राष्ट्रिय समाचार
कालिगण्डकी शिलामा भगवानको नाम

जेठ ६ गते । कालि गण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदिका शिलाको नामाङ्कन सुरु गरिएको छ । आईतबार मोहिनी एकादशीको अवसर पारेर शालग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । “स्थानीय तहहरुले पवित्र नदी कालि गण्डकीमा रहेको शालिग्रामको चोरी निकासी र दोहन रोक्नुपर्ने हो,” अभियानकर्मी यज्ञ बहादुर थापाले भन्नुभयो, “स्थानीय तहका […]
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

(म्याग्दी), जेठ ६ गते । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने […]
जलजलामा शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक

पर्वत, जेठ ६ गते । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र […]
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

जेठ ६ गते । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो । सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले […]
मुस्ताङको एमाले अध्यक्षमा लालचन चयन

म्याग्दी, जेठ ६ गते । नेकपा एमाले मुस्ताङको आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दीपक लालचन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिवार जोमसोममा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको अधिवेशनको बन्द सत्रले लालचनको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक बिक र उपसचिवमा […]
बेनीको राउवडामा सडक ढलान भएपछि यात्रा सहज

विकल्प न्यूज/बेनी जेठ ४ गते । बेनी नगरपालिका ६ स्थित राउवडाको वस्ती जोड्ने सडक ढलान सहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ । बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा चोक–फोहोटे हुँदै ज्यामुनाखर्क जोड्ने सडक स्तरोन्नति योजना अन्तर्गत रावडामा सडक […]
जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी

विकल्प न्यूज/बेनी जेठ ४ गते । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा जनप्रिय माविकी रश्मि […]
भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते

विकल्प न्यूज\बेनी जेठ २ गते । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ । […]
म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासले म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो । छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै खोप सुनिश्चितताको […]
म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण

विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण गरिएको […]
मादल बजाउने सीप सिक्दै सिंगाका महिलाहरु

विकल्प न्यूज\बेनी बैशाख ३० गते । गाउँघरमा पछिल्लो समय मादल बजाउने सीप हराउन थालेपछि संरक्षणका लागि मादल बजाउने सीप सिकाउन थालिएको छ । बेनी नगरपालिकाले मादल बजाउने मौलिक कलाको संरक्षण गर्न महिलाहरुलाई मादल बजाउने तालिम दिन थालेको हो । गाउँघरमा मादल बजाउने सीप हराउदै जान थालेपछि बेनी नगरपालिका ४ सिंगाका महिलाहरुलाई मादल बजाउने तालिम दिन […]
जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिँदै

विकल्प न्यूज\बेनी बैशाख ३० गते । जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ । जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने उद्देश्यले जलजलाका विभिन्न वडामा रहेको खाली जमिनमा फलफूल खेती विस्तार गर्न थालिएको हो । मुख्यगरी सुन्तला र कागतीखेती विस्तार गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार जलजलामा […]
यातायात सञ्जालसँग जोडियो मालिकाको निस्कोट

म्याग्दी, वैशाख ३० गते । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि […]
रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा सम्पन्न

ध्रुवसागर शर्मा \दरबाङ वैशाख ३० गते । नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्र सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा रेडक्रस अभियानले अनवरत सेवा प्रदान गर्दै आएको बताउनुभयो । […]
रघुगंगाको ज्ञानोदय माविमा मतदानबाट क्याप्टेन चयन

विकल्प न्यूज\बेनी बैशाख २८ गते । यहाँको एक विद्यालयमा मतदानबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियाबाट विद्यार्थीहरुको नेतृत्व चयन गरिएको हो । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबीच सहमति नभएपछि मतदान प्रकृया मार्फत चयन गरिएको विद्यालयले जनाएको छ । शुक्रवार […]