ताजा समाचार:
Search

Breaking News

दसैंको शुभकामना (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज ३१ गते । प्रत्येक वर्ष झै यसपाली पनि नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भएको छ । दसैले गर्दा गाउँघरमा चहलपहल बढेको छ । परदेश पुगेकाहरु दसै मनाउन घर फर्किन थालेका छन् भने सहरपसेकाहरु पनि आफ्नो जन्म गाउँ पुग्न थालेका छन् । दसै नेपालीहरुको एक मौलिक चाढ हो । दसैको फरक मौलिकता […]

दशैँ र तिहारको फुर्सदमा म्याग्दी घुम्न आमन्त्रण

विकल्प न्यूज/बेनी असोज ३१ गते । दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय […]

बेनीको कोतमन्दिरमा फुलपाती भित्राइयो (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज ३० गते । आज नवदुर्गाको सातौ दिन सप्तमीमा बेनीमा रहेको बेनी कोतमन्दिरमा फुलपाती भित्राइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज ३० गते ।        नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भिœयाएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र […]

पुनहिलमा पर्यटकको भीड

विकल्प न्यूज/बेनी असोज २९ गते ।  अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो ।   अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन […]

नयाँ पदमार्गको खोजीमा राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

पर्वत, असोज २९ गते ।     पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर […]

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, असोज २८ गते । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका […]

तातो पानी कुण्डमा पर्यटक बढे (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज २८ गते । पर्यटन सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानी कुण्डमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड लागेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने धार्मिक पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा निस्केका विदेशी पर्यटकहरुका कारण कुण्डमा भीड वढेको हो । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु तातोपानीमा एकदिन बसेर […]

गुर्जा हिमाल अपडेट – उद्धारको प्रयास भइरहेको छ ः प्रजिअ

विकल्प न्यूज /बेनी असोज २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका […]

गुर्जा हिमाल आरोहण गर्न पुगेको ८ आरोहीको मृत्यु

विकल्प न्यूज/बेनी असोज २७ गते । म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जा हिमाल आरोहणमा गएको कोरियाली टोली दुर्घटनामा परेको छ । शmुक्रवरा ठूलो हावाहुरीमा परी बेपत्ता भएपछि खोजी कार्यमा गएको टोलीले शनिवार विहान ८ बजे सम्म ८ जनाको शव फेला पारेको प्रहरीले जनाएको छ । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएको दक्षिण कोरियाका […]

पुराना मठमन्दिरको संरक्षण गरेर धार्मिक पर्यटन प्रवद्र्धन गरौं ः मन्त्री अधिकारी

विकल्प न्यूज/जलजला असोज २५ गते ।  उत्ररी पर्वतको जलजला गाउँपालिका–३ मा मल्लाजमा एक समाजसेवीले ब्यक्तिगत लगानीमा ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण गर्नुभएको छ । १२ औं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुननिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घरभई हाल काठमाण्डौको ताहचल बस्ने शिवकुमार श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करिव ३५ लाखको लागतमा […]

म्याग्दीमा नेकपाको जिल्ला सहित स्थानीय तहमा संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २५ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर […]

मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज २५ गते । मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । […]

दसैंका लागि मुस्ताङ र तिब्बतबाट आए भेडा र च्याङ्ग्रा

प्रताप बानियाँ /बेनी असोज २४ गते ।  यस वर्षको दसैं नजिकिँदै गर्दा हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको तिब्बतबाट भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन् । म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु हिमाली जिल्ला मुस्ताङ र तिब्बतको सिमानासम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गरेर ल्याएका छन् । दसैं नजिकिँदै जाँदा मुस्ताङ–तिब्बत नाका कोरलाबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको हो […]

‘उत्कृष्ट खेलाडी’ अरुणा शाही ठकुरी ‘डबल सेलिब्रेसनमा’ (भिडियो सहित)

अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न थालेको छ । यो लोकप्रियता राष्ट्रिय भलिबल प्रतियोगितामा प्राप्त जीतको नतिजा हो । नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको […]