ताजा समाचार:
Search

Breaking News

‘विपद विरुद्ध म्याग्दी सक्षम छ’ ः प्रजिअ अधिकारी

विकल्प न्यूज/बेनी साउन १ गते । मनसुन सुरु भइसकेको छ । म्याग्दी जिल्ला भौगोलिक रुपमा पनि सम्भावित बाढीपहिरोको जोखिममा पर्दछ । विकट र ग्रामिण वस्तीहरु पहिरोको जोखिममा छन् । अर्को तर्फ म्याग्दी,रघुगंगा र कालिगण्डकी जलाधार क्षेत्रभित्र पर्ने वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । भने तीन ठूला नदीहरु जुनसुकै वेलामा पनि पहिरोका कारण थुनिन […]

यस्तो छ अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नुहोस पूर्णपाठ )

विकल्प न्यूज/बेनी साउन १ गते । गाउँसभाका सम्पूर्ण सदस्यहरु राजनीतिक दलका प्रतिनिधिहरु, उपस्थित पत्रकार मित्रहरु तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु उपस्थित सम्पुर्ण महानुभावहरु । नेपालको संविधान, जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम देशमा संघीयता कार्यान्वयनमा आएकोछ । लामो समय सम्मको आम नेपाली जनताको प्रतीक्षा र २०६२÷०६३ को जनआन्दोलन पश्चात दुई पटक सम्म संविधानसभाको निर्वाचन भई […]

यस्तो छ बेनी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/०७७ नीति तथा कार्यक्रम

यस वेनी नगरपालिकाका उप प्रमुखज्यू, नगर सभाका सदस्यज्यूहरु, नेपालको संविधान २०७२ को भाग १९ धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व.०७६/०७७का लागि वेनी नगरपालिकाको बजेट तथा कार्यक्रम समेतलाई दिशानिर्देश सहितको नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा म ज्यादै हर्षित एवं गौरवान्वित भएकोछु । यस अवसरमा राष्ट्रियता, संघीय […]

बेनीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई

विकल्प न्युज बेनी ,असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिन सम्म संचालन भएको विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ । १० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको […]

बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी असार २४ गते ।     बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ […]

धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

विकल्प न्यूज/बेनी असार २४ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग र तटबन्ध निर्माण तथा सडक मर्मत गरिएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत मराङमा नदी कटान नियन्त्रणका लागि तटबन्ध, मुदीमा पदमार्ग निर्माण, मुना र ताकममा सडकमा ढुङ्गा बिछ्याएर सोयलीङ गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । पूर्वाधार विकाससँगै नागरिकलाई […]

बेनी नगरको नीति तथा कार्यक्रम पारित – करिब ५३ करोडको बजेट प्रस्ताव

विकल्प न्यूज/बेनी असार २१ गते ।    बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ । संघिय सरकारको समृद्ध नेपाल सुखी नेपाली […]

४९ जनाको एउटै परिवार

धनगढी, असार २१ गते । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार । ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् । कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् […]

सुविधा थप्दै गण्डकी प्रदेशका सांसद – सुब्बासरहको स्वकीय सचिव

२० असार, पोखरा ।  गण्डकी प्रदेशका सांसदले अब स्वकीय सचिव राख्न पाउने भएका छन् । संसदबाट शुक्रबार पारित प्रदेश सरकारले ल्याएको बजेटमार्फत सांसदले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको हो । नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने गरी एकमुष्ट बजेटको व्यवस्था गरिएको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा […]

आकस्मिक अवतरणमा सहयोगी बन्दै हेलिप्याड

विकल्प न्यूज/बेनी असार २० गते । म्याग्दीका ग्रामिण भेगमा निर्माण गरिएका हेलिप्याडहरु आकस्मिक अवतरण पनि सहयोगी बन्न थालेका छन् । शुक्रवार पोखराबाट जोमसोमका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण जोमसोम पुग्न नसकेपछि अन्नपूर्ण २ मान्द्रेढुङ्गामा निर्माण गरिएको हेलिप्याडमा आकस्मिक अवतरण गरिएको हो । हिमाली क्षेत्रमा उड्ने हेलिकप्टर आकष्मीक रुपमा अवतरण गर्नुपर्दा पनि हेलिप्याड सहयोगी हुने रहेछ । […]

असारे विकास ः खेतमै हिड्यो डोजर

असार २० गते । (बझाङ) — खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी […]

बेनी–दरवाङ सडकको हालत ः सडक हो की पोखरी ?(फोटो)

विकल्प न्यूज/बेनी असार १८ गते । बेनी दरवाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौर स्थित सडकको यो अवस्था । सडक हो की पानीको पोखरी भन्ने छुट्याउन कठिन छ । लामो सम्म सडकको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकाय वेखबर छ । सडकमा पानी र हिलो जमेर धान रोप्नका लागि ठिक्क पारे जस्तो देखिन्छ । […]

ज्यान हत्केलामा राखेर भीरमौरीको सिकार

कमल खत्री /बेनी असार १७ गते । गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करिब ५०० मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भर्याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवा छन् । पहाडको टुप्पोबाट भीरतर्फ झर्दै […]

धौलागिरि पदयात्राका १५ स्थानमा पुलको अभाव

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,असार १६ गते । धौलागिरि गाउँपालिका ४ मुदी बगरका कृष्णबहादुर बुढाथोकी जोखिम मोलेर काठको साघुबाट म्याग्दी खोला वारपार गर्नुहुन्छ । पुर्जा मात्र होइन म्याग्दी खोलाको तिरमा अवस्थीत तातोपानी कुण्डमा स्नान गर्न पुग्ने मुदी बगरका स्थानीयवासी र राउण्ड धौलागिरि पदयात्रामा पुगेका स्वदेशी एवम् विदेशी पर्यटकहरु तातोपानी कुण्डमा पुग्नका लागि ज्याननै जोखिमा पारेर काठको […]

बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १५ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो ।शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेताहरु विच भएको […]