विकल्प न्यूज/बेनी
माघ २० गते ।
मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तयारी थालेको छ । माघ २२ गतेदेखी हुने विद्यालयलय स्तरीय खेलकुद प्रतियोगिताको तयारी थालेको हो । प्रतियोगिता दरवाङ स्थितजनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्रका निजि र सामुदायिक गरि ११ विद्यालयहरुले सहभागिता जनाउने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।
उहाँका अनुुसार प्रतियोगिता संचालनका लागि विभिन्न समिति उपसमिती गठन गरिएको छ । विद्यार्थीमा रहेको खेल प्रतिभाको उजागर तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष रोका मगरले बताउनुभयो ।प्रतियोगितामा कवड्डी महिला पुरुष ,भलिबल महिला पुरुष तथा एथलेटिक्स अन्तर्गत विभिन्न विधाका खेलहरु हुनेछन ।