Breaking News

म्याग्दीमा काँग्रेसको चुनावी अभियान सुरु

धनिलाल गर्बुजा \विकल्प न्यूज फागुन २९ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्र सुरु गरेको छ । आइतबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर काँग्रेस जिल्लाभर एकसाथ अभियान थालेको हो । ‘‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’’ भन्ने नारा सहित एकमहिने अभियानको पुर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले […]

परिश्रमी रविना र सुष्मा होटलमा काम गर्दै पढ्दै

विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ विम निबासी रबिना दर्जी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका ५ शिखकी सुष्मा छिनालले पनि सोही क्याम्पसमा शिक्षा शास्त्र शंकायमा स्नातकतह प्रथम बर्षमा अध्ययन गर्दै हुनुहुन्छ । यी दुवै जना बिद्यार्थीको जिवन कथा भने फरक छ । […]

ठेकेदारले काम छाडेपछि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा […]

मंगला बन्यो कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो

विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । विभिन्न १७ वटा सूचकलाई आधार बनाई एक सय पूर्णाङ्कमा गरिएको मूल्याङ्कमा मंगला गाउँपालिकाले ६६ दशमलव ३५ अंक प्राप्त […]

महिला दिवस ः नौमती बाजा सहित बेनीका महिलाहरुले निकाले ¥याली (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । ११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाहरुले मंगलबार नौमती बाजा सहित ¥याली निकालेका छन् । बेनी नगरपालिकाद्धारा आयोजित महिला दिवसका अवसरमा महिलाहरुले नौमती बाजा सहित बजारमा ¥याली निकालेका हुन । बाजामा नाच्दै गाउँदै महिलाहरुले बजार परिक्रमा गरेका थिए । ¥यालीमा विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।

हेलो बेनी नगर ! यी चौपारी देख्नुभएको छैन ? (फोटो)

विकल्प न्यूज\बेनी फागुन २४ गते । बेनी नगरपालिका गेट नजिकका यी दुई चौपारीको चित्र हामीले यहाँ प्रस्तुत गरेका छौं । बेनी बजारको मुटुमै अवस्थित यी दुई चौपारीको अवस्था यस्तै हुनुपर्ने हो त ? बेनी नगरपालिका गेट नजिक रहेका यी चौपारीको मर्मत सम्भार गर्ने दायित्व नगरपालिकाको हुनुपर्ने होइन र ! तस्विरहरु विकल्प न्यूज

रत्नेचौरमा धार्मिक महोत्सव सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २३ गते ।    बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय स्थलको केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । ‘हाम्रो प्रदेश भनेको गण्डकी सभ्यताको प्रदेश हो।कालिगण्डकी हाम्रो […]

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी

विकल्प न्यूज/बेनी फागुन २१ गते । पछिल्लो समय तोरीवारीका कारण भाइरल बनेको बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । रत्नेचौरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न फागुन २३ देखि एकहप्ता सम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारीका वारेमा शनिबार आयोजकले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले […]

‘पार्टीले टिकट दिए पालिका अध्यक्ष लड्छु’

ठाकुरप्रसाद आचार्य \म्याग्दी फागुन २० गते । लठ्ठीको साहाराले हिडडुल गर्नुहुन्छ । कपाल फुलेर सेतै भएको छ । उमेरले डाडा काटिसकेको छ । तर विचार र हिम्मत भने युवाको भन्दा कम छैन । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका वडा अध्यक्ष बयासी वर्षीय दिलिप शेरचनको सामाजिक सेवाप्रतिको जोसजाँगर हिम्मत देख्दा सबैजना छक्क पर्ने गर्दछन् । पच्चायतकालमा […]

रघुगंगा जलविद्युत आयोजनाका कर्मचारीबाट गाउँ पुग्यो नक्कली नोट

विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट एक हजार रुपैयाँको दुई थान नक्कली नोट भेटिएको छ । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको हो । आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान […]

याम किसानको उपचारमा अष्ट्रेलियाबाट ९० हजार सहयोग

विकल्प न्यूज/बेनी फागुन १८ गते । मुटु रोगी म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा अष्ट्रेलियामा रहेका म्याग्देलीले ९० हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । बेनी विरेन्द्रचोक घर भई हाल अष्ट्रेलिया रहेका हिक्मत श्रेष्ठको अगुवाईमा संकलन भएको ९२ हजार ६१० रुपैयाँ संककलन गरी र्सिजना भट्टचन र जेनेश श्रेष्ठले याम किसान उपचार अभियानका उपसंयोजक […]

निर्माण व्यवसायी महासंघ गण्डकीको उपाध्यक्षमा जिसीको उम्मेदवारी

विकल्प न्यूज\बेनी फागुन १८ गते । नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीको आशन्न अधिवेशनमा नारायण जिसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। गन्डकी प्रदेश उपाध्यक्षमा अहिलेसम्म ४ जनाको दाबी रहने देखिएको छ। जसमध्य नारायण जिसी शक्तिशाली उम्मेदवार हुन्। जिसीसँग म्याग्दि जिल्लाको निर्माण व्यवसाय महासंघमा दुई पटक अध्यक्षको जिम्मेवारीमा रहेर प्रभावकारी काम गरेको अनुभव छ। म्याग्दीमा जिसी […]

बेनीको एकतर्फी यातायातको समर्थनमा म्याग्दी चेम्बर अफ कमर्श

विकल्प न्यूज/बेनी फागुन १८ गते । बेनीमा लागू गरिएको एकतर्फी यातायातको पक्षमा निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले विज्ञाप्ती मार्फत समर्थन जनाएको छ । एकतर्फी नियमलाई निरन्तरता दिने वा नदिने विवाद चलिरहेका समयमा कमर्शले उक्त विज्ञप्ती निकालेर पुरै बजार क्षेत्रमा नियम लागू गर्नुपर्ने माग गरेको हो । गत पुस १ गतेदेखि बेनीमा […]

तातोपानी कुण्डमा भीड ((फोटोफिचर) )

विकल्प न्यूज/बेनी फागुन १७ गते । तातोपानी कुण्डमा भीड । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डमा स्नान गर्न आएका विरामीहरुको भीड । कोरोना महामारीका कारण बन्द भएको कुण्ड फागुन १ गते देखि पुन सञ्चालनमा आएसँगै कुण्डमा स्नान गर्न आउने विरामीहरुको भीड लाग्ने गरेको छ । तस्विर ः ठाकुरप्रसाद आचार्य /’बेनी

मौवाफाटँमा माओवादीको कार्यालय स्थापना

विकल्प न्यूज \बेनी फागुन १४ गते ।  नेकपामाओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटीकार्यालय स्थापना गरेको छ। आगामी स्थानीयतहलक्षित गरे शनिबार मौवाफाँटमा स्थापनाभएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्यविनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपाएमाले र नेपालीकांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता प्रवेश गरेका थिए ।नेपालीकांग्रेसका पुर्व जिल्लाआमन्त्रित सदस्य र हालक्रियाशिल सदस्यरघुगंगा […]