Breaking News

मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द

ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर ४ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणधिन मालढुङ्गा–बेनी सडक मंगलबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्याधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन आज मंसिर ४ गते देखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजे सम्मका लागि […]

बेनी नगरमा तीनसय ३ वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन सुरु

विकल्प न्यूज\बेनीमंसिर ४ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ।गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ। सडक, खानेपानी, सिचाई, पहिरो […]

बजेट अभावमा टोड्केमा निर्माणधिन हाइअल्टिच्युड खेलमैदान अलपत्र

विकल्प न्यूज/बेनीमंसिर ३ गते । आँखैअगाडि धौलागिरि, अन्नपूर्णसहित दर्जनभन्दा बढी हिमशृंखला देखिन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण अलपत्र परेको छ। म्याग्दी जिल्लाको रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माण […]

जन्मदिनमा म्याग्दी बालगृह र गौशालालाई सहयोग

विकल्प न्यूज\बेनीमंसिर २ गते । जन्मदिनको अवसर पारेर नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई शनिवार जिन्सी सामान सहयोग भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ निवासी डिलु बुदुजा (बद्री पुन)ले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर भाँडावर्तन सहयोग गर्नुभएको हो ।

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

म्याग्दी, मङ्सिर २  गते ।  अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ […]

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

मंसिर २ गते । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ तर खेलकुदमा सबै सँगै हुन्छन्,” उहाँले भन्नुभयो […]

गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि

विकल्प न्यूज/बेनीमंसिर १ गते । गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो । यसअघि गौचनको पार्थिव शरीरमा नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् […]

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

१ मङ्सिर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर […]

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी,  कात्तिक ३० गते ।  अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो । यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । […]

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी, कात्तिक  ३० गते । गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो ।  त्यसयता साउन २२ […]

हिमाल हेर्न कोखेडाँडा

पर्वत, कात्तिक ३० गते ।  मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् ।  छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरि, […]

धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल निस्कोट बराह ताल

मिलन सुवेदी/मालिकाकात्तिक २९ गते । निस्कोट बराह ताल म्याग्दीको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको आकर्षक दृश्य, हिमालको प्रतिबिम्ब, हरियो वनस्पति र धार्मिक महत्वले गर्दा निस्कोट बराह तालले पर्यटक, तीर्थयात्री र अनुसन्धानकर्ताहरूलाई […]

पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा

विकल्प न्यूज/बेनीकात्तिक २७ गते । मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो । पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । दरबाङ, […]

कोरला नाका जोड्ने चराङ खोलामा पुल निर्माण

विकल्प न्यूज\बेनीकात्तिक २६ गते । राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत माथिल्लो मुस्ताङको चराङ खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण भएपछि माथिल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटक र स्थानीयवासीहरुले सहज भएको छ । कालिगण्डकी करिडोर सडक आयोजना मुस्ताङले ठेक्का मार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङ खोलामा पक्की […]

सिद्ध आधारभूतमा कक्षा कोठा भवन उद्घाटन  

बेनी, २६ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयमा निर्माण भएको कक्षा कोठा भवनहरुको आइतबार उद्घाटन गरिएको छ । विभिन्न निकायको अनुदान सहयोग र समुदायको श्रमदान गरि कुल रु. एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीन वटा भवनमा आठ वटा कोठा रहेका प्रअ मोतिराज गौतमले जानकारी दिनुभयो […]