राष्ट्रिय समाचार
विद्यालय बन्द गरेर अन्नपूर्ण महोत्सव

कमल खत्री/ठाकुरप्रसाद आचार्य नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई एसईई […]
अन्नपूर्ण पर्यटन महोत्सवलाई बजेट २५ लाख – कृषकलाई रित्तो हात !

विकल्प न्यूज/नारच्याङ माघ १९ गते । महोत्सवमा २५ लाख खर्च गर्ने अन्नपूर्णले किसानलाई भने अपमानजनक व्यवहार गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि पदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले पदर्शनीको लागि सामाग्री […]
एमसीसीबारे सुझाव संकलन गर्न नेकपाले बनायो कार्यदल

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली […]
सुनजस्तै लसुन : दुई हप्तामा दोब्बरले मूल्य बढ्दा नयाँ रेकर्ड

१९ माघ, काठमाडौं । १५ दिनअघिसम्म कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । दिन-दिनै लसुन महंगिँदैछ । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ । अझ बजारमा खुद्रा मूल्य ६०० माथि पुग्न थालेको […]
सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने

बाजुरा, माघ १९ गते । जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रका जडान गरिएका […]
लभ्लीहिलमा फरफरायो पर्यटन वर्ष अंकित झण्डा (फोटो /भिडियो सहित)

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दी जेसिजले पर्यटन २०२० लाई सफल पार्नका लागि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिलमा पर्यटन वर्षको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डा राखेको छ । शाखा अध्यक्ष सुजन बरुवाल सहितको जेसिजका नवनिर्वाचित पदाधिकारीहरु शनिबार लभ्लीहिलमा पुगेर झण्डा राखेका हुन । बरुवाल निर्वाचित भएपछिको यो जेसिजको पहिलो कार्यक्रम हो […]
नारच्याङको माथिल्लो भेगमा अलपत्र परेका पर्यटकलाई हेलिकप्टरबाट सकुशल उद्धार गरियो

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई शनिबार सिम्रीक एयरको हेलकप्टरबाट सकुशल उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र परेका पर्यटकहरु अंकित शाह,अभिशेष महतो सर्लाई, सन्जित लामा दोलखा र सुमन भट्ट धनगडीलाई दुई दिनको प्रयास पछि सकुशल उद्धार […]
म्याग्दी जेसिजको पदस्थापना

विकल्प न्यूज/बेनी माघ १९ गते । म्याग्दी जेसिजको २१ औं शाखा अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको शनिबार पदस्थापना गरिएको छ । पहिलो पटक निर्वाचन मार्फत चयन भएका अध्यक्ष सुजन बरुवाल सहित जेसिज पदाधिकारीहरुको बेनीमा एक कार्यक्रमको आयोजना गरेर पुरानो समितिले नयाँ निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो । जेसिजको कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, हरि भण्डारी, कानुनी सल्लाकारमा विरेन्द्र […]
प्रौढ भलिबलको उपाधी राम्चेलाई

सुरेन गुरुङ /विकल्प न्यूज नारच्याङ, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित खेलकुद प्रतियोगिता र बेशीगाउमा अन्नपूर्ण युवा क्लवले निर्माण गरेको भवन तथा […]
खाेप्राबाट नारच्याङ आउदै गरेका चार पर्यटक विच बाटाेमा अलपत्र

बेनी, १७ (माघ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको […]
नमुना पशु फार्म स्थापनाका लागि म्याग्दी र मुस्ताङका ४५ फार्म छनौंट

विकल्प न्यूज/बेनी माघ १५ गते । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षका लागि म्याग्दी र मुस्ताङमा नमुना मोडल पशु फार्म स्थापनाका लागि ४५ वटा फार्मलाई छनौंट गरेको छ । पशुपंछी तथा मत्स्य विकासको नमुना मोडल फार्म सञ्चालन सम्बन्धी निर्देशिका अनुसार गठित मूल्याङ्कन समितिले उक्त फार्महरु छनौट गरेको हो । म्याग्दी र मुस्ताङका […]
चीनमा कोरोनासँग जुध्न एक हप्तामै हजार शैयाको अस्पताल !

काठमाडौं । आफ्ना सयभन्दा बढी नागरिकको ज्यान लिइसकेको कोरोना भाइरसको नियन्त्रणका लागि जारी पहललाई चीनले तीव्रता दिएको छ । विशेषतः सङ्क्रमण सुरु भएको वुहानमा उसले ध्यान केन्द्रित गरेको छ । यस क्रममा अन्तर्राष्ट्रिय सञ्चार माध्ययमा एउटा भिडियो सार्वजनिक भएको छ, जहाँ वुहानमा कोरोना भाइरस सङ्क्रमितका लागि एक अस्पताल बनाउँदै गरेको देखिन्छ । निर्माण सुरु […]
धरौटीमा छुटिन् आस्था राउत

१४ माघ, काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको बताए । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग […]
आस्था राउतलाई आजै रिहा गर्न नेकपा नेताहरुको दबाव

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् । नेकपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको बताएका छन् । उनीहरुले सरकारलाई बदनाम गराउने […]
सभामुख सापकोटा भन्छन् : एमसिसीमा हतारो छैन

माघ १३, २०७६ काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयलाई लिएर अहिले हतार गर्नु नपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको सभामुख पदको पदभार ग्रहण गर्दै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमसिसीको विषयमा हतार गर्नु नपर्ने बताएका हुन्। एमसिसीको विषयले यतिबेला सत्ताधारी दलका नेताहरू नै विभाजित भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र ओली निकटका […]