Breaking News
चासोका साथ हेरिएको बेनी नगर कार्यपालिकाको पहिलो वैठक कहिले ?
विकल्प न्यूज/बेनी जेठ १९ गते । जिल्लाको एकमात्र बेनी नगरमा कार्यपालिकाको पहिलो वैठक कहिले होला भन्ने आम नगरवासीको चासो छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुको पहिलो वैठकले के कस्ता निर्णयहरु गर्ला भनेर स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुले चासोका साथ हेरेका छन् । नगर कार्यपालिकाको पहिलो वैठक यही जेठ […]
मालिकामा विषयगत समिति गठनमा काँग्रेस र माओवादीबीच विवाद
विकल्प न्यूज/बेनी जेठ १९ गते । मालिका गाउँपालिकाको पहिलो गाउँसभामा विवाद उत्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र दरबाङमा बसेको गाउँसभामा जनप्रतिनिधिकाहरुकाबीच विवाद उत्पन्न भएपछि गाउँसभा स्थगित हुनपुगेको छ । पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विभिन्न विषयगत समितिहरुको गठनको प्रस्ताव पेश गरेपछि काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादीका जनप्रतिनिधिहरुकाबीच आपसी विवाद हुँदा गाउँसभा स्थगित हुन पुगेको हो […]
शैक्षिक समस्या बुझ्न र सुझाव लिन जलजलाका अध्यक्ष विद्यालयमा
विकल्प न्यूज\जलजला जेठ १९ गते । पर्वतको जलजला गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको समस्या बुझ्न र सुधारका लागि सुझाव संकलन गर्न पालिका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय अनुगमन थाल्नुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष आचार्य सहित जनप्रतिनिधिहरुको टोलीले पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि अनुगमन गरी सुझाव संकलन थाल्नुभएको हो । सामुदायिक विद्यालयको भौतिक […]
धवलागिरी गाउँपालिकाले आफ्नै खर्चमा डाक्टर र ईञ्जिनियर पढाउने
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको शैक्षिक जनशक्ती उत्पादनमा प्राथमिकता दिने गरी विभिन्न योजना अन्तरगत उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाको लगानीमा पढाउने निर्णय गरेको हो । अध्यक्ष […]
धवलागिरीमा आइतबार कुनैपनि कार्यालय बन्द नहुने
विकल्प न्युज/ बेनी जेठ १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु हुने गरी […]
अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया पुन विष्णुकुमारी गर्बुजा […]
तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
विकल्प न्यूज/बेनी जेठ १५ गते । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । ‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले भने, ‘त्यहाँसम्म […]
धवलागिरीकाे कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
विकल्प न्युज/ बेनी जेठ १५ गते । धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजबादीका एक जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेदवार देउप्रसाद छन्त्याल पुनले २०/२० मत […]
बेनी नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी
विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली काँग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान […]
लेतेमाथिको पहाडमा ठूलो आवाज आयो, प्रहरी भन्छ- थप जानकारी लिँदैछौं
काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त […]
तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित
१५ जेठ, काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । तारा एयरको उक्त जहाज […]
हराएको विमानमा १६ नेपाली र ६ विदेशी
१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ । ९ एन-एईटी कलसाइनको […]
तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का
काठमाडौं, जेठ १५ गते । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्कियो छ । दुई विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको छ । आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीएको […]
मालिकाकाे कार्यपालिका निर्वाचनमा गठबन्धन ताेड्दै माओवादी फ्लाेर क्रस
विकल्प न्युज/बेनी जेठ १२ गते । मालिकाकाे कार्यपालिका निर्वाचनमा माओवादीले गठबन्धन ताेड्दै एमालेलाई सहयाेग गरेकाे छ । आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लाेर क्रस गरेर एमालेलाई जिताएका छन ।
रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता
विकल्प न्यूज/बेनी जेठ ११ गते । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका […]