ताजा समाचार:
Search

राष्ट्रिय समाचार

गुणस्तर सुधारसँगै अब्बल बन्दै बेनीको बालमन्दिर विद्यालय

ठाकुरप्रसाद आचार्य \म्याग्दी बैशाख २८ गते । समुदायमा जागरुकता, शिक्षक र अभिभावकको मेहनतले बेनीको एक सरकारी विद्यालयले मुहार फेरेको छ । प्रधानाध्यापक–शिक्षक टिम, व्यवस्थापन समिति–समुदाय, दाता अथवा अन्य सामाजिक व्यक्तिहरुको मेहनत र योगदानले बेनीको बालमन्दिर माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा अब्बल हुँदै जान थालेको छ । बेनी नगरपालिका ८ कालिपुल स्थित बालमन्दिर बेनीकै पुरानो मध्यको एक […]

बेनीमा ‘प्रथम म्याग्दी युवा कप’ प्रतियोगिताको तयारी

विकल्प न्यूज/बेनी बैशाख २३ गते । म्याग्दीमा सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी युवा कप’ भलिबल हुने भएको छ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १४ गतेदेखि हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० […]

जलजलाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न माग

विकल्प न्यूज/बेनी बैशाख २३ गते ।  पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न स्थानीयहरुले माग गरेका छन् । पछिल्लो समय आपराधिक घटनाहरुमा वृद्धि हुँदै गएको र माझफाँटवासीहरुले असुरक्षित महशुस गरेकाले सुरक्षाको वातावरण मिलाउन प्रहरी चौकी राख्नुपर्ने माग गरेका हुन । जलजला २ का वडाध्यक्ष प्रकाशबहादुर क्षेत्रीले सुरक्षा ब्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीलाई भेटेर अस्थायी […]

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी, वैशाख २२ गते ।  समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ । आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । जिल्ला समन्वय समिति म्याग्दीका […]

सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

बेनी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण अस्तव्यस्त भएपछि सडकमा […]

कृषकलाई सिचाई र बजारको चिन्ता

विकल्प न्युज / बेनी बेनी, २१ वैशाख । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन् । मुख्यमन्त्री तथा […]

मल्लाज दह दम्पती हत्या घटना : प्रहरीद्वारा आराेपी सार्वजनिक

विकल्प न्युज/ बेनी बैशाख २० गते । प्रहरीद्वारा पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपी लाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे लामाे अनुसन्धान पछि हत्यामा संलग्न दुई युवालाई  मंगलबार पक्राउ गरेकाे थियाे  […]

म्याग्दीमा ट्राफिक सप्ताह मनाउने तयारी

विकल्प न्यूज/बेनी बैशाख १९ गते । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि सप्ताह मनाउने तयारी […]

जलजलामा कक्षा ८ को नतिजा कमजोर

ठाकुरप्रसाद आचार्य /बेनी बैशाख १९ गते । विद्यालयको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य  र गाउँपालिकाका शिक्षा संयोजक एकिन्द्र खत्री । तस्विर ठाकुरप्रसाद आचार्य  म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैले कक्षा ८ को परीक्षा संचालन गरी उत्तरपुस्तिाका जाँच समेत गरेर नतिजा प्रकाशित गरेको […]

पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

विकल्प न्यूज/बेनी बैशाख १९ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेशसभाका प्रमु्ख डिल्लिराज भट्ट, […]

मापसे चेकिङमा म्याग्दीमा दुईसय सवारी चालक कारबाहीमा

ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख १९ गते । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले पछिल्लो तिनमहिना यता मापसे चेकिङलाई प्रभावकारी रुपमा संचालन गरेको छ । अभियानका क्रममा तीन महिनाको अवधिमा दुईसय भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । मादक प्रदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक कार्यालयले तीन महिना अघि देखि मापसे चेकिङलाई अभियानका रुपमा संचालन गर्दै […]

जलजलाको लामाखेत स्थित वनमा भिषण डढेलो

विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका केन्द्र रहेको लामाखेत नजिकैको धुलेको जंगलमा मंगलबार साँझ भिषण डढेलो लागेको छ । डढेलो लामाखेतको वस्ती नजिक आएको छ । भिषण डढेलो लागेकाले नियन्त्रणमा ल्याउन नसकिएको स्थानीयहरु बताउँछन् ।

मल्लाज दम्पती हत्या घटना ः अनुसन्धान अन्तिमचरणमा,चौविस घण्टा भित्र आरोपी सार्वजनिक गरिने

विकल्प न्यूज/बेनी बैशाख १८ गते ।  पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको दुईजना अभियुक्त पक्राउ परेका छन् । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ ।  पक्राउ पर्नेमा म्याग्दीका कृष्ण विक […]

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

वैशाख १७ गते । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका […]

म्याग्दीका लेकाली क्षेत्रमा ‘ढकायो’ टिप्ने चटारो

वैशाख १७ गते ।   म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रुपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ । जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् । रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेका […]