Breaking News

थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु […]

मौवाफाँट स्थित ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

विकल्प न्यूज\बेनी पुस ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । शिक्षक र विद्यार्थी गरेर १२ जना संक्रमित भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो […]

म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी पुस ३० गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर प्रविधिबाट १ र एन्टिजेन परिक्षणबाट ४ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । यो सँगै म्याग्दीमा कोरोनाका सक्रिय केस १७ पुगेको छ । पछिल्ला केही […]

गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

 विकल्प न्यूज \पोखरा पुस ३० गते ।   गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा १८६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १५२ र एन्टिजिन परीक्षणबाट ३४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च […]

म्याग्दीमा कोरोना संक्रमण उकालो लाग्न थाल्यो

विकल्प न्यूज­/बेनी पुस २७ गते । केही महिना सम्म शुन्य संक्रमण भएको म्याग्दीमा फेरी कोरोना संक्रमण उकालो लाग्न थालेको छ । मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा ११ जना संक्रिय संक्रमित छन् । संक्रमित थपिए पनि अझै सम्म अस्पतालमा भर्ना गर्नुपर्ने विरामी भने छैनन् । संक्रमितको स्वास्थ्य अवस्था […]

म्याग्दीमा स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गर्दै शैक्षिक संस्था खुल्ला गरिने

विकल्प न्यूज/बेनी पुस २७ गते । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना […]

नेकपा एमाले म्याग्दीको अध्यक्षमा केसी निर्वाचित

विकल्प न्युज/ बेनी पुस २५ गते । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत रूपमा चयन हुनुभएको छ । यसैगरि उपाध्यक्ष -वालकृष्ण सुवेदी,सचिव – सुरत के सि,उप सचिव – थमसरा पुन र उप सचिव – राजकुमार थापा चयन हुनुभएको छ । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषको विशेष अधिवेशन सम्पन्न

विकल्प न्यूज/बेनी पुस २४ गते ।  गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको रकम एकीकृत गरेर भरपर्दो र प्रभावकारी हुने संस्थामा राख्न कोषका प्रमुख संरक्षक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभएको छ । कोषको ७ औं विशेष अधिवेशन एवम् १६ औं कार्यकारी सभामा कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रजिअ रानाले कोषमा रहेको मौज्दात रकम […]

नेकपा एमाले म्याग्दीको नवौं अधिवेशन सुरू

विकल्प न्युज/ बेनी पुस २३ गते । नेकपा एमाले म्याग्दीको नवौँ अधिवेशन सुरु भएको छ । जिसस सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित प्रतिनिधि र कार्यकताहरुले बेनी बजारमा ¥याली गरेका छन् । नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा ५१० जना प्रतिनिधि सहभागि भएका छन् ।

नेकपा एमाले पर्वतकाे नवौं अधिवेशन सुरू

विकल्प न्युज/ कुश्मा पुस २३ गते । नेकपा एमाले पर्वतकाे नवौ अधिवेशन कुश्मामा सुरू भएको छ । अधिवेशनकाे उद्घाटन पार्टि अध्यक्ष केपी शर्मा अाेलीले भर्चुल माध्यमबाट गर्नुभयाे । अधिवेशनमा करिव ४५० जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कल्पना चापागाई, सह ईन्चार्ज सांसद पदम गिरि लगायत प्रदेशका नेताहरूले अधिवेशनमा सम्वाेधन […]

नेकपा एमाले म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा

विकल्प न्यूज/म्याग्दी पुस २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पौष २३ गते ( भोली ) देखि सुरु हुने नवौँ जिल्ला अधिवेशनमा ५१० जना प्रतिनिधि छनौट भएका छन । अधिवेशनको पुर्व सन्ध्यामा बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला भरबाट ५१० जना प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो । प्रतिनिधिहरु […]

एमाले पर्वतको अधिवेशन नजिकिए सँगै कुश्मामा राजनीतिक माहोल बढ्यो

विकल्प न्यूज/पर्वत पुस २० गते । यहि पुस २३ गते हुने नेपाल कम्युनिष्ट पार्टीे (एमाले) पर्वतको नवौं जिल्ला अधिवेशनको मिति नजिकिदैं जाँदा सदरमुकाम कुश्मामा राजनीतिक माहोल तातेको छ । एमालेको आगमी जिल्ला नेतृत्वका वारेमा कुश्माका चियापसल र चोकहरुमा बहश हुनथालेको छ । पार्टी कार्यालयमा नेता र कार्यकर्ताहरुको आगमन बढेको छ । जिल्ला कमिटिको पदाधिकारी र […]

एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र

विकल्प न्यूज/बेनी पुस २० गते ।   यही पुस २३ गते हुने नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ । अधिवेशन सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी तिव्र पारिएको हो । एमालेको पुस २३ गते सवै जिल्लाहरुमा एकसाथ अधिवेशन हुँदैन छ । अधिवेशनबाट आगमी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछन्  । […]

म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति चयन

विकल्प न्युज / बेनी पुस १९ गते । म्याग्दी बहुमुखी क्याम्पसकाे संचालक समितिकाे अध्यक्ष साेमनाथ ढुङ्गाना चयन हुनुभएको छ । साेमबार सम्पन्न ३१ अौ वार्षिकोत्सब, २० अौ क्याम्पस सभा तथा ११ अौ अधिवेशनले ढुङ्गानाकाे अध्यक्षतामा १२ सदस्यीय संचालक समिति  सर्वसम्मत रूपमा चयन गरेकाे हाे । यसैगरी समितिकाे उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ(दिपु) , काेषाध्यक्ष राजकुमार थापा चयन […]

तस्विरमा हेर्नुहोस म्याग्दी बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशन

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको आइतबार २० औं क्याम्पस सभा तथा ११ औं अधिवशेनको उदघाटन सत्र सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले सभाको उदघाटन गर्नुभएको हो । सभाको उदघाटन गर्नुहुँदै सांसाद थापाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्नुभएको छ । उहाँले सवैको सामुहिक […]