ताजा समाचार:
Search

Breaking News

रायखोरका शिक्षिकाले बनाए गाउँमा नमुना विद्यालय (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ७ गते । रायखोर/ देशभरका सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदो छ । शैक्षिक गुणस्तर नभएको भन्दै सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम तिव्र छ । तर जिल्लाको एक अति दुर्गम गाउँको एक विद्यालय भने संस्थागत विद्यालय भन्दा कुनै कम छैन । शैक्षिक गुणस्तर र व्यवस्थापनका हिसाबले उक्त विद्यालय अब्बल […]

नयाँ अभ्यासको सुरुवात ः रघुगंगामा टुक्रे योजना कटौती

विकल्प न्यूज/बेनी जेठ ६ गते । तस्विर योजना छनौंटमा शहभागी भएका गाउँपालिकाको दुर्गम ७ नम्बर वडा चिमखोलावासीहरु । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६÷०७७ का लागि एक वडा एक गौरबका योजना छनौट गर्न थालेको छ । टुक्रे योजनालाई निरुत्साहित गर्दै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन वडावासीहरुसँगको छलफलबाट न्यूनतम २५ लाख रुपियाँ […]

पदमार्ग भनेको यस्तो हुनुपर्दछ ः बेनी नगरपालिकाले सिक्ने की ! (भिडियो)

विकल्प न्यूज/बेनी जेठ ६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयवासीहरुले गाउँमा नमुना पदमार्ग निर्माण गरेका छन् । गाउँको शिरमा रहेको धार्मिक स्थल मण्डली थान पुग्नका लागि स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर करिब तिनसय मिटर पदमार्ग निर्माण गरेका हुन । ढुङ्गा कुनेर विच्छाइएको पदमार्ग आकर्षक छ । भिडियो ठाकुरप्रसाद आचार्य

मालिकामा भक्तजनको भीड

साधन राम्जाली /विकल्प न्युज  दरबाङ, जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा […]

तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल

ठाकुरप्रसाद आचार्य /मुस्ताङ जेठ ३ गते । विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी […]

सुन्दर झरना (फोटोफिचर)

विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ स्थित  रघुगंगा नदीको किनारमा रहेको दरमिजा तातोपानी कुण्ड नजिक रहेको सुन्दर झरना । झरनाको पानी रघुगंगा नदीमा खसेको छ । तस्विर ठाकुरप्रसाद आचार्य

रघुगंगाका एकसय २१ जना ज्येष्ठ नागरिकलाई सम्मान(फोटोसहित)

विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको रघुगंगगा गाउँपालिकामा एकसय २१ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ झिँ,६ पाखापानी,७ चिमखोल र ८ कुइनेमंगलेका ज्येष्ठ नागरिक,अशक्त अपाङ्ग र एकल महिलाहरुलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी,प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र सम्बन्धित वडाका अध्यक्षले एक हजार पाँच सय रुपैयाँ […]

चिमखोला लाई सडक सञ्जाल सँग जोड्न माग

विकल्प न्यूज/बेनी जेठ १ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयहरुले दग्नाम चिमखोला सडकलाई चाँढो पूर्णता दिन माग गरेका छन् । भौगोलिक रुपमा विकट रहेको चिमखोलालाई सडक सञ्जाल सँग जोड्न चिमखोलावासीहरुले माग गरेका हुन । रघुगंगा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको समन्वयमा मंगलबार चिमखोलामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चिमखोलावासीहरुले आवश्यक बजेटको व्यवस्था गरी सडक […]

रुप्सेको शिरमा बाजा ढुङ्गा (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख २६ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनाको शिरमा अनौठो खालको बाजा ढुङ्गा छ । रुप्सेबाट ३० मिनेटको उकाले यात्राबाट यहाँ पुग्न सकिन्छ । बाजा ढुङ्गाको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गर्न सकेमा कालिगण्डकी कोरिडोरको यात्राबाट मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई यहाँ आकर्षीत गर्न सकिने स्थानीय रीता बरुवालले बताउनुभयो […]

अलौकिक धाम गलेश्वर

जमुना शर्मा बर्षा /पोखरा बैशाख २६ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले […]

अध्यक्ष रोकाद्धारा क्याम्पसलाई २ लाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधाको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोकाले बुधवार गाउँपालिका केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसलाई दुइलाख रुपियाँ हस्तान्तरण गर्नुभएको हो । जनप्रतिनिधि भएवापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समुदायद्धारा […]

आहा कागबेनी !

आहा कागबेनी ! विकल्प न्यूज/बेनी बैशाख २४ गते । मुस्ताङको प्रशिद्ध धार्मिक स्थल कागबेनी । पितृ तर्पण र स्नान गर्ने भक्तजनहरु पुग्ने गर्दछन् । दामोदरकुण्ड भएर बग्ने कालीगण्डकी र मुक्तिनाथबाट उत्पत्ति हुने कागनदीको सङ्गमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्वास छ । तस्विर ठाकुरप्रसाद आचार्य

जोमसोम बजारको सुन्दरता(फोटोफिचर)

जोमसोम बजारको सुन्दरता(फोटोफिचर) ठाकुरप्रसाद आचार्य/मुस्ताङ बैशाख २४ गते । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम बजारको सुन्दरता । यातायाता सुविधा सँगै पछिल्लो समय मुस्ताङको भ्रमण गर्ने आन्तरिक एवम् विदेशी पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।   

सम्पदा मास्दै बेनी नगरपालिका

विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र महत्वपूर्ण सम्पदाहरु मास्न थालेको छ । नगर क्षेत्र भित्र पर्ने मठमन्दिर,बर पिपल र सार्वजनिक चौतारीहरु भत्काएर व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न थालेको हो । बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको पुराना पिपलको रुखलाई मासेर त्यहाँ व्यवसायिक प्रयोजनका लागि प्रयोग […]

म्याग्दीमा नेकपा नेतृत्वका चुनौती

शिव आचार्य /विकल्प न्यूज बैशाख १८ गते । विभिन्न पार्टी र समुहमा विभाजित कम्युनिष्ट पार्टी फेरी एकताबद्ध हुन थालेका छन् । पार्टी स्थापनाको सात दशक पछि कम्युनिष्ट पार्टीलाई दुइ ठूला अवसर प्राप्त भए । जनताको भारी मत सहितको बलियो सरकार पहिलो र दुइ ठूला कम्युनिष्ट पार्टी विचको एकता दोस्रो अवसर हो । एक दशक पहिला […]