Breaking News
पक्राउ परेका १२ जुवाडेको प्रहरीद्धारा नाम सार्वजनिक
विकल्प न्यूज/बेनी मंसिर ९ गते । आईतवार जुवाको खालबाट पक्राउ परेका जुवाडेहरुको प्रहरीले नामवली सार्वजनिक गरेको छ । आइतवार नाम सार्वजनिक नगरेको प्रहरीले सोमबार विहान नाम सार्वजनिक गरेको हो । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै […]
दुई वर्ष देखि साङ्लोमा बाधिएकी सुमिनाको भयो उद्धार (भिडियो सहित)
विकल्प न्यूज/बेनी मंसिर ८ गते । दुइवर्ष देखि साङ्लोमा बाधिएकी धौलागिरि गाउँपालिका ३ मुनाकी ९ वर्षीय सुमिना(सुस्मीता) विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र विकल्प न्यूज डटकमले सुमिनाको अवस्थाका वारेमा कार्तिक २४ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व्यक्त गरेका थिए । सानै उमेरमा आमाको कुटाईबाट मानसिक […]
लुङ्दी जलजला सहकारीले गौमहोत्सवलाई १० लाख सहयोग गर्ने
विकल्प न्यूज/बेनी मंसिर ८ गते । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाले जलजलामा आयोजना हुन लागेको पहिलो गौमहोत्सवलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहकारीको शनिवार सम्पन्न ११ औं वार्षिक साधारणसभाबाट मंसिर १९ देखि २६ गते सम्म मिलनचोकमा हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवलाई उक्त रकम सहयोग […]
सहयोग जुटाएर जेसिज कपलाई निरन्तरता
विकल्प न्यूज/बनी मंसिर ८ गते । म्याग्दी जेसिजले आयोजना गर्ने १८ औं जेसिज कप फुटबल प्रतियोगिताको रौनक सुरु भएको छ । प्रतियोगिताको उपाधि हात पार्न बेनीमा रहेका निजी तथा सामुदायिक विद्यालयले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । जेसिज कपको उपाधिलाई बेनीका विद्यालयहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिन्छन् । खेल निकै रोचक र प्रतिस्पर्धा हुने गर्दछ । […]
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न
विकल्प न्यूज/बेनी बेनी, ७ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । चार करोड बाँडफाँड गाउँसभाले गत आर्थिक वर्ष २०७५÷७६ मा […]
ओलीले ५ वर्ष नै सरकार चलाउने, प्रचण्ड कार्यकारी अध्यक्ष
विकल्प न्यूज/काठमाण्डौं मंसिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पूर्वसहमतिअनुसार कार्यविभाजन भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि भएको सहमतिअनुसार एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी सञ्चालन गर्ने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै […]
रुमको जेममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण
विकल्प न्यूज/बेनी मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक […]
जलजलामा आयोजना हुने गौमहोत्सवलाई आचार्यद्धारा एकलाख सहयोग
विकल्प न्यूज/बेनी मंसिर २ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई मिलनचोक निवासी जमुना आचार्यले एकलाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । सोमबार आचार्यले गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव मुल समितिलाई एकलाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । यसै […]
माझफाँटमा सञ्चालित आँखा शिविरको पहिलो दिन दुइसय ८० ले सेवा लिए
विकल्प न्यूज/जलजला मंसिर १ गते । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि सुरु भएको निशूल्क आँखा शिविरमा दुई सय ८० जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरेको शिविरको पहिलो दिन आँखा परिक्षण र औषधि वितरण गरिएको शिविरका संयोजक तुलसीराम […]
मिडिया अवार्डद्धारा नवविकल्पका सम्पादक आचार्य सम्मानीत
विकल्प न्यूज/बेनी कार्तिक ३० गते । म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको मिडिया अवार्ड २०७६ बाट नवविकल्प साप्ताहिक र विकल्प न्यूज डट कममा प्रकाशक /सम्पादक ठाकुरप्रसाद आचार्य सम्मानित हुनुभएको छ । एकदश भन्दा बढी समय म्याग्दीमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार आचार्यलाई म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारणसभाको अवसरमा सो अवार्डद्धारा सम्मान गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान […]
म्याग्दीमा सडक दुर्घटना कारण ः जिर्ण सडक र थोत्रा सवारीसाधन
विकल्प न्यूज/बेनी कार्तिक २९ गते ।बिममा भएको बस दुर्घटना स्थल । तस्विर सामाजिक सञ्जाल डेढहप्ता अघि मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो । बिम दुर्घटनाको दुइदिन अगाडि रुममा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गयो थियो । यि दुवै अवस्थालाई हेर्दा जिर्ण सडक,थोत्रा सवारीसाधन,क्षमता भन्दा धेरै यात्रु बोक्नु र अपरिपक्क […]
तस्विरमा हरियालीको माछापालन
विकल्प न्यूज/बेनी कार्तिक २९ गते । जिल्लाको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले गरेको व्यवसायिक माछापालन । १४ वटा पोखरी निर्र्माण गरी व्यवसायिक रुपमा माछापलन सुरु गरिएको छ । सवै पोखरीमा गरी यहाँ ६० हजार माछाका भुरा रहेका छन् । हरियाली ग्रुपले कृषिमा आधुनिकिकरण गर्नका लागि ९ करोड ६ लाख लगानी गरेको छ । तस्विर ठाकुरप्रसाद […]
महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
विकल्प न्यूज/बेनी कार्तिक २८ गते । नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो । सहिद […]
रुमको बिलबाङमा खुकुरी प्रहारबाट शिक्षिका गम्भिर घाइते
विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको बिलबाङमा स्थानीय एक युवाले खुकुरी प्रहार गर्दा शिक्षिका गम्भिर घाईते हुनुभएको छ । बुधवार करिब ९.३० बजेतिर बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयमा जाँदै गर्दा शिक्षिका इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भिर घाईते हुनुभएको हो । गाउँदेखि माथि बाटोमा हिडिरहनुभएकी शिक्षिका […]