राष्ट्रिय समाचार
ज्वरो, रुघाखोकी लागेकाले जहाजमा यात्रा गर्न नपाउने
फागुन २०, २०७६ काठमाडौं : चीनबाट फैलिएको कोभिड-१९ (कोरोना भाइरस) ले विश्वभर महामारीको रुप लिइरहेको छ। उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना दक्षिणी छिमेकी भारतमा पनि पुगेको अवस्थामा नेपालमा सतर्कता बढाइएको छ। सरकारले अत्यावश्यक कामबाहेक भ्रमणमा ननिस्कन आग्रह गरेका बेला निजी क्षेत्रले पनि निगरानी बढाउन थालेका छन्। वायुसेवा सञ्चालक संघले हवाई यात्राका क्रममा विशेष सजगता अपनाउन […]
अर्थमन्त्री खतिवडाले राजीनामा दिने, पुन:नियुक्त गरिँदै
फागुन २०, २०७६ काठमाडौं : अर्थमन्त्री डा .युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिने भएका छन्। राष्ट्रियसभामा उनको दुई कार्यकाल मंगलबारै सकिएपछि राजीनामा दिन लागेका हुन्। गोलाप्रथाका क्रममा खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यले २ वर्षे कार्यकालको चिट्ठा उठाएका थिए। तीमध्ये एक थिए खतिवडा। उनीसँगै आजदेखि १९ सदस्यको कार्यकाल सकिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिदाइ गरेका […]
प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै छिन्नमस्तामा धार्मिक अनुष्ठान
२० फागुन, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पीठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो । नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप […]
टेकुमा भर्ना भएका चारैजनामा कोरोना नभएको पुष्टि
काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो । परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले केही […]
कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा
२० फागुन, मनाङ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ । लमजुङ बेँसीशहर हँुदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने […]
वन्यजन्तु बन्न सक्छन् समृद्धिको आधार
चाँदनी हमाल/ काठमाण्डौं फागुन १८ गते । चितवन राष्ट्रिय निकुञ्जमा चरनका लागि ढुल्दै गरेका गैडा । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी काठमाडौँ, फागुन १८ गते । नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ । प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक आउँथे । अचेल […]
बेनीमा दूध प्रसोधन उद्योग सञ्चालनमाः कृषकमा खुशियाली
विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको बेनीमा दूध प्रसोधन उद्योग सञ्चालनमा आएको छ । धौलागिरि डेरी उद्योगले औपचारिक क्षेत्रमा उत्पादन हुने दूधलाई संकलन गरी दूध कम उत्पादन हुने स्थानमा पठाउनका लागि दूध प्रसोधन उद्योग सञ्चालनमा ल्याएको हो । दूध प्रसोधन उद्योग सञ्चालनमा आएपछि उपभोक्ताले अब स्वच्छ र गुणस्तरीय दूध उपभोग गर्न पाउनुका साथै खपत नभएको […]
बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग
विकल्प न्यूज/बेनी फागुन १६ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार विभिन्न संघ संस्थालाई चार लाख तीस हजार भन्दा बढी सहयोग गर्नुभएको छ । बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई रु। दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र […]
करोडकी दानवीर निरलाको निधनले क्याम्पस स्तब्ध
फागुन १६ गते २०७६ जोमसोम– मुस्ताङमा एक मात्र क्याम्पस छ ,त्यो हो सदरमुकाम जोमसोममा अवस्थित तेजनिरला जनहित बहुमुखी क्याम्पस । जिल्लाका धेरै गरिव र विपन्न जनताका छोराछोरीलाई उच्चशिक्षाका लागि भोग्दै आएको आर्थिक समस्य र दुःखलाई सम्वोधन गर्दै मुस्ताङी एक बृद्ध बुढी आमाले एक करोड बढी क्याम्पस स्थापनाका लागि दान गरिन् । उनकै सहयोगले अहिले जिल्लामा […]
सचिवालय निर्णय कार्यान्वयन नभए प्रधानमन्त्री हटाउनेसम्मको तयारी !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरसङ्घर्ष चुलिएको छ । बुधबार बसेको पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बाधक बने हटाउनेसम्मको तयारी भएको खुलासा भएको छ । स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम शुक्रबार बिहान खुमलटारमा बैठक बसेका थिए । त्यसलगत्तै […]
सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड
१६ फागुन, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’ उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको […]
ब्राजिलसम्म पुग्यो कोरोनाभाइरस, प्रभावित हुने देशको सङ्ख्या ४४
काठमाडौं फागुन १५, २०७६ चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।आधिकारिकरुपमा कोभिड–१९ नाम दिइएको यस रोगले हालसम्म २७ सयभन्दा बढीको ज्यान लिइसकेको छ भने ४४ देशहरुमा ८१ हजारभन्दा […]
मूर्तिकलामा रमाएको छ गलकोट
काठमाडौं : बागलुङको सुन्दर पहाडी इलाका गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको छ। ‘गलकोट कला प्रतिष्ठान बागलुङ’ले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला र प्रदर्शनी आयोजना गरेको हो। कार्यशालामा अन्तर्राष्ट्रियस्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरूले कार्यशाला स्थलमै बसेर मूर्तिहरू सिर्जना गरेका छन्। कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन्। यस्तै जुनीचिरो […]
न दुलाहा आए, न जन्ती
विकल्प न्यूज/बेनी फागुन १५ गते । बानेश्वर एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा रहेका आफ्ना जिल्लावासी […]
भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुईजना पक्राउ
विकल्प न्यूज/बेनी फागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ(चरेश) सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ का हेमु ज्वारचन र ट्रेकर किराना पसल संचालन गरि बस्ने […]