Breaking News

जलजलामा एमालेको घरदैलो अभियानमा देखिएको उत्साह

विकल्प न्यूज\बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा लालबहादुर अधिकारी चुनावी मैदानमा एक्लै उत्रिनुभएको छ । यहाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेको जलजलामा यसपाली काँग्रेस र माओवादी गठबन्धन गरेका […]

बेनपाको तीन ठाउँमा एमालेको चुनावी आमसभा र घरदैलो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा आज (सोमबार) बेनी नगरपालिकाको विभिन्न स्थानमा चुनावी आमसभा र घरदैलो कार्यक्रम भएको छ । आउँदो शुक्रबार हुन गैरहेको स्थानीय तह निर्वाचन–२०७९ नजिकिँदै जाँदा म्याग्दी जिल्लाको विभिन्न स्थानमा (एमाले)ले चुनावी कार्यक्रम गरेको हो । यसैक्रममा बेनपा–९, घतानको काउलेगौंडामा आयोजित चुनावी आमसभालाई सम्बोधन […]

ताकममा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत सोमवार नेकपा एमालेले धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकममा बृहत चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले राष्ट्रियताको पक्षमा […]

बेनीबाट मतदान केन्द्रतिर कर्मचारी हिड्न थाले

विकल्प न्यूज/बेनी बैशाख २६ गते । आगमी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु खटिन थालेका छन् । जिल्लाको दुर्गम भेगमा रहेका मतदान केन्द्रका लागि सोमबार मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा प्रस्थान गरेका छन् । जिल्लाको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाको टोलीलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण […]

जलजलामा एकमात्र महिला वडाध्यक्षको उम्मेदवार रेग्मी मतदाताको घरघरमा

विकल्प न्यूज/जलजला बैशाख २३ गते ।  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जलजलामा एकमात्र महिला वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेले जलजलाको ८ नम्बर वडा नाग्लीबाङमा महिला नेतृ अनिता रेग्मीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पालिकाको उपाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएकी रेग्मी यसपटक वडाध्यक्षको उम्मेदवार बन्नुभएको हो । नाग्लीबाङमा सामाजिक सेवामा […]

चुनावका दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो । पारित मापदण्डअनुसार उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन […]

कुहुँमा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २३ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमालेले बिहिबार मंगला पालिकाको १ नम्वर वडा कुहुँमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले जनलहर एमालेकै पक्षमा रहेकाले मंगला गाउँपालिकामा फेरी पनि एमालेकै जित […]

बेनी नगरपालिकामा एमालेको चुनावी सभा र घरदैलो तिव्र

विकल्प न्यूज/बेनी बैशाख २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी र काउलेमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेको चुनावलक्षित कार्यक्रम गरिएको हो । बेनी नगरपालिकामा मेयरका एमाले उम्मेदवार सुरत केसी, […]

बेनीमा नमुना मतदान(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख २२ गते । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको छ । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मतदान गरिएको हो । नमुना मतदान गर्नुहुँदै जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन […]

म्याग्दीका सवै वडामा एमालेको चुनावी सभा र घरदैलो

विकल्प न्यूज/बेनी बैशाख २२ गते । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले राजनीतिक दलहरुको चुनावलक्षित विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसैक्रममा बुधबार म्याग्दीको सबै छ वटै पालिकामा नेकपा एमालेको चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम भएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी, पुरुन्डी र पुलाचौरमा आयोजित चुनावी सभालाई […]

च्युरीबोटमा कांग्रेसको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २२ गते । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न अपिल […]

घरदैलोमा उम्मेदवार पुगेपछि मतदाता उत्साहित

विकल्प न्यूज/बेनी बैशाख २१ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा म्याग्दीका दलहरु चुनावी अभियान लिएर मतदाताका घरघरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घरघरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ । मतदाताका घरघरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु […]

जलजला रिङरोडको परिकल्पना सहित नेकपा एमालेले ल्यायो चुनावी प्रतिवद्धता–पत्र

विकल्प न्यूज/जलजला बैशाख १७ गते । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले चुनावी प्रतिवद्धता पत्र प्रकाशित गरेको छ । जलजलाको विकास र समृद्धिका लागि एमालेले हाल देखिएका समस्या,समाधानको नीति,कार्यन्वनयको योजना सहितको प्रतिवद्धता पत्र प्रकाशित गरेको छ । पढ्न यहाँ क्लिक गर्नुहोस् नेकपा एमाले जलजलाको चुनावी प्रतिवद्धता  

बेनीमा सञ्चालित मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित

विकल्प न्यूज/बेनी बैशाख १७ गते । बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सयजना भन्दाबढी बिरामीहरु लाभान्वित भएका छन् । हिँजो शुक्रबार र आज शनिबार गरी दुई दिनको शिविरमा १५ सय ५ जनाले मुटुको परीक्षण गर्नुका साथै औषधी उपचारको सेवा लिएका हुन् । सेभ द हार्ट काठमाडौंको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी […]

धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झक छन्त्याल वडाध्यक्षमा निर्विरोध

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माअाेवादी केन्द्रका  झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धवलागिरिमा माओवादी […]