भारतमा पछिल्लाे २४ घण्टामा काेरोनाबाट १०९२ जनाको मृत्यु

३ भदौ, काठमाडौैं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार ९२ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख ६७ हजार २७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६४ हजार ५३१ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका २० लाख ३७ हजार ८७१ संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् ।

कोरोना भाइरसका संक्रमित संख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो भने दोस्रो स्थानमा ब्राजिल छ । onlinekhabar बाट