राष्ट्रिय समाचार

५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिनू : डब्ल्यूएचओ

भदौ ७, २०७७ काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ।  यसैगरी १२ वर्षमाथिका बालबालिकाहरूलाई […]

आइतबारको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको जनाएको छ । महाशाखाले न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा र बाकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा […]

संक्रिय कोरोनामुक्त जिल्ला म्याग्दीलाई सुरक्षित बनाउन चुनौती

विकल्प न्यूज/बेनी भदौं ७ गते । आजको मिति सम्म म्याग्दी संक्रिय कोरोनामुक्त छ । विदेशबाट फर्किएका वाहेक कसैमा पनि कोरोना संक्रमण भएको छैन । व्यवस्थित क्वरेन्टाइन सञ्चालन,आइसोलेशन र जिल्ला प्रवेश गर्न कडाई गरिएका कारण समुदायमा कोरोना फैलिन नपाएको हो । कोरोना फैलिन नदिन जिल्ला कोराना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिकाका कारण पनि […]

पर्वतको धौलागिरी गेटमा सुरक्षा चेकपोष्ट स्थापना

विकल्प न्यूज/बेनी भदौं ७ गते । पोखरा र बागलुङमा समुदायस्तरमा कोरोना फैलिएपछि पर्वत प्रवेशमा कडाई गर्न थालिएको छ । पर्वत प्रवेश गर्ने नयाँ पुल स्थित प्रबेश गर्ने मुख्य नाका धौलागिरी गेटमा सुरक्षापोष्ट राखेर चेकजाँचलाई कडा बनाइएको हो । पर्वतसँग सीधा सवारी आवतजावत हुने जिल्लाबाट प्रबेश गर्ने अत्यावश्यक बाहेक सबै सवारी साधनलाई गेटमै रोक्ने गरि चेकपोष्ट स्थापना […]

कस्तो विडम्बना ! भेन्टिलेटरको खोजीमा अस्पताल डुलाउँदा डुलाउँदै विरामीको मृत्यु

६ भदौ, विराटनगर ।  सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए । ‘धरानमा […]

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु

विकल्प न्यूज/काठमाण्डौं भदौं ५ गते । समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान लिएको छ । अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एकमहिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ । त्यसरी मृत्यु हुनेमा काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र […]

आहा कालिज पालन ! भिडियोमा हेर्नुहोस हरियाली ग्रुपको कालिज पालन

विकल्प न्यूज/बेनी भदौं ४ गते ।म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपले व्यवसायिक रुपमा कालिज पाल्न थालेको छ । करिब पचास लाख लगानी गरेर १० रोपनी क्षेत्रफलमा व्यवस्थित खोर बनाई कालिज पाल्न थालेको हो । हरियालीको यो नयाँ उत्पादन हो । नयाँ उत्पादनले राम्रो बजार लिने सक्ने सञ्चालकहरुले विश्वास गरेका छन् । हरियाली ग्रुपले […]

प्रजिअ स्वागत थाप्दै हिड्ने,कालिपुलमा सर्वसाधरणलाई सास्ती दिने !

विकल्प न्यूज/बेनी भदौं ३ गते । हालै मात्र काठमाण्डौंबाट सरुवा भएर म्याग्दी आउनुभएका प्रमुख जिल्ला अधिकारीलाई यतिखेर विभिन्न संघसंस्थाहरुको स्वागत थाप्न भ्याईनभ्याई छ । स्वागतका लागि कहिले प्रजिअ कार्यालयमा त कहिले संघसंस्थाको कार्यालयमा नवआगन्तुक प्रजिअलाई स्वागत गर्नेहरुको ठूलै भिड देखिन्छ । कोरोनाको महामारी सुरु भएको काठमाण्डौंबाट आउनुभएका प्रजिअ होम क्वारेन्टाइनमा वस्नुपर्ने कि नपर्ने सर्वसाधरणहरुले यतिखेर प्रश्न […]

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प / बेनी थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा […]

भारतमा पछिल्लाे २४ घण्टामा काेरोनाबाट १०९२ जनाको मृत्यु

३ भदौ, काठमाडौैं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख ६७ हजार २७४ पुगेको […]

कोरोना संक्रमणका कारण मंगलबार ७ जनाको मृत्यु

२ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु भएको छ । काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १/१ जनाको मृत्यु भएको हो । काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । […]

बेनीमा सम्पन्न सर्वपक्षिय वैठकका यस्ता छन् ७ निर्णयहरु (भिडियो)

विकल्प न्यूज/बेनी भदौं २ गते ।  नव आगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अगुवाईमा बेनीमा मंगलबार सर्वपक्षिय वैठक सम्पन्न भएको छ । प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा, संविधानसभा सदस्य रेशम बानियाँ ,प्रदेश सांसद विनोद केसी, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु र स्थानीय तहका प्रमुख लगायत सरोकारवाला निकायहरुको संयु्क्त […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले  जानकारी दिए। शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार […]

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ […]

राष्ट्रिय झन्डा जलाएको आरोपमा एक पक्राउ

२ भदाै, काठमाडौं ।‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो । अपराध महाशाखाका एसएसपी दिपक थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा […]