Breaking News

म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १२ गते ।म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन […]

गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म

१२ कात्तिक, कास्की । किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । नमूना फार्म स्थापना […]

धौलागिरीको काखमा सुविधा सम्पन्न रिसोर्ट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,कार्तिक १२ गते । म्याग्दीको आकर्षक पर्यटकीय स्थल टोड्केमा पर्यटकलाई लक्षीत गर्दै सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको टोड्केको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि टोड्के हिल रिसोर्ट प्रालिले करिव ३ करोड रुपियाँ लागतमा रिसोर्ट बनाउन लागेको हो । कम्पनी मोडेलमा निर्माण हुन लागेको रिसोर्टमा […]

सोलारले दुर्गम चेचुङ गाउँ झिलिमिली

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीको दुर्गम चेचुङ गाउँमा सोलार(सौर्यउर्जा) जडान गरिएपछि गाउँ भिलिमिली भएको छ । अमेरिकी संस्था फाईर गिभको २० लाख रुपियाँ आर्थिक सहयोगमा सोलार प्यानलबाट ६ किलोवाट विजुली उत्पादन गरी २० घरमा वितरण गरिएपछि गाउँ झिलिमिली बनेको हो । बुधवार धौलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुन र अमेरिकी […]

खोप्रामा पर्यटकको चहलपहल वढ्यो(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रा,कार्तिक ८ गते ।        म्याग्दीको अन्पूर्ण गाउँपालिका ५ पाउद्धारको टुप्पोमा रहेको खोप्रालेकमा पर्यटकको चहलपहल वढेको छ । पर्यटन सिजन सुरु भएलगत्तै खोप्रालेकमा आउने आन्तरिक एवम् वाह् पर्यटकको संख्यामा वृद्धि भएको हो । आकर्षक पर्यटकीय गन्तव्यका रुपमा देशविदेशमा खोप्रालेकले चर्चा पाउन थालेपछि यहाँको भ्रमणमा आउने पर्यटको संख्या बढ्न थालेको छ । खोप्रालेकबाट […]

स्वर्गाश्रमको विकासमा स्थानीयको सक्रियता

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । बेनी नगरपालिकाको भकिम्ली–३ मा अवस्थित स्वर्गाश्रम पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीयहरुले चासो देखाएका छन् । प्रचारप्रसारको कमिले अझेलमा परेको स्वार्गाश्रमलाई प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा स्थानीयहरु जुट्न थालेका छन् । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको वडा अध्यक्ष […]

फिल्ममा नेपालको शिक्षा : छक्कापन्जा-३ – शिव सस्मित

शिव सस्मित/विकल्प न्यूज कार्तिक ७ गते । शैक्षिक विषयवस्तु राखेर बनाइएको छ भन्ने प्रचारप्रसारको कारण पनि हलमै गई छक्कापन्जा -३ फिल्म हेरियो । अन्त्यसम्ममा हेर्दा फिल्मको मूल आशय प्रशासन कमजोर बनाउने मूल तत्व नै राजनीति हो भन्ने देखियो। जब राजनीति सुध्रन्छ, गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा पद र प्रतिष्ठाको लडाइँ बन्द हुन्छ, तब मात्र विद्यालय […]

दसैंको शुभकामना (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज ३१ गते । प्रत्येक वर्ष झै यसपाली पनि नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भएको छ । दसैले गर्दा गाउँघरमा चहलपहल बढेको छ । परदेश पुगेकाहरु दसै मनाउन घर फर्किन थालेका छन् भने सहरपसेकाहरु पनि आफ्नो जन्म गाउँ पुग्न थालेका छन् । दसै नेपालीहरुको एक मौलिक चाढ हो । दसैको फरक मौलिकता […]

दशैँ र तिहारको फुर्सदमा म्याग्दी घुम्न आमन्त्रण

विकल्प न्यूज/बेनी असोज ३१ गते । दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय […]

बेनीको कोतमन्दिरमा फुलपाती भित्राइयो (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज ३० गते । आज नवदुर्गाको सातौ दिन सप्तमीमा बेनीमा रहेको बेनी कोतमन्दिरमा फुलपाती भित्राइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज ३० गते ।        नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भिœयाएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र […]

पुनहिलमा पर्यटकको भीड

विकल्प न्यूज/बेनी असोज २९ गते ।  अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो ।   अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन […]

नयाँ पदमार्गको खोजीमा राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

पर्वत, असोज २९ गते ।     पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर […]

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, असोज २८ गते । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका […]

तातो पानी कुण्डमा पर्यटक बढे (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज २८ गते । पर्यटन सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानी कुण्डमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड लागेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने धार्मिक पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा निस्केका विदेशी पर्यटकहरुका कारण कुण्डमा भीड वढेको हो । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु तातोपानीमा एकदिन बसेर […]