Breaking News
एसईई पास भएपछि आमाहरुको मुहारमा खुसियाली
ठाकुरप्रसाद आचार्य /बेनी साउन १२ गते । बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएका तिनजना आमाहरुले यसपाली एसईई पास गर्नुभयो । ६२ वर्षीय रेणुमल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो । बुढेसकालमा भएपनि एसईई पास भएकोमा उहाँ निकै खुसी देखिनुहुन्थ्यो । उमेरमा पढ्ने धोका पुरा भएन उहाँले खुसी […]
नेविसंघले माग्याे गण्डकीका मुख्यमन्त्रीको राजीनामा
पोखरा। नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीका मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेश सरकारको विरोध प्रदर्शन गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै उनीहरुले बुधबार प्रदर्शन गरेका हुन् । आर्थिक वर्ष २०७९/८० देखि अत्यधिक बढाइएको सवारी कर र जरिवानाको विरोध गर्दै नेविसंघ विरोधमा उत्रेको हो। साउनदेखि लागू हुने गरि सवारी साधनमा […]
एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं, साउन ११ गते। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत […]
म्याग्दीको गुर्जामा धूम्रपान सेवन गर्न प्रतिबन्ध
१० साउन, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी […]
स्थानीयले अख्तियारमा उजुरी गरेपछि पुल निर्माण रोकियो
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ७ गते । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ वरंजालाई जोड्न म्याग्दी खोलामा निर्माणधिन पक्की पुल । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई […]
कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी
बागलुङ, साउन ७ गते । प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले हालै पञ्चवर्षीय योजना तयार गरेको छ । गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो । समितिले मन्दिरलाई संरक्षण, थप कलात्मक तथा पुरातात्विक तथा […]
पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता
काठमाडौँ, साउन ७ गते । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको […]
आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत
काठमाडौँ, साउन ५ गते । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित […]
कहिले पूरा होला गुर्जावासीको मोटर चढ्ने सपना !
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ४ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जा एक मात्र वडा हो जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ । गाउँपालिका केन्द्र मुना आउन १० घण्टा पैदल हिड्नुपर्दछ […]
चिटिक्क छ पर्यटकीय स्थल चिनाकोट दरबार पुग्ने पदमार्ग
विकल्प न्यूज/बेनी साउन ३ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ मा रहेको पर्यटकीय स्थल चिनाकोट दरवार पुग्ने पदमार्ग निर्माण गरिएको छ । चिनाकोटलाई पर्यटकीय स्थलका रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ग्रेटवालको झल्को दिने गरी पदमार्ग निर्माण गरिएको हो । स्थानीय पूर्वाधार विकास कार्यक्रमको ९ लाख र स्थानीयवासीको एकलाख १० हजार रुपियाँ […]
काभ्रेभीरमा ब्लास्टिङ गरेर सडक निर्माण
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३ गते । राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ । म्याग्दी र मुस्ताङको सिमाना स्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेभीरमा ६ महिना अघि देखि सडक फराकिलो बनाउन विष्फोटक पदार्थ मार्फत ब्लास्टिङ गरेर पहाड फुटाउन थालिएको थियो । एकहजार ६ सय […]
साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड
विकल्प न्यूज/बेनी साउन २ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको साउनको पहिलो सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न भक्तजनाहरु आएका छन् । म्याग्दी सँगै कास्की,चितवन,बागलुङ,पर्वत र काठमाण्डौं लगायत क्षेत्रबाट दर्शनका लागि भक्तजन आएका छन् । सफा मौसम भएकाले भक्तजनहरु बढ्न सक्ने अनुमान गरिएको छ । […]
एकैपटक ३८ जना स्वास्थ्यकर्मीको करार म्याद सकिदा बेनी अस्पतालको सेवा प्रभावित
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । बेनी अस्पतालको विभिन्न पदमा कार्यरत स्वास्थ्यकर्मीहरुको करार म्याद सकिएर बाहिरिदा अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत चिकित्सक सहित विभिन्न सेवामा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गते देखि एकैपटक करार म्याद समाप्त भएको हो । ५० बेढ क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार […]
ज्यान हत्केलामा राखी काठकोसाँघु वारपार
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । मुदी बगरा स्थित तातोपानी कुण्ड पुग्नका लागि म्याग्दीखोलामा बनाइएको काँठको साँघुबाट खोला तर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य संसारको सातौ अग्लो धौलागिरि हिमाल आरोहण गर्न पुग्ने पर्यटकहरु पदमार्गका विभिन्न स्थानहरुमा झोलुङ्गे पुल नहुँदा पदयात्राका लागि पुगेका पर्यटकहरु ज्यान हत्केलामा राखेर खोला वारपार गर्नुपर्ने अवस्था छ । धौलागिरि गाउँपालिका ४ […]
सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण
गलकोट, असार ३० गते । चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ । त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । पर्वतको जलजला गाउँपालिका […]