विकल्प न्यूज/बेनी
साउन १ गते ।
मनसुन सुरु भइसकेको छ । म्याग्दी जिल्ला भौगोलिक रुपमा पनि सम्भावित बाढीपहिरोको जोखिममा पर्दछ । विकट र ग्रामिण वस्तीहरु पहिरोको जोखिममा छन् । अर्को तर्फ म्याग्दी,रघुगंगा र कालिगण्डकी जलाधार क्षेत्रभित्र पर्ने वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । भने तीन ठूला नदीहरु जुनसुकै वेलामा पनि पहिरोका कारण थुनिन सक्ने संभावना पनि उत्तिकै छ । यसै सन्दर्भमा के म्याग्दी सम्भावित वर्षाको प्रकोपसँग जुध्न सक्षम छ ? तयारी के छ ? नवविकल्पले जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीसँग यस सन्दर्भमा संवाद गरेको थियो । संवादको सम्पादित अंश ः
मनसुनलाई ध्यानमा राखेर जिल्ला विपद् व्यवस्थापन समितिले आफूलाई कसरी विपद् विरुद्ध उभ्याएको छ ? तयारी र रणनीति कस्ता छन् ?
बाढीपहिरोको हिसाबले म्याग्दी अत्यन्त जोखिमपूर्ण स्थितीमा छ । हामी जिल्लाको वस्ती बस्तीमा पुग्यौं । त्यहाँ पुग्दा सडक खनेका कारण जोखिम वढेको देखियो । कतिपय पुराना पहिराहरु पनि छन् । रघुगंगामा गत वर्ष ठूलो वाढी आएको थियो । बाढीले वस्तीलाई जोखिममा पारेको छ । कतिपय स्थानमा नदीलाई अतिक्रमण गर्दा पनि जोखिम वढेको छ । नयाँ बन्दै गरेका सडकहरुले गर्दा पनि जोखिम छ । बेनी दरवाङ र बेनी–जोमसोम सडकले गर्दा पनि जोखिम वढेको छ । भोलि आउन सक्ने समस्याप्रति हामी असाध्यै सचेत छौं ।
तत्कालै राहत र उद्धारका लागि जिल्ला र स्थानीय तहमा टोलीलाई तयारी रुपमा राखेका छौं । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको छ । यहि योजना अनुसार हामीले विपद् व्यवस्थापनको कार्यलाई अगाडि बढाएका छौं । सवै स्थानीय तहलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउनुहोस् भनेर भनेका छौं । कतिपयले बनाउनुभएको पनि छ । केहीले बनाउनुभएको छैन । हामीले आकस्मिक रुपमा उद्धार र राहतका लागि भनेर हामीले एक वडा एक हेलिप्याड बनाउने अभियान पनि सञ्चालन ग¥यौं । अहिले सम्म ३३ स्थानमा हेलिप्याड समेत बनिसकेका छन् । विपद्का समय तत्काल परिचालन हुने जनशक्ति पनि हामीसँग छ । हाम्रा निकायहरुलाई २४ सै घण्टा तयारी अवस्थामा राखेका छौं । विपद व्यवस्थापनमा स्थानीय तहलाई पनि जिम्मेवार बनाइएको छ । स्थानीय तहमा पनि जनशक्ति परिचालन गरेका छौं ।
राहत र उद्धारमा स्थानीय तह सक्षम होला ?
विपद्को स्तर अनुसार स्थानीय तहले विपद्को व्यवस्थापन गर्नसक्छन् । स्थानीय स्तरमा प्रहरी,स्थानीय उद्धारकर्मीहरुको समुह बनाएर केही स्थानीय तहले तालिम पनि दिएका छन् । मंगला गाउँपालिकाले विपद् व्यवस्थापन सम्बन्धि तालिम दिएको छ । स्थानीय तहले सानो स्तरको विपद् व्यवस्थापन गर्न सक्छन् ।
कतिपय अवस्थामा जिल्ला सक्रिय हुनुपर्ने हुन्छ भने कतिपय अवस्थामा प्रदेश र केन्द्रलाई सहयोग माग्नुपर्ने हुन्छ । विपद्का समयमा तत्काल राहत र उद्धार कार्यमा स्थानीय तहनै पुग्न सजिलो हुनेभएकाले स्थानीय तहलाई सक्षम बनाउने सरकारको योजना पनि छ ।
तत्काल उद्धार र राहतका लागि स्थानीय तहमा कस्तो जनशक्ति छ ?
स्थानीय स्तरमा विपद्को स्तर अनुसारको व्यवस्थापनका लागि जनशक्ति छ । उनीहरुलाई तालिम दिनुपर्दछ । त्यो स्थानीय तहको सरकारको कमाण्डमा छ । हाम्रो कमाण्डमा भएको प्रहरीलाई पनि समन्वय गरेर परिचालन गर्ने हो । स्थानीयस्तरमा रेडक्रसकर्मीहरु छन् । स्थानीय उद्धारकर्मीहरु पनि छन् सवै मिलेर विपद्का समयमा खोज र उद्धार तत्काल गर्नुपर्दछ । स्थानीय स्तरको जनशक्तिले नसकेमा जिल्ला पनि तयारी अवस्थामा छ ।
पहाडै खसेर खोला र नदी रोकिन पनि सक्छ यसवारे यसको पूर्व तयारी के छ ?
यसतर्फ हामी सचेत छौं । भुगोलका हिसावले जुनसुकै अवस्थामा पनि पहिरोका कारण नदी थुनिन सक्ने खतरा छ । यसमा पूर्व सचेतना प्रणाली अनुसार कार्य गर्नुपर्दछ । कुन स्थानमा नदी थुनिएको हो त्यसको सूचना तत्कालन सम्बन्धित निकायमा पु¥याउने र मानविय क्षति हुनबाट जोगाउने पहिलो कार्य हुन्छ । थुनिएको प्रकृति अनुसार प्रदेश र केन्द्रलाई तत्काल जानकारी गराउने र सहयोग माग्नुपर्दछ । हाम्रो क्षमता अनुसारको पूर्व तयारी गरेका छौं ।
हामीले जिल्ला आपतकालिक कार्यसञ्चालन केन्द्र पनि सञ्चालन गरेका छौं । स्थानीय उद्धारकर्मीहरु मार्फत सूचनाको आदानप्रदान गर्ने, रेडियो मार्फत सूचनाको जानकारी सर्वसाधारणलाई गराउने र सम्भावित क्षतिलाई न्यूनिकरण गर्नतिर हामी सचेत छौं । यस्तो अवस्थामा नदी किनारका वासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्ने पहिलो कार्य हुन्छ । यसका लागि पनि हामी तयारी अवस्थामा छौं ।
तत्काल परिचालन हुने त्यस्तो जनशक्ति हामी सँग छ ?
हामी सँग छ । हामी सँग तत्काल परिचालन हुने टिम छ । त्यस्तो टिम नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी सँग विपद्का समयमा परिचालन हुनसक्ने जनशक्ति छ । जुनसुकै अवस्थामा पनि आउन सक्ने विपद्का समयमा परिचालन हुनसक्ने जनशक्ति हामीले तयारी अवस्थामा राखेका छौं ।
सम्भावित जोखिमका क्षेत्रमध्ये कुन कुनलाई पहिचान गर्नुभएको छ ?
खासगरि ठूला ठूला पहिरो आएर कालिगण्डकी,रघुगंगा र म्याग्दीखोला थुनिने समस्या छ । ग्रामिण सडकका कारण कतिपय वस्तीहरु पनि जोखिममा परेका छन् । कतिपय पुराना पहिराहरु छन् । तोराखेत,पात्लेखेत,रघुगंगा क्षेत्रका वस्तीहरु,रुम,निस्कोट,ओखरबोट लगायतका क्षेत्रहरु हामीले पहिचान गरेको छौं । पहिचान गरेका क्षेत्रहरुमा हामीले वढी सर्तकता अपनाएका छौं । मैले अगाडि पनि भनिसकेको छु म्याग्दी भौगोलिक रुपमा विकट भएकाले जोखिमयु्क्त क्षेत्रहरु धेरै छन् ।
प्रकोप र उद्धारको समयमा काम गर्दा कस्ता चुनौति छन् ?
तत्काल सवै क्रियाशिल हुनका लागि सडक राम्रो छैन । हामीले हेलिप्याड बनायौं । तर त्यसको पहुँच हामीसँग छैन । मैले प्रदेश स्तरमा हेलिकप्टरको व्यवस्था गर्नुपर्दछ भने पनि भनेको छु । कमसेकम एउटा हेलिकप्टर विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राख्नुपर्दछ । भौगोलिक रुपमा विकट भएकाले तत्काल राहत र उद्धारमा जुट्न चुनौती छ । अर्को कुरा विपद्को सूचना सम्बन्धित ठाउँमा कसरी पु¥याउने भन्ने पनि चुनौती छ ।
हिउदमा सञ्चालन हुने र बर्खायाममा सडक बन्द हुनेभएकाले घटनास्थलमा तत्काल पुग्न सकिने अवस्था छैन । स्थानीय सरकार,राजनीतिक दल, सामाजिक संघसंस्थाका साथीहरु एकजुट भएर लाग्यौं भने विपद्को सामाना गर्न सक्छौं भन्ने लाग्छ ।
विपद् व्यवस्थापन गर्न हामी सक्षम छौं ? म्याग्देली नागरिकलाई ढुक्क बनाउन सक्छौं ?
हामीलाई विपद्को वेलामा तत्काल खटिन नेपाल सरकार गृह मन्त्रालयको निर्देशन पनि छ । विपद् व्यवस्थापनलाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौं । नागरिकको जिउधनको सुरक्षा गर्नु प्रमुख जिम्मेवारी हो । हामीले विपद् व्यवस्थापनको पूर्व तयारी गरेका छौं । सर्वसाधरणहरुले पनि सचेत र सावधानी पनि अपनाउनुपर्दछ । विपद व्यवस्थापन,खोज,उद्धार र राहत वितरणमा हामी सक्षम छौं ।
स्थानीय तहलाई यहाँको सुझाब के छ ?
स्थानीय तहले विपद व्यवस्थापन मैत्री विकासको योजना बनाउनुप¥यो र त्यो वातावरणमैत्री पनि हुनुप¥यो । स्थानीय तहमा तत्काल परिचालन हुनेसक्ने टिम बनाउनुप¥यो । सडक निर्माण गर्दा व्यवस्थित र दिगोखालको बनाउनुप¥यो । गाउँपालिका स्तरमा र वडा तहमा गठन भएका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउनुप¥यो । उनीहरुलाई तालिम दिनुप¥यो । स्थानीय स्तरमा विपद् व्यवस्थापन कोष पनि छ यसलाई परिचालन गर्नुप¥यो । केही स्थानीय तहले विपद् व्यवस्थापनमा राम्रो अभ्यास पनि गर्नुभएको छ । त्यसको सिको अन्य स्थानीय तहले पनि गर्नुप¥यो । अव्यवस्थित रुपमा सडक निर्माण गर्नुभएन । सडक निर्माण गर्दा यसले पार्न सक्ने असरलाई न्यूनिकरण गर्न साथसाथै अर्को योजना बनाउन ध्यान दिनुप¥यो । नवविकल्प साप्ताहिकमा प्रकाशित