Breaking News
तातोपानी साना जलविद्युत आयोजना बेवास्ताको शिकार

सन्तोष गौतम /नवविकल्प घराप(म्याग्दी) अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजना बेवास्ता र लापरबाहीको शिकार बनेको छ । नेपाल विद्युत प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीहरुको लापरबाहीको कारण जिल्लाकै एकमात्र आयोजना लथालिङ्ग बनेको हो । मर्मत अभावमा बषौदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्धारा निर्माणाधिन नयाँ […]
यसरी भइरहेको छ मिस्त्रीखोला जलविद्युत अयोजनाको निर्माण (फोटोसहित)

विकल्प न्यूज/बेनी भदौं १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । आगमी दुइवर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले निर्माण कार्यलाई तिव्रता दिएको हो । रोवष्ट ईनर्जी लिमीटेडद्धारा निर्माण गर्न लागेको मिस्त्रीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनि […]
म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते । कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर वडा सचिवहरु अझै सदरमुकाममै विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]
बेनी–जोमसोम सडकको यात्रा जोखिमपूर्ण
सन्तोष गौतम/विकल्प न्यूज भदौं ६ गते । साउन २६ गते शुक्रबार मुस्ताङबाट म्याग्दी आउँदै गरेकी बेलायती पर्यटक करलोट् कम्मा कथरिना फुलरटनको थासाङ गाउँपालिका ४ घोप्टेभिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गयो । सोही दिन घोप्टेभिरमै खसेको ढुङ्गाले लागेर घाइते भएका म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनका ४० वर्षिय सवारी चालक दलबहादुर फगामी मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार […]
यसरी भयाे रघुगंगाकाे स्थायी केन्द्र मौवाफाँट

कमल खत्री म्याग्दी, ५ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट तोकिएको छ । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन सम्पन्न गराएपनि निर्वाचित जनप्रतिनिधिहरुको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट तोकिएको हो । सोमबार रघुगंगा गाउँपालिका–३ को घुमाउनेताल स्थित निर्माणधिन कालिगण्डकी रिसोर्टमा बसेको गाउँपालिकाको दोस्रो गाउँ सभाको […]
“सात महिना भित्र घलेम्दीबाट विद्युत उत्पादन गर्दछौं ” ः अध्यक्ष सुवेदी

सन्तोष गौतम/विकल्प न्यूज नारच्याङ ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको आयोजनाको आईतबार बाँध र आउटलेटतर्फबाट खनिएको सुरुङ जोडिएको हो । आउटलेट (फोरवे)तर्फबाट एक हजार र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको घलेम्दी हाईड्रो लिमिटेडका […]
असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । बेनी नगरपालिका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीहरुसंगै […]
अपडेट ः पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो

अपडेट ः सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ३ भदौ । पहिरोले थुनिएको म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला बग्न थालेको छ । मराङको कोट बान्चन भन्ने ठाउँमा शनिबार बिहान ८ बजे खसेको पहिरोले थुनिएको खोला दिउँसो बाह् बजेदेखि खुलेको हो । पहिरोले थुनिएको तलाउ भरिएर आफै बग्न थालेको वडा अध्यक्ष अध्यक्ष राजाराम सुवेदीले […]
पहिरोले मराङखोला थुनियो

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला पहिरोका कारण थुनिएको छ । मराङको कोट बान्चन भन्ने ठाउँबाट शनिबार बिहान खसेको पहिरोले खोला थुनिएको हो । मराङखोला म्याग्दी नदीको सहायक नदी हो । पहिरोले खोला थुनिएपछि ठूलो तलाउ बनेको धौलागिरी गाउँपालीका ६ का वडा अध्यक्ष राजाराम सुवेदीले […]
म्याग्दीमा पहिरोले जनजीवन अस्तव्यस्त
सन्तोष गौतम/विकल्प न्यूज साउन २९ गते ।म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको थापाचौरमा बिरामी आफन्तलाई डोकामा बोकेर दरवाङतर्फ लैजादै गरेका मुदीका बासिन्दा । ग्रामिण सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन दःुख भएको छ । तस्विर सन्तोष गौतम बर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको जनजिवन अस्तव्यस्त बनेको छ । पहिरो र नदी कटानका कारण बस्ती […]
बेनीमा पार्क निर्माणको प्रस्तावबाट उत्पन्न विवाद !

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज साउन २९ गते । प्रसंग त्यतिबेलाको हो जतिबेला वेनी उद्योग वाणिज्यसंघले शनिबार वेनीबजार बन्द गर्नुपर्ने निर्देश जारी गरेको थियो । साना व्यापारीहरु मर्कामा परे, शनिवारे विदाको उपयोग स्वरुप स्कूले नानीहरुलाई घरकुरुवा राखेर बजार गर्ने काँठहरुलाई असुविस्ता भएको थियो । बजार बन्द भएपछि कामदार मजदुरहरु एक दिनका लागि भए पनि वेरोजगार […]
मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजनाको उद्घाटन

निरज थकाली/मुस्ताङ मुस्ताङ, २८ साउन । मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत उत्पादन गर्ने परियोजनाको शनिबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नवलपरासी र मकवानपुरमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास र सम्बृद्धीका लागि […]
यसरी निर्धारण गरियो धौलागिरी गाउँपालिकाको स्थायी केन्द्र

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २६ साउन । गाउँसभाका दुई तिहाई सदस्यको बहुमतको आधारमा म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थायी केन्द्र र सेवा प्रदायक कार्यालयहरु रहने स्थान कायम गरिएको छ । गाउँपालीकाको केन्द्र बिवाद टुङ्गो लगाउन तिनदिनसम्म हालको अस्थाई केन्द्र मुना स्थित कार्यालयमा बसेको गाउँसभाले मुनाको घट्टेखोलामा मुख्य कार्यालय र अन्य शाखा कार्यालयहरु ताकम, शिवाङ र मुनामा […]
अन्नपूर्णको फेदीमा खयरबराह पुजा

घनश्याम खड्का /म्याग्दी साउन २३ गते । जनैपूर्णिमाको अवसरमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ खयरबाराही ताल छेउमा अवस्थित मन्दिरमा धार्मिक मेला लागेको छ । अन्नपूर्ण हिमालको पश्चिम फेदीमा चार हजार छ सय ६० मिटर अग्लो स्थानमा अवस्थित खयरबाराही तालमा जनैपूर्णिमा मेला भर्न करिव हजार भक्तजन पुगेका छन् । तर चन्द्रग्रहण लाग्ने भएकोले यस वर्ष अघिल्ला वर्षभन्दा […]
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव

सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]