बेनी भदौं ९ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुन भित्र तारमण्डल प्रर्दशन गरिएको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले तारामण्डल अवलोकन गरेका थिए । विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली […]
अख्तियारको छानविनमा खेलकुद विकास समिति म्याग्दी

साधन राम्जाली /विकल्प न्यूज म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले […]
पर्वतको खुर्कोटमा पहिरो जाँदा एकजनाको मृत्यु

विकल्प न्यूज/पर्वत भदौं ५ गते । पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बृद्धको ज्यान गएको छ । गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । राती घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । […]
बेनीको न्यूरोडमा ढकमक्क फूल (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । बेनीको न्यूरोड स्थित विजुलीका पोलमा राखिएका गमलाहरुमा यतिखेर विभिन्न प्रजातीका फुलका विरुवाहरु हुर्किदै छन् । केहीमा भर्खर कोपिला फक्रिन थालेका छन् । कुनै ढकमक्क फुलिसकेका छन् । फुलले बजारलाई हराभरा बनाई सुन्दरता बढाउन विजुलीका पोलहरुमा गमला राखेर फुलका विरुवाहरु रोप्न थालिएको हो । बेनी नगरपालिका ८ को सहयोगमा युवाहरुले […]