राष्ट्रिय समाचार
बेनीमा १० बेडको कोरोना विशेष अस्थायी अस्पताल बनाउन सुरु
विकल्प न्यूज/बेनी चैत ७ गते । कोरोना भाइरस संक्रमितका लागि बेनीमा १० बेड क्षमताको अस्थायी अस्पताल बनाइन सुरु गरिएको छ । शुक्रबार बेनीमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । अस्पताल शनिबार बेलुका सम्म तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बेनी नगरपालिका,नेपाली सेना, […]
बर्षाका कारण माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको पर्खाल भत्कीयो
विकल्प न्यूज/बेनी चैत ७ गते । शुक्रबार दिउसो परेको भिषण बर्षाका कारण बेनीको महारानीथान स्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको पर्खाल भत्किएको छ । पर्खाल भत्कीएपछि बेनी देखि अर्थुङ्गे,पाखापानी र पुलाचौर जाने यातायात बन्द भएको छ । विद्यालयले लगाएको करिब १५ मिटर पर्खाल भत्कीएको सञ्चालक राजेश शाक्यले बताउनुभयो ।
बेनीमा खुल्यो छतमै स्विमिङ पुल भएको सुविधासम्पन्न होटल (भिडियो )
विकल्प न्यूज/बेनी चैत ७ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा पहिलो पटक घरको छतमै स्विमिङ पुलसहितको सुविधासम्पन्न होटल खुलेको छ । बेनीको शिक्षा मार्गमा रहेको नयाँ घरमा कोरला होटल एण्ड रेष्टुरेण्टले नयाँ व्यवस्थापन सहितको होटल सञ्चालनको तयारी गरेको हो । होटलका सञ्चालक कृष्णबहादुर मल्लले आउँदो सोमबार होटलको ओपनिङ गरिने जानकारी दिनुभयो । होटलमा ग्राहकहरुले स्विमिङ पुलको मज्जा […]
देशभरका सबै अदालत दुई साता बन्द
७ चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य […]
आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने
७ चैत, काठमाडौं । आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको छ । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ । नेपालमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन […]
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार […]
कोरोनका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमा भन्दा धेरै मृतक इटालीमा
चैत ७, २०७६ विश्वभर कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। विभिन्न देशमा १ हजार ८० जनाको मृत्यु भएपछि मृतकको संख्या १० हजार ३१ पुगेको छ। तिब्र गतिमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटलीमा धेरै पुगेको छ। इटलीमा हिजो एकै दिन […]
काठमाडौं छाड्नेको लर्को, टिकटमा कालोबजारी
७ चैत, काठमाडौं । कोरोना संक्रमणको सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड छ । बालबालिकाको परीक्षा सकिएसँगै कोरोना भाइरसको त्रासका कारण गाउँ फर्किन लागेकाहरुलाई टिकट नपाएर हैरानी भएको छ । टिकट कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा […]
दग्नाम जिप दुर्घटनामा ९ घाइते दुई गम्भिर घाइतेलाई हेलीकप्टर मार्फत पोखरा पठाइयो
विकल्प न्यूज/बेनी चैत ७ गते । शुक्रबार विहान रघुगंगा गाउँपालिका ४ दग्नामबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बेनी आउँदै गरेको जिप दग्नामको कान्छी गाउँमा विहान साढेसात बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुक माया गर्बुजा,भदेवी गर्बुजा,हमाया पुन […]
दग्नाममा जिप दुर्घटना
विकल्प न्यूज/बेनी चैत ७ गते । रघुगंगा गाउँपालिका ४ दग्नामबाट बेनी आउँदै गरेको जिप दुर्घटनामा परेको छ । शुक्रबार विहान साढे सातबजे दग्नाम देखि यात्रु लिएर आएको ग २ च ५९८८ नम्बरको जिप दग्नामको कान्छी गाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी अहिले बेनी अस्पतालमा ल्याइएको जिल्ला […]
लोक सेवा आयोगको लिखित परीक्षा स्थगित, अन्तर्वार्ता नरोकिने
६ चैत, काठमाडौं । लोक सेवा आयोगले यही चैत ८ गतेदेखि चैत मसान्तसम्मका सबै लिखित परीक्षाहरु स्थगित गरेको छ । यसबीचमा हुने अन्तर्वार्ता परीक्षा भने नरोक्ने आयोगले जनाएको छ । आयोगको बिहीबार बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्मका पूर्वनिर्धारित लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेसँगै बिभिन्न पदका ५० हजारभन्दा बढी परीक्षार्थीहरु प्रभावित भएका छन् । लोक […]
उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित
६ चैत, काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले […]
खुसीको खबर ः बेनी अस्पतालमा डायलाइसिस सेवा सुरु हुँदै
विकल्प न्यूज/बेनी चैत ६ गते । उपकरणहरु जडान गरी परिक्षण पश्चात म्याग्दीमा पहिलो पटक मिर्गौला रोगीहरुले आफ्नै जिल्लामा डायलाइसिस सेवा पाउने भएका छन् । सेवा सञ्चालन सँगै डायलाइसिस सेवा लिनका लागि धेरै पैसा खर्चिएर जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सेवा सञ्चालनका लागि ४ […]
कोरोनाको त्रास सँगै उपत्यकाबाट बाहिरिने क्रम बढ्यो
विकल्प न्यूज/काठमाण्डौं चैत ६ गते । फाइल तस्विर पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ। नयाँ […]
शुक्रबारदेखि अस्ट्रेलिया प्रवेशमा रोक
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका छन् । केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए । शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया झन्डै ‘लक् डाउन’ […]