Breaking News
यसरी तयार हुँदैछ प्रदेश ४ को प्रदेशसभा हल र मन्त्रालयहरु

अमृत सुवेदी/पोखरा १४ माघ, पोखरा । वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि पोखरामा ‘५५ झ्याले’ भवनको सिंगारपटार सुरु भइसकेको छ । सीप विकास केन्द्रका लागि श्रम […]
बेनी नगरपालिकाले ग¥यो नगरवासीलाई खुसी बनाउने निर्णय

विकल्प न्यूज/बेनी माघ १५ गते । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालिकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको […]
म्याग्दी क्याम्पसबाट आयो खुसीको खबर

विकल्प न्यूज/बेनी माघ १४ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुन लागेको छ । विभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको पठनपाठनको अनुमति पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाई हुन लागेको हो । माघ १९ गतेसम्म प्रवेश परिक्षा (सिम्याट) आवेदन फारामको लागि आह्वान गरेको […]
स्थानीय तहमा औषधि खरिदमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ माघ । म्याग्दीका स्वास्थ्य संस्थाबाट निशूल्क वितरण गरिने औषधि र उपचारमा प्रयोग हुने सामाग्रीको अभाव हुन थालेको छ । स्थानीय तहले औषधि र सामाग्री खरिदमा ढिलाई तथा अलमल गर्दा सर्वसाधारण आधारभुत औषधि उपचारको सेवा प्राप्त गर्नबाट बञ्चित हुने अवस्था आएको छ । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा […]
२६ वर्षपछि आउला त बलेवा विमानस्थलमा जहाज ?
१२ माघ, पोखरा । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओलिएका थिए । पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा । जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि […]
प्रदेश ४ को प्रदेशसभा पहिलो बैठक माघ २२ गते

अमृत सुवेदी/पोखरा माघ ११ गते । प्रदेश ४ को प्रदेशसभा पहिलो बैैठक माघ २२ गते बस्ने भएको छ । २२ गते ११ बजेलाई वैठक आहृवान गर्ने बुधबार दिउँसो निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए । ‘सबै प्रदेश सांसदलाई खबर हुने गरी सूचना प्रकाशित गरी वैठक आहृवान गर्न प्रमुख सचिवलाई निर्देशन भइसकेको छ,’ उनले […]
प्रदेशसभा ४ को वैठक आहृवानमा अलमल

माघ ११ गते । अबको १२ दिनभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्छ भने अर्को १० दिनमा मुख्यमन्त्री चयन गरेर सरकार बनाइसक्नुपर्छ । तर, प्रदेशसभा सदस्यले सपथ लिँदा चहलपहल देखिएको नगर विकास प्रशिक्षण केन्द्रस्थित प्रदेशसभा सुनसान छ । सरकारले बुधबार अवेर प्रदेशमा प्रमुख सचिवहरु तोकेको छ तर, प्रदेशसभा सचिव, क्याबिनेट सचिव तोकिएको छैन । प्रदेश प्रमुखको कार्यालयमा […]
स्थानीय तहको अनुभवहीनताले संघीयता धरापमा

दिवाकर पौडेल/विकल्प न्यूज माघ ९ गते । मुलुक कछुवा-गतिमा संघीयतामा प्रवेश गरिरहेको छ । सिंहदरबार र जिल्लास्तरमा केन्द्रीकृत सेवाहरु जनताको घरदैलोमा पुर्याउने गरी तीन तहको सरकारको परिकल्पना गरेर तीनै तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । अब विस्तारै स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु ठूलो अपेक्षा र भरोसाका साथ जनताका समस्या सम्बोधन गर्न लागि परेका […]
म्याग्दी साक्षर जिल्ला घोषित

विकल्प न्यूज/बेनी म्याग्दी,माघ ८ गते ।म्याग्दी जिल्लालाई सोमवार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि साक्षर जिल्ला घोषणा गरिएको छ । म्याग्दी ३९ औं साक्षर जिल्ला घोषणा भएको हो । साक्षर जिल्ला घोषणा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि जिल्ला स्थित विभिन्न शैक्षिक संघसंस्था,सरकारी कार्यालयका कर्मचारी र विद्यार्थीहरु सहित बाजा गाजाका साथमा बेनीमा ¥याली निकालिएको थियो । बेनीमा रहेको […]
महोत्सवको उपलब्धी के ?

सन्तोष गौतम/विकल्प न्यूज माघ ८ गते । पुष २८ गतेदेखि बेनीको खुल्ला मञ्चमा सञ्चालीत छैठांै म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिँदैछ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भिœयाउने र ब्यापार प्रर्वद्धन […]
आठ करोडको कारोबार गर्दै छैठौं म्याग्दी महोत्सव समापन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ। आठ करोड रुपैयाँको कारोबार गर्दै आईतबार बेनीमा छैठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन […]
पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा आईतबार स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष महिला भलिबलमा मंगला गाउँपालिका र बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । मंगलाले […]
बजेट लुकाएर खान पल्केको सिफ्फो टु परियोजना
विकल्प न्यूज/बेनी म्याग्दी ४ माघ । म्याग्दीमा तिन वर्षदेखि लागू भएको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सि.आई.एफ.ओ.टु) नामक परियोजनाले बजेट र खर्च लुकाएको छ । परिवार नियोजन सेवामा सर्वसाधारणको पहुँच वृद्धी गर्ने उद्देश्यले अमेरीकी दातृ निकाय युएसआईडीको सहयोगमा सञ्चालन भएको परियोजनाले जिल्लामा प्राप्त र खर्च भएको बजेटको बारेमा जानकारी माग्दा सार्वजनीक गर्न अस्वीकार गरेको हो […]
धौलागिरिवासीको कोरला सपना ः कहिले खुल्छ कोरला नाका ?

सन्तोष गौतम/विकल्प न्यूज मघ ३ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित नेपाल चीन सिमा क्षेत्रको कोरला नाका । तस्विर निरज थकाली, मुस्ताङ मुस्ताङ स्थित कोरला नाका सञ्चालनका लागि सरकारले पूर्वाधार निर्माणलाई तिब्रता दिनुका साथै कुटनीतिक पहल थालेको छ । नेपाल र चीनबीच ब्यापारीक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि पहुँच […]
को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !

विकल्प न्यूज/बेनी माघ २ गते । कालि र म्याग्दीको संगमस्थलमा आयोजना भएको म्याग्दी महोत्सवको सञ्चालिका शोभा त्रिपाठीले हजारौं दर्शकहरुको मन जितेकी छिन । कला र गलामा धनी शोभा त्रिपाठी बेनीमा आयोजना गरिएको छौठौं म्याग्दी महोत्सवकी सञ्चालीका हुन । कार्यक्रम सञ्चालन गर्न निकै सिपालु त्रिपाठी म्याग्देली दर्शकमाझ प्यारी बनेकी छिन् । उनको प्रस्तुतीले दर्शकहरुलाई लोभ्याइरहेको छ […]