Breaking News
धुमधाम सँग मनाए बेनीमा मगर समुदायले माघे संक्रान्ति पर्व (फोटो सहित)
विकल्प न्यूज/बेनी माघ १ गते । माघे सङ्क्रान्ति पर्वलाई म्याग्दीका मगर समुदायले धुमधामका साथ साँस्कृतिक झाँकी पदर्शन सहित मनाएका छन् । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा मंगलवार बेनीमा मगर समुदायको कला संस्कृति र भेषभुषा पदर्शन गरिएको हो । मगर समुदायको मौलिक भेषभुषामा सयौँको संख्यामा सहमागी ¥यालीले बेनी बजार […]
पुख्र्यौली नृत्यमा चम्कीँदै बाल कलाकार पाइजा (फोटो सहित )
विकल्प न्यूज/बेनी माघ १ गते । मगर संघ म्याग्दीले माघे संक्रान्ति पर्वका अवसरमा बेनीमा निकालेको सांस्कृतिक झाँकी सहितको सोरठी र पुख्र्यौली नृत्यमा बालकलाकारका रुपमा थिए प्रदिप पाइजा । रघुगंगा गाउँपालिका ४ दमिजाका ९ वर्षीय बालकलाकार पाइजाले बेनीको सडकमा पुख्र्यौली नृत्यमा मादलेका रुपमा भुमिका निभाए । बेनीको लिटल एकेडेमीको कक्षा दुईमा अध्ययन गर्ने पाइजाले ठूलाबुवाको सहयोगले […]
तस्विरमा हेर्नुहोस बेनीमा माघी पर्वको रौनक (फोटोफिचर)
विकल्प न्यूज/बेनी माघ १ गते । आज माघ १ गते मगर समुदायले बेनीमा हर्षउल्लासका साथ माघेसंक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा विभिन्न पुख्र्र्यौली नृत्य, सहित बजारमा ¥याली सहितको झाँकी निकालीएको थियो । तस्विर ठाकुरप्रसाद आचार्य
उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ ः मन्त्री पुन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस ३० गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । ‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको माघेसङ्क्रान्ति मेला–२०७५ को उद्घाटन गर्दै उनले राज्यले उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताएकी हुन् । उनले आवश्यकताको आधारमा तालिम […]
तस्विरमा हेर्नुहोस बेनीको माघेसंक्रान्ति मेला (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस ३० गते । सोमबार देखि बेनीमा माघेसंक्रान्ति मेलाको आयोजना गरिएको छ । महिला उद्यमीहरुको नेतृत्वमा बेनीको कालिपुल वसपार्कमा मेलाको आयोजना गरिएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
बेनीमा माघे संक्रान्ति मेला सुरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा माघेसंक्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ति मेलाको जर्गेना गर्नका लागि मेलाको आयोजना गरेका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा सोमवार देखि बेनीको कालीपुल वसपार्कमा मेलाको […]
मिस्त्रीखोला जलविद्युत आयोजनाको जथाभावी
विकल्प न्यूज/बेनी पुस ३० गते । यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाले वातावरण संरक्षणका प्रावधान मिच्दै काम गरिरहेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणकर्ता समूहले यस्तो गरेको हो । आयोजनालाई निर्माण सामग्री उपलब्ध गराउन ठेकेदार कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले वैधानिक प्रक्रियाविपरीत नदीजन्य पदार्थको लापरवाहीपूर्वक उत्खनन गरेको, आयोजनाबाहेकका अन्य क्षेत्रमा […]
मुुसुङमा पर्यटन मेला सुरु
विकल्प न्यूज/बेनी पुस २९ गते । कला र संस्कृतिको संरक्षणसँगै ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको मुसुङमा आइतबार देखि माघे संक्रान्ति पर्वको अवसरमा पर्यटन मेला सुरु भएको छ । मुसुङको स्वर्गाश्रम युवा क्लब आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन हुने मेलाको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । […]
धनजनता माविले चुम्यो उपाधि
गोपाल आचार्य/ताकम पुस २९ गते । धौलागिरी गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनता मावि मुनाले जितेको छ । हेममावि सिवाङमा माविमा सम्पन्न भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि धनजनता मावि मुनाले हातपार्न सफल भएको हो । धनजनता मावि मुनाले १० स्वर्ण ७ रजत र एक […]
बेनी संरक्षण योजना ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता
विकल्प न्यूज/बेनी पुस २८ गते । बेनी बजार संरक्षण योजनामा भएको ढिलाईप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । गत भदौंको अन्तिम साता कालिगण्डकी नदीमा आएको बाढीका कारण कटानको उच्च जोखिममा परेको सदरमुकाम बेनीलाई संरक्षण गर्ने योजना समयमै सुरु हुननसक्दा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन । सदरमुकाम बेनीलाई संरक्षण गर्न कालिगण्डकी नदी किनारमा निर्माण गर्न लागिएको पक्की […]
पुनः निर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग समझदारीपत्रमा हस्ताक्षर
विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीमा पुनः निर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि यहाँका स्थानीय तहसँग सम्झौता गरिएको छ । एक नगरपालिका सहित पाँचवटा गाउँपालिकाका प्रमुखहरु सँग शनिवार राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन इकाई म्याग्दी विच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले शनिबार आयोजना गरेको जिल्ला स्तरीय समन्वय […]
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा माविले जित्यो
सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कपर्दीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल सहित नगद पचास […]
नेपालमै पहिलो बन्यो मालिका गाउँपालिका – सवै वडामा हेलीप्याड निर्माण
विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाका सवै वडामा हेलीप्याड निर्माण गरिएको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले मालिकाका सातै वडामा हेलीप्याड निर्माण गरेको हो । भौगोलिक रुपमा विकट रहेको मालिकाका गाउँहरुमा हेलीप्याड निर्माण भएपछि विपद् व्यवस्थापन र आपतकालिन उद्धारमा सहयोग मिल्ने विश्वास गरिएको छ । मालिकाका दुर्गम वडा नम्बर […]
धौलागिरी गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु(फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस २६ गते । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका ७ सिवाङ स्थित हेम माध्यमिक विद्यालयमा विहिबारदेखि अन्तर माध्यमिक छात्र\छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले […]
मंगला गाउँपालिकाको चौथो गाउँसभाद्धारा बजेट संसोधन
सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर २५ पुस । मंगला गाउँपालिकाको बुधबारदेखि बाबियाचौरमा सुरु भएको चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । गत असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चालू शिर्षकमा बिनियोजन भएपछि कार्यान्वयनमा जटिलटा उत्पन्न भएको थियो । […]