Breaking News
मुक्तिधाम माविलाई रघुगंगाको राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज\बेनीकात्तिक १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतिको मुक्तिधाम माविले जितेको छ । शनिबार वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण,पाँच\पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड प्राप्त गरेको हो । यसैगरी ८ स्वर्ण,४ […]
ओमकुमारी शान्ति कोषको अध्यक्षमा सन्दीप खत्री चयन
विकल्प न्यूज\बेनीकात्तिक १० गते । गरिब तथा विपन्नको उपचारमा सघाउदै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा सन्दीप खत्री चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको कोषको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा बिनय श्रेष्ठ, कोषाध्यक्षमा […]
दुई खर्ब २४ अर्बभन्दा बढी लागतमा पर्वतमा कालिगण्डकी जलविद्युत आयोजना बन्ने
विकल्प न्यूज\बेनीकात्तिक ९ गते । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । […]
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
म्याग्दी, कात्तिक ९ गते । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु […]
तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
गलेश्वर (म्याग्दी), कात्तिक ९ गते । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको […]
रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज\बेनीकात्तिक ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी क्षमताको विकास गराउन प्रतियोगिताले […]
जलजला ४ द्धारा नौमती बाजा सहयोग
ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) कात्तिक ५ गते । नौमती बाजा संरक्षण गर्नका लागि पर्वतको जलजला गाउँपालिकाले वडा नम्बर ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुनलागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको हो । सोमबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,वडा नम्बर ४ का वडाध्यक्ष […]
अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
म्याग्दी,कात्तिक ५ गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो । अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूतिगृह […]
म्याग्दी जेसीज कप मंसिर १७ गतेदेखि २२ गतेसम्म
विकल्प न्यूज/बेनीकात्तिक ३ गते । म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका उपाध्यक्ष देबेन्द्र घिमिरेलाई […]
मालढुङ्गा–बेनी सडक निर्माण अलपत्र पार्ने ठेकेदार विरुद्ध आन्दोलन
विकल्प न्यूज/बेनीकार्तिक ३ गते । निर्माणधिन मालढुङ्गा बेनी सडक अलपत्र पार्ने ठेकेदार विरुद्ध नागरिक आन्दोलन सुरु भएको छ । कालिगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने १३ किलोमिटरको सडक निर्माण ठेकेदारले अलपत्र पारेका कारण यात्रुले सास्ती भोग्नुपरेको भन्दै म्याग्दी र पर्वतको जलजलावासीहरु आन्दोलित भएका छन् । सडक निर्माणलाई तत्काल सुरु नगरे उक्त सडकमा सरकारी गाडीहरु […]
अन्नपूर्ण आधार शिविरमा पर्यटकको भिड
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक २ गते । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा यतिखेर आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । दशैं तिहार विदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो । नारच्याङको हुमखोलाबाट सुरु […]
अन्नपूर्णमा पर्यटकीयस्थलबाट एक करोड २७ लाख आम्दानी
ठाकुरप्रसाद आचार्य /बेनीम्याग्दी(बेनी) कात्तिक २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्षको सुरुमै एक करोड २७ लाख ६३ हजार पाँचसय ३७ रुपियाँ आन्तरिक आम्दानी गरेको छ । पर्यटनलाई आन्तरिक आम्दानीको मुख्य स्रोत मानेको गाउँपालिकाले पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर उक्त आम्दानी गरेको हो । गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय स्थलहरु घोडेपानीको पुनहिल,भुरुङतातोपानी […]
धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ पठाइयो
विकल्प न्यूज/बेनीअसोज ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ मुदी स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणको क्रममा एकहप्ता अघि मृत्यु भएका ५ रुसी पर्वतारोहीको शव पठाइएको छ । बुधबार एभरेष्ट एयरको हेलिकोप्टरबाट धौलागिरि पुगेका शेर्पा सहितको उद्दार टोलीले शवहरु संकलन गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव […]
माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी, असोज ३० गते । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय […]
पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
बलेवा (बागलुङ), असोज २९ गते । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका ससाना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबाजा […]