ताजा समाचार:
Search

Breaking News

बागलुङमा सुरु भयो चार पांग्रे सवारीको लाइसेन्स परीक्षा

विकल्प न्यूज\बागलुङ भदौ २७ गते । बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले परीक्षाको सुरुआत गरेका थिए । उनले यो अभियान अब नरोकिने […]

छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई

विकल्प न्यूज\बेनी भदौ २५ गते ।  बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो । #ADV अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा […]

बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी तिव्र

विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दीको बेनीमा आयोजना हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी तिव्र पारिएको छ । म्याग्दी जेसीजको आथित्यमा आगमी असोज ३ गते देखि सुरु हुने सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको आयोजकले जनाएका छन् । सम्मेलनको तयारीका वारेमा शनिबार जेसीज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । क्षेत्र ख सम्मेलनको तयारी […]

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपा नी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल […]

बेनी बजारमा जोगीहरु निस्केपछि….. (फोटोसहित)

विकल्प न्यूज\बेनी भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा तीनसय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ । जोगी नाच नेवार समुदायको मौलिक कला संस्कृतिमा पर्दछ । नेपाल भाषा मंकाःखलले आयोजना गर्ने एकमहिने लामो बर्खे नाच अन्तर्गत शुक्रबार बेनीमा जोगी नाच देखाइएको हो । नेवार समुदायको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको […]

मालढुङ्गा–बेनी सडक : खाल्डा पुर्न एक साताको अल्टिमेटम

विकल्प न्यूज/पर्वत भदौ २२ गते । सम्झौता अवधि नाघिसक्दासमेत सन्तोषजनक काम नभएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडकमा रहेका खाल्डाखुल्डी पुर्न एक साताको अल्टिमेटम दिइएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारी साधन र हजारौ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो चुलिएपछि आयोजना कार्यालयले निर्माण […]

लोभ नगर्ने र डर नमान्ने हो भने केही परिवर्तन गर्न सकिन्छ – मन्त्री जुग्जाली

 विकल्प न्यूज\बेनी भदौ १९ गते । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको अवसरमा मंगलबार बेनीमा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले चालु आर्थिक […]

बेनीको अस्पतालचोकमा अतिक्रमित संरचना हटाइयो

विकल्प न्यूज\बेनी भदौ १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो । बेनी नगरप्रमुख सुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुुई पसलको संरचना […]

सुन्दर पर्यटकीय गन्तब्य मंगलाको झाँक्रीपानी

विकल्प न्यूज\बेनी भदौ १८ गते । आँखै अगाडि देखिने हिमश्रृङ्खला,वरीपरी हरियाली डाँडापाखा र सुन्दर ग्रामिण वस्ती अनि मौलिक कला,संस्कृतिले यहाँ पुग्ने पर्यटकको मन लोभ्याउने गर्दछ । बेनीबाट नजिक रहेको मंगला गाउँपालिका ३ वंरजाको झाँक्रीपानी सुन्दर पर्यटकीय गन्तब्य हो । प्रचार प्रसार नहुँदा आशा गरिएअनुसार पर्यटक पुग्न सकेका छैनन् । समुन्द्री सतह देखि दुईहजार दुईसय ८० […]

मालढुङ्गा–बेनी सडक : सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

पर्वत, १८ भदौ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आवतजावत गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत […]

गुर्जामा स्याउखेतीको परीक्षण सफल

 विकल्प न्यूज\बेनी भदौ १५ गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको […]

बेनीमा गाईजात्राको रौनक (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ १४ गते । बेनीमा जनै पुर्णिमाका अवसरमा गाईजात्रा पर्व मनाइएको छ । बर्खे नाच अन्तर्गत विहिवार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन । नेवार समुदायले आज विहानै देखि दिवंगत आफन्तको सम्झनामा बेनीमा गाईजात्रा पर्व मनाएका हुन । गाईजात्रा पर्व दुईदिन सम्म मनाउने गरिन्छ । गाईजात्रामा पाका पुस्ता सँगै युवा पुस्ताको उल्लेख्य सहभागिता […]

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

म्याग्दी,भदौ १४ गते ।  जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् । अन्नपूर्ण […]

सुरक्षा प्राप्त गर्न रक्षासूत्र अर्थात रक्षाबन्धन

काठमाडौँ, भदौ १४ गते ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) […]

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी । भदौ,१० गते । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका  उनी सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा […]