ताजा समाचार:
Search

राष्ट्रिय समाचार

मलिकाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनः भिम माविलाई

विकल्प न्यूज/बेनी माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि गत बर्ष भएको प्रथम राष्ट्रपति […]

प्रेमको महाउत्सव

देवी सापकोटा /काठमाण्डौं  माघ २५ गते । वारि गाउँको कान्छाकी छोरीले पारि गाउँको काइँलाको छोरासँग मन मिलाउँछे रे आजकल । यस्ता भनाइले गाउँघरका प्रेम गर्ने जोडीलाई आफ्नो प्रेम दर्शाउन कि त घाँसपात गर्न जानुपर्छ कि त गाइगोठालो । यही कारण दुई प्रेमी समाजमा खुलेर आफ्नो प्रेमभाव दर्शाउन सक्दैनन् । ठीक यसको विपरीत छ, सहरी समाजको […]

भुरुङ–तातोपानीमा टेलिटिचिङ प्रविधिबाट पठनपाठन सञ्चालन

म्याग्दी, माघ 25 गते ।   अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा टेलीटिचिङ  प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एकएक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाले पढाउने गर्नुभएको छ । अध्ययनका लागि त्यहाँ पुगेका उहाँले भाषा र संस्कृतिको बारेमा […]

बेनीमा लायन्सको तेस्रो क्याविनेट वैठक सुरु

विकल्प न्यूज/ बेनी माघ २४ गते ।लायन्स क्लवस् अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक शुक्रवार देखि बेनी बजारमा सुरु भएको छ । वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठकमा डिस्ट्रक्ट अन्तर्गतका झन्डै चार सय क्लबका १२ सय भन्दा […]

चीनमा रहेका छोराछोरी नेपाल ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ

२३ माघ, काठमाडौं । चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् । मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका […]

बेनी अस्पतालमा लायन्सको १७ लाख बराबरको उपकरण सहयोग

विकल्प न्यूज/बेनी माघ २४ गते । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि वान नेपालले बेनी अस्पतालमा करिब १७ लाख रुपैयाँ बराबरको नवजात शिशुको उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरु सहयोग गरेको छ । म्याग्दीमा रहेका लायन्स क्लबहरुको पहलमा अस्पताललाई उक्त उपकरणहरु सहयोग भएको लायन्स क्लबको डेपुटी चिप एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो । शुक्रबार डिष्ट्रिक […]

तपस्वी बमजनलाई खोज्दै सिन्धुलीको आश्रममा पुग्यो प्रहरी

२४ माघ, सिन्धुली । आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जंगलको बीचमा रहेको बमजनको आश्रममा आएको बताए । खत्रीले भने, ‘हामीहरु आश्रममा आएका छौं, तर उनलाई (बमजन)लाई फेला पारेका छैनौं ।’ […]

रूमबाट जन्ति लिएर गएकाे ट्याक्टर तमानखाेलामा दुर्घटना

विकल्प न्युज / बेनि माघ २३ गते । जिल्लाको तमानखोलामा बिहिवार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला वडा नम्बर ३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको […]

मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू

विकल्प न्युज / बेनी म्याग्दी २२ माघ । म्याग्दीको मालिका गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको गाउँपालिकाको केन्द्र दरबाङमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको […]

म्याग्दी क्याम्पसले मनायो खुसियाली (फोटो सहित)

विकल्प न्यूज/बेनी माघ २१ गते । विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो । क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको खुसियालीमा म्याग्दी जिल्लास्थित […]

ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

माघ २०, २०७६ काठमाडौँ  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ । अर्न्तराष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो । ‘एलपी ग्यासको औसत खरिद मूल्य बढेको छ। स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्दा प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्ने देखिन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ […]

आफू बन्नलाई कि देश बनाउनलाई हो राजनीतिक पद !

शान्ति बस्नेत/विकल्प न्यूज माघ २० गते । राजनीति किन आवश्यक भन्ने वितिकै नेताकै भाषा प्रयोग गर्दा “देश बनाउन देश बचाउन भन्ने हरेक नेताहरुको मुखमा झुन्डिएको छ“ यति मात्रै हैन नेताको थेगो भन्दा पनि फरक पर्दैन है । हाम्रो शरीर स्वस्थ्य र सुन्दर बनाउन विभिन्न भिटामिनको महत्वपूर्ण भुमिका रहे जस्तै हाम्रो देशलाई सुखी र समृद्ध बनाउन […]

प्याराग्लाइडिङ वर्ल्ड कप पोखरामा

कास्की, माघ २० गते । प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ आँै सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया, […]

तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै

पोखरा, माघ २० गते । प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् । सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य अवलोकन गरेका उनीहरु दिउँसो यहाँका मठमन्दिर, तालतलैया, गुफा, झरना, सङ्ग्रहालयलगायत […]

दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तयारी

विकल्प न्यूज/बेनी माघ २० गते । मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तयारी थालेको छ । माघ २२ गतेदेखी हुने विद्यालयलय स्तरीय खेलकुद प्रतियोगिताको तयारी थालेको हो । प्रतियोगिता दरवाङ स्थितजनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्रका निजि र सामुदायिक गरि ११ विद्यालयहरुले सहभागिता जनाउने गाउँपालिकाका […]